देश टुक्रयाउन खोज्ने बिरुद्ध सरकारले कडा कदम चाल्नेः प्रधानमन्त्री

पर्वत, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल टुक्रयाउने विखण्डनकारी बिरुद्ध सरकारले कडा कदम चाल्ने बताएका छन् । पर्वतको कुष्मामा आयोजित पाँचौ पवर्त महोत्वसको उदघाटन गर्दै प्रचण्डले देश टुक्राउन सिके राउतजस्ता व्यक्ति सक्रिय भएकोतर्फ इंगित गर्दै प्रचण्डले देश टुक्राउने विखण्डनकारीलाई कारवाही गर्ने बताए
यद्दपी प्रचण्डले कसैको नाम भने उल्लेख गरेनन । ” देश विखण्डन गर्न खोज्ने कसैलाई पनि सरकारले त्यस्ता गतिविधि गर्न दिदैँन, नेपालमा रहेका नेपाली जनतालाई विभेद गराउने, अधिकारबाट बञ्चित गराउन खोज्नेलाई सरकारले कार्वाही गर्छ” उनले भने ।
उनले तराईमा केही तत्व देश विखण्डन गर्न लागेको विषयमा सरकारले कडा कार्वाही गर्ने बताए ।
तराई विगठन गर्ने तत्व देखिएका छन् । त्यसलाई कठोर ढंगले नियन्त्रण गर्न तयारी भएको छ । कसैले भड़काऊँदैमा नेपाली बीचको एकता भत्काउन सक्दैन । नेपालका सबै जनता नेपाली हुन्,’ उनले भने ।
चुनाव नभए देश दुर्घटनामा
उनले माघ ७ गतेसम्म तीन तहको निर्वाचन हुन नसके राजनीतिक संकट उत्पन्न हुने बताएका छन् । सोही कारण पनि माघ ७ गते नै स्थानीय, प्रदेश र केन्द्रको चुनाव गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले देश चुनावी माहोलमा होमिएको बताए । मूख्य तीनदलबीचमा चुनावमा जाने सहमति भइसकेको छ, अब छिट्टै चुनावको घोषणा हुन्छ । प्रधानमन्त्रीले बताए ।
प्रचण्ड माघ ७ सम्म तीन तहको निर्वाचन हुन नसके राजनीतिक संकट निम्तिने खतरा रहेको बताए । संविधानको स्वीकार्यतामा सहमत गरेर चुनावमा जान निरन्तर पहल भइरहेको भन्दै उनले संसदमा टेबल भएको संशोधन विधेयक पारित नभई चुनावको घोषणा गर्न नहूने निर्वाचन आयोगको सुझाव अनुसार यसै हप्ता स्थानीय निकायको मिति बैसाख मा गर्ने गरी घोषणा गर्न लागी परेको जानकारी दिए । मिति घोषणा गरेपछि निर्वाचन पर्ने हुन्छ । तर निर्वाचन हुन थारु मधेशी तराई सबैलाई विश्वासमा लिनु जरुरी छ,’ प्रधानमन्त्रीले भने ।
सबैलाई विश्वासमा लिएर गारिने निर्वाचनले मात्रै राष्ट्रीयता बलियो हुन्छ । नेपाल विखण्डन गर्ने तत्वहरूलाई कडा रूपमा नियन्त्रण गरिने, नेपालीहरूको एकता संविधानको कार्यान्वयनबाट नै राष्ट्रियता बलियो हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले कोरला नाका खोल्न सरकारले चिनसँग विशेष कुराकानी गर्न लागेको बताएका छन् । सशस्त्र प्रहरीले उपयोग गरेको चौर खेल मैदानका लागि विकास गर्न पहल गरिने प्रधानमन्त्रीले बताए । पर्वतको सडक कालोपत्रे गर्न भोली (शुक्रबार) क्याविनेट बैठकमा कुरा गर्ने बताए । कोरला नाका खुले पर्वत व्यापार हब को रूप मा विकाश हुने प्रधानमन्त्रीले बताए । प्रशोधन केन्द्रको विकासका लागी सरकारले जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता जनाए ।
समाजवादको यात्रा पर्वतबाट
प्रधानमन्त्रीले समाजवादको यात्रा पर्वतबाट सुरु हुने बताए । आर्थिक समृद्धिबाट समाजवादतर्फ जाने बाटो विकास निर्माण हो । पर्वत जिल्ला यसको लागि सम्भावना बोकेको छ । तपाईहरू गतिशील हुनुस् हामी राज्यका तर्फबाट सहयोग गर्छौ, उनले भने ।
उद्योग वाणिज्य संघले सबै राजनीतिक दल सहित तैयार पारेको ४ बूँदे ज्ञापन बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले काली गण्डकी करिडोर निर्माण अघि बढेको जानकारी दिए । करिडोर निर्माण अघि बढेसँगै यसले पर्वत बिध्युत हब बन्ने भन्दै प्रधानमन्त्रीले बिध्युतको विकाशले हजारौं युवा रोजगारी पाउने र खाडीमा गएर पसिना बगाउने प्रवृत्तिको अन्त्य हुने विश्वास लिए । यसका लागि पर्वत उच्च सम्भावना बोकेको जिल्ला भएकाले सरकारले यस जिल्लालाई विशेषा रुपमा सहयोग गर्ने उनले बताए ।
