त्रिवि सेवा आयोगमा अख्तियारको छापा

त्रिवि सेवा आयोगमा अख्तियारको छापा

काठमाडौ, फागुन ५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा छापा मारि विभिन्न परिक्षा सम्वन्धि सामाग्रीहरु तथा उत्तर पुस्तिकाहरु नियन्त्रणमा लिएको छ ।

वुधवार त्रिभुवन विश्वविद्यालयमा गएको अख्तियारको टोलीले त्रिविवि सेवा आयोगले विभिन्न समयमा लिएको उपप्राध्यापकको परिक्षाका उत्तर पुस्तिका लगायतका सामाग्रीहरु जफत गरेको हो । अख्तियारको टोलीले विभिन्न २२ वटा विषयमा भएको परिक्षाको उत्तर पुस्तिका लगायतका सवै फाइलहरु जफत गरि छानवीन थालेको हो ।
अख्तियारका प्रवक्ता सहसचिव जीवराज कोइरालाले त्रिविवि सेवा आयोग वाट लिइएका उपप्रध्यापकका परिक्षा सम्वन्धि विभिन्न डकुमेन्टहरु नियन्त्रणमा लिइएको जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लोकसेवा आयोगको सिद्धान्त विपरित परिक्षा सञ्चालन गरेको र परिक्षा सञ्चालन गरेपछि परिक्षाको कापी परिक्षण गर्दा तथा परिक्षा सञ्चालन गर्दा समेत अनियमितता गरेको भन्दै छानवीनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो । राष्ट्रिय सर्तकता केन्द्रले समेत त्रिवि सेवा आयोगले परिक्षा सञ्चालन गर्दा अनियमितता गरेको पाइएकाले आवश्यक छानवीन गर्न अख्तियारमा पत्राचार गरेको थियो । सर्तकता केन्द्रको पत्राचार र अन्य उजुरीको आधारमा अख्तियारले त्रिविवि सेवा आयोग माथि छानविन थालेको हो । अख्तियारका प्रवक्ता कोइरालाले त्रिविवि सेवा आयोगले परिक्षा सञ्चालन गर्दा अनियमितता गरेको भन्ने उजुरी आएकाले छानवीन थालिएको र छानवीनका क्रममा परिक्षा सम्वन्धि सम्पुर्ण सामाग्रीहरु नियन्त्रणमा लिईएको वताए । ‘परिक्षामा गम्भीर अनियमितता भएको भन्ने गुनासाहरु समेत आएकाले त्यस माथि गहन छानवीन र अनुसन्धान थालिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

अख्तियारमा शिक्षा हेर्ने उपसचिव रामप्रसाद सुवेदीको नेतृत्वमा गएको अख्तियारको टोलीले आयोगका छापा मारेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिविविको परिक्षामा अनियमितता भएको भन्ने प्रारम्भिक प्रमाणहरु देखिएकाले आयोगले केहि दिन अघि मात्रै छानवीन गर्ने निर्णय गरेको थियो । आयोगले औपचारिक रुपमा छानवीन गर्ने निर्णय गरे लगत्तै अख्तियारको टोली वुधवार त्यहा छापा मार्न पुगेको हो ।

अख्तियारका अनुसार जफत गरेर ल्याइएका कापीहरु मध्ये केहि परिक्षण हुन समेत वाकी रहेका छन् । आधा भन्दा वढि कपी भने परिक्षण भइसकेका छन् । ती सवै कपीहरु अख्तियारको विज्ञ टोलीले पुन जाच गर्ने जनाइएको छ । अख्तियारले छापा मारेर ल्याएका केहि फाइलहरु भने त्रिविवि सेवा आयोगले परिक्षा लिएर अन्तर्वाता समेत लिएर अन्तिम नाम प्रकाशन भइसकेका अवस्थाका छन् । अख्तियारले लगेका २२ विषय मध्ये आधा जति विषयको भने रिजल्ट निकाल्न वाकी नै रहेको छ । अख्तियारले परिक्षा सम्वन्धि सवै फाइल लगेपछि त्रिविवि सेवा आयोगको परिक्षा तथा नतीजा निकाल्ने सवै कामहरु रोकिएको छ ।

यस अघि कपी परिक्षण गरेर लिखित तथा अन्तर्वार्ता दुवैमा नाम निकाल्न सफल भएका भनिएकाहरुको समेत कापी पुन परिक्षण हुन सक्ने अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियारका एक अनुसन्धान अधिकृतका अनुसार अन्तिम रिजल्ट निकालिसकेका कपीमा अनिमितता भएको देखिए त्यस्ता रिजल्टहरु रद्ध हुने छन् भने कपी परिक्षण गर्नेहरु माथि समेत छानवीन हुन सक्छ । अख्तियारका प्रवक्ता कोइरालाले पनि त्रिविविमा अध्यापन गराउने विषय जस्तो संवेदनशील विषय भएकाले छानवीन र अनुसन्धानलाई नै विशेष किसिमले अघि वढाइने वताए ।

नयाँ पत्रिकाबाट साभार

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

लोकप्रिय