नेपालको समृद्धिको यात्रामा योगदान गर्न कतारबाट प्रवासी मुस्लिम समुदायको पहल

नेपालको समृद्धिको यात्रामा योगदान गर्न कतारबाट प्रवासी मुस्लिम समुदायको पहल

कतार । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली मुस्लिम समुदायलाई एउटै छाताभित्र ल्याउने कार्यको कतारबाट शुरुवात गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले गएको शुक्रबार नज्मास्थित द गोर्खा रेस्टुरेन्टमा प्रेसमिट गरी यस्तो जानकारी दिएको हो ।

देश आर्थिक समृद्धिको यात्रामा रहेको समयमा सिङ्गो रास्ट्रलाई सक्दो योगदान दिने उद्देश्यले कतारमा रहेका बुद्धिजीवीहरुबाट परामर्श लिई अन्तर्राष्ट्रिय मुस्लिम समाजको परिकल्पना गरिएको कार्यक्रमका प्रमुख अथिति अन्तरास्ट्रिय मुस्लिम समाजका संयोजक प्रोफेसर रमजान अलिमिया बताउनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार अध्यक्ष मुक्ततदा मुसलमानको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मीका विभिन्न प्रकारका जिज्ञासाको समाधान आयोजकले गर्ने प्रयास गरेको थियो ।

विशेष अतिथिहरुमा नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिमबक्स मियाँ, अन्तरास्ट्रिय मुस्लिम समाज महिला संयोजक अमिना खान, अन्तरास्ट्रिय मुस्लिम समाजका सल्लाहकार मोहम्मद अजिज अलि , अन्तरास्ट्रिय मुस्लिम समाजका सल्लाहकार संयोजक हुसैन खानको उपस्थिति रहनु भएको थियो ।

कार्यक्रमा स्थानीय संचारकर्मी, अतिथि अख्तर गद्दी सल्लाहकार सैगरी नेपाल पत्रकार महासंघ कतार शाखाका सचिब महेन्द्र प्रसाद पोख्रेल, प्रमुख सल्लाहकार गणेशप्रसाद बन्जाडे, राजधानी साप्ताहिकका दिलकुमार श्रेष्ठ , उज्यालो अनलाइन खबर कतार प्रतिनिधि महेश्वर नेपालको उपस्थिति रहेको थियो । साथै स्थानीय सञ्चारमाध्यममा कार्यरत प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा अब्दुल करीम मियाँ, हुसैन खान, मोहम्मद अजीज अली, महिला संयोजक अमीना खान शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कतारमा करीब चारलाख नेपाली कार्यरत रहनु भएकाे छ । त्यसमध्ये करीब ६० हजार मुस्लिम रहेको बताइन्छ ।

आफ्नो अनुकूलमा विभिन्न मुस्लिम संघसंस्था खोलेर क्रियाशील सबैलाई साझा संस्थामा आबद्ध भई अगाडि बढन अन्तरास्ट्रिय नेपाली मुस्लिम समाज कतारले आह्वान गरेको छ ।

प्रेसमिटमा उपस्थिति भएकोमा सबैमा कृतज्ञता प्रकट गर्दै सकारात्मक सहयोग, सल्लाह र सुझावका लागि अनुरोध गर्दै समाजका अध्यक्ष मुसलमानले कार्यक्रमको समापन गर्नु भएकाे थियाे ।

पढ्नुहोस् अध्यक्ष मुसमानले गरेको सम्बोधन जस्ताको त्यस्तै

आदरणीय पत्रकार साथीहरु

सर्वप्रथमतः हाम्रो निम्तोलाई स्वीकार गरेर पाल्नु भएकोमा हार्दिक स्वागत तथा कृतज्ञता व्यक्त गर्दछौं ।

लामो अध्ययन, चिन्तन र वहस पश्चात अन्ततस् हामी नेपाली मुस्लिम समुदायको साझा संजाल ‘अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज’ गठन प्रक्रियाको प्रारम्भिक चरणमा प्रवेश गरेका छौं। कतारबाट यस अभियानको थालनी आरम्भ गरिएको छ भने छिट्टै अन्तर्राष्ट्रिय समिति गठन प्रक्रियालाई अघी बढाइने छ।
विश्व संजालमा छरिएर रहेका नेपाली मुस्लिमहरुलाई एउटै थलोमा जोडी समुदाय र राष्ट्रको सम्व्रिद्दिमा सहभागी बन्न यस समाजको गठन प्रक्रिया आरम्भ गरिएको स्पष्ट पार्न चाहन्छौं ।

