तामाङ समाज युएईको आयोजनामा ल्होछार पर्व सम्पन्न
युएई, १ फाल्गुन । मध्यपुर्वको विकसित शहर युएईको दुबईमा तामाङ समाज युएईको आयोजनामा “भाषा, लिपि, मौलिक संस्कृति तामाङको पहिचान, संसार भरिका सबै तामाङले ल्होछार मनाउन यो हाम्रो अभियान” भन्ने मुल नाराको साथ ल्होछार पर्व सम्पन्न भएको छ ।
२८५३ औं झ्या (चरा वर्ष) शुभारम्भको शुभ अवसरमा नेपालीहरुको संस्कृतिक पर्व सोनाम ल्होछारको औपचारिक कार्यक्रमको प्रमुख अतिथिका रूपमा माननीय संसद तीर्थ लामा र महामहिम कार्यबाहक राजदुत नेत्र बहादुर टन्डन, बिशेष अतिथिमा नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरूङ तथा नेपाली समाज युएईका अध्यक्ष सिपी सापकोटा, अतिथिहरूमा नेपाल आदिबासी जनजाति महासंघ युएईसँग आबद्ध बिभिन्न जातिय संस्थाका प्रमुखहरू लगायत युएईमा स्थापित बिभिन्न संघ-संस्थाका प्रमुखहरू, प्रायोजकहरू तथा पत्रकारहरूको उपस्थिति भएको थियो ।
निर्धारित समय भन्दा केही समय ढिलो सुरु भएको उक्त कार्यक्रममा बौद्ध परम्परा अनुसार लामा गुरूबाट पुजापाठ गरी सुरू गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिले छ्युमीमा दीप प्रज्वलन गरेका थिए । कार्यक्रमका सभापति तथा तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले दुबै प्रमुख अतिथिहरूलाई तामाङ टोपी र फेङ्गा लगाई स्वागत गर्दै सोनाम ल्होछारको शुभकामना प्रदान गरेका थिए ।
तामाङ तथा अन्य समुदायका नेपालीहरुको बाक्लो उपस्थितिमा कलाकार जयनन्द लामा लगायतका स्थानिय कलाकारहरुको विजोड प्रस्तुति रहेको थियो।
कलाकार जयनन्द लामाको मिठो हाँस्यव्यंग्य एवं तामाङ शेलो गीत उपस्थिति दर्शकहरु बिजोडले मनोरञ्जन लिइरहेका देखिन्थ्यो । जयनन्द लामाले सयौको संख्यामा उपस्थित दर्शकहरू माँझ कलकत्ते काईयो, चुई चुई चुई खाने जुत्ता, आँखाको रमझम लगायत आफ्ना आधा दर्जन चर्चित गीतहरू प्रस्तुत गर्दा गायक लामा संगै गीतहरू गाँउदै-नाच्दै दर्शकहरूले साथ दिएका थिए । कलाकार तथा सञ्चारकर्मी अन्जुली लोप्चन, तामाङ चलचित्रका नायक बिजय लामा र अन्य कलाकारहरु बिक्रम लामा, सन्दिप ग्यावक, बिमला बज्यू, सुष्मा तामाङ, निरू गोले, सोम लामा, ल्हामु शेर्पा, प्रदिप पुन मगर, रेबिका मगर, प्रख्यात मोक्तान, बिक्रम वाईबा, अन्जुली लोप्चन, सुब्बा बल तामाङ, लाक्पा योन्जनले तामाङ सेलोमा उत्कृष्ट गायन तथा नृत्य प्रस्तुतिहरू प्रस्तुत गर्दै दर्शकहरूलाई भरपुर मनोरन्जन गराएका थिए । उक्त कार्यक्रममा माननीय संसद तिर्था लामाले तामाङहरु संस्कृतिक रुपमा मात्रै नभई राजनैतीक रुपमा अगाडि आउने पर्ने बताउनु भयो । उहाँले तामाङ कबिता बाचन समेत गर्नु भएको थियो ।
यसै कार्यक्रमका बीच गायक चन्द्र वाईबा (प्राङबो) को गीति एल्बम “ह्याङला खाजिम” र गायिका सरस्वती लामाको गीति एल्बम “उर्बसी – २” लाई तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, शेर्पा किदुङ युएईका अध्यक्ष पासाङ शेर्पा र काभ्रे सम्पर्क समिति यूएईका अध्यक्ष दिल वाईबाले सामुहिक रूपमा युएईमा बिमोचन गर्नु भएको थियो ।
कार्यक्रममा उत्कृष्ट भेषभुषा लगाउनेलाई सम्मान स्वरूप “मायाको चिनो” प्रदान गरिएको थियो । उत्कृष्ट भेषभुषा पुरुषमा शेर्पा किदुग युएईका अध्यक्ष पासाङ शेर्पालाई प्रदान गरिएको थियो भने महिलामा नानु गोले र अनिता लुङ्बालाई प्रदान गरियो ।
कार्यक्रम तामाङ समाज युएईका महासचिब सनिल घिसिङ र सचिब बसन्ति दोङले संचालन गरेका थिए ।
एमालेमा फरम मत राख्ने नेताविरुद्ध कारवाहीको सन्देश के हो ?