कोरला नाका खुले पर्वत व्यापारिक हब हुने उनले बताए । प्रधानमन्त्रीले कोरला नाका खोल्नका लागि सरकारले चीनसँग विशेष कुराकानी गरिरहेका जानकारी दिए । उनले भने- सरकारले हामीले चीनसँग महत्वपूर्ण सीमा नाका खोल्नको लागि कुरा गरेका छौं ।
तस्वीर: प्रदीपराज वन्त
कोसी, वाग्मती र गण्डकीमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा वर्षाको गतिविधि बढ्ने देखिएको विभागले जनाएको हो। विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसबाहेक कोसी र वाग्मती प्रदेशका पहाडी भूभागमा एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। यस क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको बताइएको छ। रातिको पूर्वानुमानअनुसार, देशभर साधारणतया बदली रहनेछ भने कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिएको छ। विभागले संभावित भारी वर्षाको कारण पहिरो, बाढी र जलस्रोतको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ। विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।
मौसम पूर्वानुमानः भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभरको मौसम आगामी २४ घण्टासम्म सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ। यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ। बिभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी भू–क्षय, बाढी तथा पहिरोको जोखिम हुने स्थानहरूमा सतर्क रहन नागरिकहरूलाई अनुरोध गरिएको छ।
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष प्रचण्ड
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र दलाल पूँजीलाई नियन्त्रण गर्ने योजनाबद्ध प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा राष्ट्रिय पूँजी प्रवर्द्धन कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका थियौं। हाम्रो नीति र कार्यक्रमहरू हेर्ने हो भने, त्यसको मूल मर्म दलाल पूँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र सुशासन कायम गर्ने मा नै केन्दृत थियो। तर, दुर्भाग्यवश, यो कुरा ९ तपाईंहरू० राष्ट्रिय पूँजीपतिले भन्दा दलाल पूँजीपतिले पहिले बुझे। उनीहरूलाई लाग्यो—यदि माओवादी सत्तामा बस्यो भने, उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले सरकार को नेतृत्व आफूले नेतृत्व गर्न सक्ने अवस्था त भएन । सोहि कारण उनीहरूले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए। यो कुरा म विगतदेखि भन्दै आएको छु।” अध्यक्ष प्रचण्डले जनजीविकासँग प्रत्यक्ष जोडिएका ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भन्नुभयो, “सरकारको नेतृत्व गर्दै गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूको अवधारणा ल्यायौं। ती योजनाहरूले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको क्रान्तिकारी परिवर्तन अनुभव गरिसकेका छन्। पछिल्लो सरकार सञ्चालनका क्रममा हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ।” उहाँले माओवादी नेतृत्वको सरकारले विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयन जस्ता जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताको पक्षमा उभिने नीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा महासंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक संकट, लगानीको वातावरण, र नीति स्थायित्वका विषयमा आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।