साथीहरु,
विविधताले भरिएको नेपालको राजनैतिक अभ्यासमा कुनै प्रतिकुलता नआएसम्म अब मुलभूत रुपमा हकहितका राजनैतिक संघर्ष बिश्रामोंमूख छ।
नेपालको लामो राजनैतिक संघर्षको प्रतिफल स्वरुप देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक युगको आरम्भ बिन्दुमा प्रवेश गरी सकेको छ। अब राष्ट्रले सम्व्रिद्दिको बाटो पहिल्याउँदै बढ्ने प्रण गर्दो छ, नेपाली जनताले के कति उपलव्धी हासील गरे वा कति हासील हुन सकेन त्यसको लेखाजोखा समय चक्रसंगै बनेर जाने नै छ। अतस् राष्ट्रको सम्व्रिद्दिको लागि सम्पूर्ण नेपाली नागरिकले समेत प्रण गर्नु आवस्यक छ ।

मुलभूत रुपमा अबको दिशा भनेको अधिकारका लागि आन्दोलन होइन, अबको दिशा सम्व्रिद्द नेपालको लागि आन्दोलन भन्ने मानासिताको बिकास गर्दै अघी बढ्नु आवस्यक छ। प्राप्त भएका अधिकार र प्राप्त हुन बाँकी अधिकारको भरपाई अब राष्ट्रको सम्व्रिद्दिले मात्र प्राप्त हुन सक्दछ, किनकि राष्ट्रले धेरै आन्दोलन खेप्यो जसकारण लाखौँ युवा विदेसिन बाध्य भए। राजनैतिक अन्दोलनले पलायन भएको शक्ति सम्व्रिद्दिको आन्दोलनले फर्किनु पर्दछ वा कम्तिमा पलायनको परम्पराको अन्त्य हुनु पर्दछ ।

हिंजोका दिनमा नेपाली मुस्लिम समुदायले ‘एकता पहिचान र अधिकार’ को नारा र त्यसको जगमा आन्दोलन गर्दै आए। अब हामीले ‘सम्व्रिद्द नेपाल हाम्रो अभियान’ भनेर लाग्न सक्नु पर्दछ र त्यसको जग बसाल्नु पर्दछ ।

देशको कुल जनसंख्या र वैदेसिक रोजगारमा रहेका कुल प्रबासी नेपालीहरुको आंकडा निकालेर विशेसतस् खाडी र मध्यपुर्वलाई हेर्ने हो भने सामुदायिक दृष्टिकोणबाट नेपाली मुस्लिमहरुको संख्या व्यापक छ । १८ वर्षदेखि ४० वर्ष उमेरका ठुलो शक्ति प्रबासमा श्रम गरी रहेका छन्। अब यिनलाई सम्व्रिद्द राष्ट्रको अभियानमा जोड्नु जरुरी छ, जसको निम्ति उचित प्लेटफर्मको आवस्यकतालाई महसुस गर्दै विश्वभर छरिएर रहेका नेपालीहरुको साझा समाजको परिकल्पना सहित अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको अवधारणा अघी सारिएको हो।

मूलतस् वैदेसिक रोजगारमा रहेर हामी विदेसी भूमिलाई श्रम दियौं अब यहाँबाट स्वदेशलाई हामीले देखिने गरी केहि दिन सक्नु पर्दछ। हामी सबैको साझेदारी र जोडमा आधारित भएमात्र राष्ट्रलाई बिकासको बाटोमा डोर्याउन सकिन्छ भन्ने मान्यताको बिकास गर्नु हाम्रो ध्येय रहेको छ।

नेपालको समग्र बिकासको लागि कतारबाट दिन सकिने प्रचुर सम्भावनाहरुको भण्डार छ । मुख्यतः पर्यटन, कृषि, स्वास्थ्य र शिक्षामा कतारबाट एतिहासिक रुपमा हामीले काम गर्न सक्दछौं।