काठमाडौं । पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेका तीन नेतालाई एमालेले बुधबार कारबाही गरेको छ । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई भने जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरिएको छ । आफू पार्टी विधिविपरीत गएको महसुस नगरेका कारण उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । विवादास्पद व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गर्ने र त्यसमा गुरुङले नै एमाले मुख्यालय बनाइदिने भएपछि पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले विरोध गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले कीर्तिपुर–२ मैत्रीनगरमा गत असोज २५ मा पार्टी मुख्यालय भवन शिलान्यास गरेका थिए । त्यसमा रावल, पाण्डे र तिम्सेनाले सार्वजनिक रूपमा आलोचना गरेपछि एमालेले पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिम्सेनाले पार्टीले आफैं केन्द्रीय कार्यालय बनाउने निर्णय गरिसकेको अवस्थामा दानबाट निर्माण गर्नु गलत हुने भन्दै स्पष्टीकरण दिएका थिए । रावलले भने स्पष्टीकरण बुझाएका थिएनन् । निलम्बित स्थायी कमिटी सदस्य पाण्डेले दानबाट पार्टी कार्यालय बनाउनु गलत भएको आफ्नो धारणा कायम रहेको बताइन् । शिलान्यास भइसकेको काम अलपत्र पार्न नहुने पूर्ववत् पार्टी निर्णयलाई सम्झाएकाले कारबाही भोगेको बताइन् । कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता अभ्यास हुनुपर्ने मान्यता भए पनि पछिल्लो समय एमाले अध्यक्ष ओलीको प्राधिकारमा चल्दै आएकाले प्रश्न उठाउनेमाथि कारबाही हुने गरेको राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले बताए । ‘एमालेमा ओलीको निर्णयमाथि प्रश्न उठाउन सक्ने अवस्था छैन । प्रश्न उठायो भने कारबाही भोग्नुपर्ने अवस्था छ,’ उनले भने ।
काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्ने छ । साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने । यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छभने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ । विभागले बिहीबार बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने भएकाले स्वास्थ्य, यातायात, नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
आज क्रिसमस डे मनाइँदै
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो । दिवसका अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।
अखिल क्रान्तिकारीमा नीति र नेतृत्व छान्न देशैभरि चुनाव हुने
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका शीर्ष नेता, निवर्तमान अध्यक्ष, फ्याक्सन इन्चार्ज, निर्वाचन आयोगका पदाधिकारीसहितको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । त्यसका लागि पुस १३ गते निर्वाचन हुने इन्चार्ज हिमाल शर्माले जानकारी दिए । शर्माका अनुसार दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुने छ । शर्माका अनुसार उमेर हदसम्बन्धी निर्वाचन ७७ जिल्लामा हुनेछ । नेतृत्व छनोटको निर्वाचन सात प्रदेशमा हुनेछ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो । दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।