त्रिवि सुधारका लागि उपकुलपति समक्ष क्रान्तिकारीको १६ बुँदे माग
काठमाडौं, चैत्र २० । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय सुधारका लागि उपकुलपति तिर्थ खनियाँलाई १६ बुँदें मागपत्र बुझाएको छ ।
शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरिनुपर्ने, प्रत्येक विभागमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग सम्बन्धित पर्याप्त पुस्तक, कम्युटर र इन्टरनेट तथा कक्षामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन सञ्चालन गरिने व्यवस्था गरिनुपर्ने लगायतका १६ बुँदे माग राखेको छ । मागपत्र बुझ्दै उपकुलपति खनियाँले विषयहरु व्यवहारिक र महत्वपूर्ण रहेको बताए ।
उनले त्रिविको आफ्नो आम्दानी नभएकोले सेमेष्टर सञ्चालनमा कठिनाइ आएको बताएका छन् । पुसमा सम्पन्न भएको प्रथम सेमेष्टरको परीक्षा फल अहिलेसम्म सार्वजनिक नभएको बारे विद्यार्थीहरुले प्रश्न राख्दा चाँडै नतिजा सार्वजनिक गर्ने प्रतिवद्धता जनाए । महेश श्रेष्ठ, संघर्ष दाहाल, हेमराज शर्मा लगायतले खनियाँसमक्ष मागपत्र बुझाएका थिए । क्रान्तिकारी मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकटको विद्यार्थी संगठन हो ।
त्रिवि सुधार्नुपर्ने क्रान्तिकारीको माग यस्तो छः
१. शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरियोस् । प्रत्येक विभागमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरियोस् ।
२. हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग सम्बन्धित पर्याप्त पुस्तक, कम्युटर र इन्टरनेट तथा कक्षामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन सञ्चालन गरिने व्यवस्था गरियोस् ।
३. हरेक सेमेस्टरका विद्यार्थीलाई स्थलगत कार्य गराउने व्यवस्था अनिवार्य लागू गरियोस् ।
४. सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको प्राध्यापकलाई मात्र सो विषयको अध्यापन गराउने व्यवस्था कडाइकासाथ लागू गरियोस् ।
५. विज्ञान संकायका सबै विभागमा आवश्यक प्रयोगात्मक सामग्री उपलब्ध गराइयोस् ।
६. प्राध्यापक तथा कर्मचारी कार्यालय समयमै कार्यालयमा उपस्थित भइ आफ्नो जिम्मेवारी पूरा गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरियोस् ।
७. हरेक विभागको पुस्तकालय हप्ताको ६ दिन खोल्ने व्यवस्था गरियोस् ।
८. त्रि।वि। केन्द्रिय पुस्तकालय हरेक दिन कम्तिमा १२ घण्टा खुल्ला रहने व्यवस्था गरियोस् । र त्रिवि केन्द्रिय पुस्तकालयको आवश्यक भौतिक संरचना नेपाल सरकारकै लागतमा तत्काल निर्माण थालनी गरियोस् ।
९. छात्रारछात्रवासमा बस्न बनाइएको मापदण्ड कडाइका साथ लागू गरियोस् र नतीजा प्रकाशनमा समावेशीको सिद्धान्तलाई आत्मसात् गरियोस् । विद्यार्थी संगठनहरुलाई दिइएको अघोषित भागवण्डा तत्काल खारेज गरियोस् ।
१०.छात्रारछात्रवासमा इन्टरनेटको व्यवस्था, फोहोर व्यवस्थापन, विजुली बत्तिको व्यवस्था, झ्याल ढोकाको मर्मत सम्भार तथा निर्माण, सफा पिउने पानीको व्यवस्था गरियोस् ।
११. विद्यार्थीको लागि खेलकुद सामग्रीहरु उपलब्ध गराउँदै खेलकुद प्रतियोगीता सञ्चालन गरियोस् ।
१२. हरेक विभाग अन्तर्गत कम्तिमा एक फोहोर राख्ने बास्केटको व्यवस्था गरियोस् । शौचालय, कक्षा कोठाका झ्याल–ढोकाको मर्मत तथा निर्माण गर्नुका साथै उच्छृंखल तथा अनैतिक काम क्रियाकलाप नियन्त्रण गरियोस् ।
१३. त्रिवि परिसरलाई काँडेतार वा पर्खाल लगाएर घेरियोस् । त्रिवि परिसरभित्र सार्वजनिक तथा अनावश्यक निजी सवारी साधन प्रवेशमा रोक लगाइयोस् ।
१४. हेल्थ सेन्टरलाई व्यवस्थित गरियोस् ।
१५. डिर्पाटमेन्ट अघिको खाली जग्गामा बगैंचा निर्माण गरियोस् ।
१६. विभिन्न विभागले लिँदै आएको अतिरिक्त शुल्क खारेज गरियोस् ।
उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ। काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।
कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।
बाराको गढीमाई मन्दिरमा मेला शुरु
बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।