स्थानीय चुनावमा एमाले, कांग्रेस र माओवादी नै बलिया, खै नयाँ अनुहार !

स्थानीय चुनावमा एमाले, कांग्रेस र माओवादी नै बलिया, खै नयाँ अनुहार !

काठमाडौं,  असार २४ । दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् ।

कुन दलले कहाँ जिते ?

एमाले
झापा :
 कन्काई, दमक, बिर्तामोड, कमल, भद्रपुर, शिवसताक्षी,

मोरङ : कानेपोखरी, ग्रामाथान, पथरी–शनिश्चरे, बेलबारी र मिक्लाजुङ,

सुनसरी : इटहरी, बराह,

उदयपुर : उदयपुरगढी, कटारी, रौतामाई, ताप्ली, त्रियुगा, बेलका,

दाङ : गढवा, घोराही, तुल्सीपुर, दंगीशरण, बबई, लमही,

रुपन्देही : बुटवल, कञ्चन, तिलोत्तमा, शुद्धोदन, सिद्धार्थनगर, सियारी, सैनामैना,

नवलपरासी : सुस्ता, बर्दघाट,

कपिलवस्तु : विजयनगर, शिवराज,

बाँके : कोहलपुर, खजुरा, जानकारी र बैजनाथ,

बर्दिया : ठाकुरबाबा, बढैयाताल, बाँसगढी,

कैलाली : गोदावरी, गौरीगंगा, घोडाघोडी, चुरे, टीकापुर, मोहन्याल, लम्की,

कञ्चनपुर : कृष्णपुर, बेलडाँडी, भीमदत्त, वेदकोट

कांग्रेस

झापा : गौरादह, झापा, बाह्रदशी, बुद्धशान्ति,

मोरङ : उर्लाबारी, कटहरी, केराबारी, रतुवामाई, लेटाङ, सुनवर्षी र सुन्दरहरैँचा,

सुनसरी : इनरुवा, कोसी, गढी, देवानगन्ज, रामधुनी, हरिनगर,

उदयपुर : चौदन्डीगढी, दाङ : राजपुर, राप्ती र शान्तिनगर,

रूपन्देही : देवदह, मायादेवी,

नवलपरासी : प्रतापपुर, रामग्राम र सुनवल,

कपिलवस्तु : कपिलवस्तु, वाणगंगा, बुद्धभूमि, महाराजगन्ज, यशोधरा,

बाँके : डुडुवा, राप्ती सोनारी, बर्दिया : गुलरिया, गेरुवा,

कैलाली : जोशीपुर, बर्दगोरिया,

कैलाली : धनगढी उपमहानगर,

कञ्चनपुर : महाकाली, शुक्लाफाँट

माओवादी केन्द्र

मोरङ : रंगेली,

उदयपुर : सुनकोसी,

दाङ : बंगलाचुली,

रुपन्देही : ओमसतिया,

नवलपरासी : पाल्हीनन्दन,

बर्दिया : बारबर्दिया, मधुवन र राजापुर,

कैलाली : कैलारी र भजनी,

कञ्चनपुर : बेलौरी, लालझाँडी

नयाँ शक्ति–संघीय फोरम–

मोरङ : जहदा गाउँपालिका,

सुनसरी : झोक्राह,

रूपन्देही : कोटहीमाई, गैडहवा, मर्चवारी, रोहिणी,

कपिलवस्तु : मायादेवी,

बाँके (१) : नरैनापुर

फोरम लोकतान्त्रिक–

मोरङ : बुढीगंगा,

सुनसरी : दुहवी, बर्जु,

रुपन्देही : सम्मरीमाई,

नवलपरासी : सरावल

कैलाली : जानकी

राप्रपाले प्रमुख जितेको तह
झापा(३) : कचनकवल, गौरीगन्ज र हल्दिबारी

बाँके (१) : नेपालगन्ज उपमहानगर

स्वतन्त्रले प्रमुख जितेको तह
रुपन्देही (१) : लुम्बिनी सांस्कृतिक नगर
कपिलवस्तु (२) : कृष्णनगर, शुद्धोदन

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

लोकप्रिय