आदरणीय पत्रकार साथीहरु,
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको सांगठनिक पक्ष र यसको उद्देश्य बारे वुँदागत रुपमा जानकारी गराउन चाहन्छौं(

यो समाज नेपाली समुदायसित सामुदायिक साझेदारीमा बिस्वास गर्ने गैर राजनैतिक समाज हुनेछ

बिभिन्न कारणले विश्वभर छरिएर रहेका नेपाली मुस्लिमहरुलाई एउटा छातामा समाहित गर्ने गरी प्रारम्भमा मूलतस् खाडी र क्रमिक रुपमा विश्वभर नै यसको शाखा निर्माण गरिने छ।

अन्तर्राष्ट्रिय समन्वय समितिको गठन भए लगत्तै कतार लगायत बिभिन्न राष्ट्रलाई शाखा मानिने छ। नेपालमा सम्पर्क कार्यालय रहने छ

नेपाल सरकारमा दर्ता प्रक्रिया एवं नेपाली नियोगमा यथासम्भव सुचिकृत गरिने छ भने कतार सरकारको सम्वन्धित निकायमा सुचिकृत प्रक्रिया समेत अघी बढाइने छ।

यो समाज मुस्लिम समुदायको मौलिकतामा आधारित भएपनि यसको खुला उद्देश्य नेपाली समुदायको हक हितमा समर्पित रहनेछ।

कतारमा विगतदेखि सक्रिय रहँदै आई रहेका सबैखाले मुस्लिम समाजहरुलाई समन्वयात्मक एवं साझेदारी संस्थाको रुपमा लिइने छ। कुनैपनि संस्थाहरुको स्वामित्वमा कुनै हस्तक्षेप गरिने छैन।

कतारमा कार्यरत सबै नेपाली मुस्लिम यस समाजका स्वतस् सदस्य मानिने छ, संस्थागत पद्दतिमा आउन चाहनेहरुलाई निस्शुल्क सदस्यता परिचय पत्र प्रदान गरिने छ। जसको लागि सुचना प्रविधीको उपयुक्त विधी मार्फत सहज सदस्यता लिन सकिने प्रावधानको बिकास गरिने छ।

समाज संचालनको लागि आवस्यक आर्थिक पक्षको लागि विभिन्न माध्यमहरुको खोजी गरिने छ।

कतारको बस्तुगत अवस्थालाई मध्येनजर गर्दै सबै संघसंस्थाहरुसित समन्वय गरी क्यालेन्डर मार्फत समाजका बिभिन्न गतिविधी संचालन गरिने छ।

पर्यटन बिकासको लागि खाडीबाट गर्न सकिने पहलबारे नेपाल पत्रकार महासंघ कतार शाखाले अगाडी सारेको “कतार(नेपाल मैत्रीपूर्ण पर्यटन परियोजना” अत्यन्तै सान्दर्भिक महत्वपूर्ण छ। सामुदायिक साझेदारी सिद्दान्त अनुसार उक्त परियोजनामा साझेदारी संस्थाको रुपमा यो समाज कटिवद्द रहने छ।

आधुनिक कृषिमा लगानी र स्वरोजगारको क्षेत्रमा गहिरो अध्ययन गरी वातावरण निर्माण गर्न प्रयाश रहने छ।

गरिव तथा विपन्न वर्गमा शिक्षा र स्वास्थ्यको पहुँच पुर्याउन दाताहरुको खोजी गरी न्यायोचित रुपमा अभियान तीव्र बनाइने छ।

नेपालको कानुन सामुदायिक व्यबस्थाभित्र रही यस समाजले इस्लामिक युनिभर्सिटीको महत्वाकांक्षी परियोजना अनुरुप काम गर्नेछ।

अन्तमा, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजलाई यहाँहरुको उचित रायको सदैव खाँचो रहने छ।

हार्दिक आभार प्रकटसहित
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज परिवार।

पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा केजिन राई चयन

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ । अधिवेशनले उपाध्यक्षहरुमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण रिजाल, बासु सत्याल, महासचिव शेरबहादुर परियार, उपमहासचिवमा कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिव महिन्दो वाइवा, रमेशराज बाँस्तोला, दिनेश  गौतम (साइप्रस), कोषाध्यक्ष इन्दिरा चाम्लिङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भोला लामिछाने (स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली (स्पेन), किशोर सुब्बा (पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड), दिपक भण्डारी (पोर्चुगल), बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल), जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले (माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक (माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी), बलराम राइ (पोर्चुगल) कमल पन्थी (हंगेरी) माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुभाष चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल), अमृता राई (रोमानिया), मनि तमु रहेका छन् । बुधबार सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ बलियो र एकताबद्ध बनाउनुपर्ने बताए । उनले त्यसो भएमा मात्रै पत्रकारहरु दरिलो हुने र जस्तोसुकै अप्ठ्यारोमा लड्न सकिने बताए ।  कार्यक्रममा बेनेलक्स तथा युरोपियन युनियनकालागि राजदूत गेहेन्द्र राजभण्डारी, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल ,समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी नेपाल केन्द्रीय उपाध्यक्ष देविका घर्ती, फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल अमेरिका पत्रकार संघ (नेजा) अध्यक्ष सुरज भण्डारी, पत्रकार महासंघ जापान शाखा अध्यक्ष शान्त पहारी,  प्रेस सेन्टर नेपाल केन्द्रीय उपमहासचिव राजेश चाम्लिंग राई, प्रवास इञ्चार्ज इञ्चार्ज आरबी खड्का, प्रवास अध्यक्ष हरि नेपाली, एनआरएनए अभियन्ताहरु रामशरण सिंम्खडा, प्रवासी नेपाली मञ्च युरोप संयोजक मुक्त गुरुङ, जनसम्पर्क समिति युरोप महामन्त्री  गंगाधर गौतम ,नेपाली जनप्रगतिशिल मञ्च युरोप उपाध्यक्ष गंगाप्रसाद भुसाल, प्रवासी नेपाली एकता मञ्च युरोप इन्चार्ज सुवास पोखरेल, एनपिपीएृफ आयरल्याण्ड महासचिब मिलन छन्त्याल, एनपिपीएफ जर्मनी अध्यक्ष गोबिन्द भण्डारी , राप्रपा पोर्चुगल निबर्तमान अध्यक्ष दिपक शर्मा , प्रेस युनियन पोर्चुगल सभाति बसुदा सत्याल ,प्रवासी पत्रकार महासंघ बेलायत पूर्व अध्यक्ष चिरन शर्मा, प्रवास नेपाली सम्पर्क विभाग९रास्वपा० भोला लामिछाने, पोर्चुगलकालागि पर्यटन नेपाली प्रवर्द्धक रमेशराज बाँस्तोला, एनआरएनए बेल्जियम  एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, अनेसास पोर्चुगल महासचिव एनबी अन्जान, पानी अभियान्ता मित्रलाल पार्देलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले अधिवेशनको सफलताको शुभकामना दिएका थिए।  पत्रकार महासंघले तोकेका केन्द्रीय प्रतिनिधि नरेश खपांगी मगर तथा पत्रकार महासंघ केन्द्रीय सचिव श्रृजना अर्यालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुनिल खड्का, रमेश खतिवडा ,सरिता बराईली, केसी लामिछाने तथा रिंकु कुमारी मिश्र रहेको निर्वाचन समितिले नयॉ कार्यसमिति चयनको प्रक्रिया पूरा गर्दै बन्द सत्र सम्पन्न गरेको थियो। उक्त कार्यक्रमको सभापतित्व प्रेम परियार, संचालन द्रोण रिजाल र स्वागत मन्तव्य राजकुमार थापाले गरेका थिए । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले १० बुँदे प्रस्तावहरू पारित समेत गरेको छ। पारित प्रस्तावहरुः १. युरोपमा रहेका नेपाली दूतावासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवासीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ । २. प्रवासमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघका शाखाहरुलाई नेपालकै शाखासरह मान्यता दिन र केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सदस्यहरुलाई पनि मतदान गर्न पाउने ब्यवस्था गर्न तथा प्रवासमा रहेका पत्रकारहरुलाई पनि महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन यो अधिवेशन माग गर्दछ।  ३. युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी तालिम तथा अन्य क्षमता अभिवृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने तथा युरोप क्षेत्रका पत्रकारहरुको हकहित तथा पेशागत सुरक्षाकालागि यो अधिवेशन प्रतिवद्धता व्यक्त गर्दछ ।  ४. श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि यो अधिवेशन सम्बन्धित निकाय र व्यक्तिहरुमा खबरदारी गर्दछ ।  ५. सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं । स्वरोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ । ६. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई यो अधिवेशन आह्वान गर्दछ।  ७.नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई विधानको व्यवस्था अनुरुप   प्रभावकारी रुपमा लागू गर्न यो अधिवेशन माग गर्दछ।  ८. सर्वोच्च अदालतले गरेको पछिल्लो हस्तक्षेपकारी आदेश तथा अन्य  प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ । ९. युरोप क्षेत्रमा रहेका नेपालीहरु राहदानी नविकरण गर्न नपाएर गैरकानुनी भएर बस्नु पर्ने समस्या धेरै जटिल बन्दै गएकोले अविलम्ब युरोपका देशहरुमा राहदानी नविकरण टोली पठाउन नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ। १०. यस अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल,प्रेस सेन्टर केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,प्रेस चौतारी केन्द्रीय उपाध्यक्ष देविका घर्तीलगायत सबै अतिथिहरूलाई यो अधिवेशन धन्यवाद ज्ञापन गर्दछ।

जनप्रगतिशील मंच न्यु साउथ वेल्सको संयोजकमा जीवन न्यौपाने

सिड्नि । नेपाली जनप्रगतिशील मंच अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको तेस्रो अधिवेसनबाट जिवन न्यौपाने संयोजकमा निर्वाचित भएका छन् ।  २० अप्रिलमा सम्पन्न तेस्रो अधिबेशनले न्यौपानेको संयोजकत्वमा ११ सदस्यको कार्यसमिति गठन गरेको हो ।  अघिवेसनबाट उपाध्यक्षमा रमन के.सि., सचिवमा रबिन अधिकारी, कोषाध्यक्षमा नवकिरण गौतम, सहसचिवमा भरत न्यौपाने तथा कार्यकारी सदस्यहरूमा संतोष काण्डेल, विष्णु भुसाल, सुदीप शर्मा, गोविन्द बहादुर थापा र अशोक श्रेष्ठ चयन भएका छन्। कार्यक्रममा प्रमुख अतिथि मंचका अध्यक्ष प्रबिन कंडेलले नेपालीहरुको पहिचान दिन र सुखदुखमा साथ दिन जनप्रगतिशील मञ्चले प्रभावकारी काम गरेको बताए ।  महासचिव चुन्ना क्षेत्रीले मञ्चलाई अझै धेरै नेपालीहरुसामु पु¥याउनुपर्नेमा जोड दिए । न्यु साउथ वेल्स राज्यको संयोजक बाबुराम गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन न्यु साउथ वेल्स राज्यको उपसंयोजक सुमन न्यौपाने गरेका थिए ।  सम्मेलनले अष्ट्रेलियामा नेपाली समुदायको उपस्थिति र प्रभावलाई थप सुदृढ गर्दै छलफल र सञ्जालका अवसरहरू संलग्न गराउने मञ्चको रूपमा काम गरेको नवनिर्वाचित संयोजक जीवन न्यौपानेले बताए । न्यौपानेले यस सम्मेलनले अष्ट्रेलियामा रहेका नेपाली समुदायको उपस्थिति र प्रभावलाई अभिवृद्धि गर्ने, छलफल र सञ्जालका अवसरहरू उपलब्ध गराउने मञ्च प्रदान गर्ने विश्वास ब्यक्त गरे ।  नवनिर्वाचित कार्यसमितिलाई मंचका अध्यक्ष, महासचिव तथा केन्द्रीय सदस्य खिम भण्डारि लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।  

सिड्नीमा नवाज कप फुटबल आइतबार सुरु हुँदै

सिड्नी । भोलि अप्रिल २१ देखि साउथ ग्रानभिलमा नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) को आयोजनामा नवाज कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । अस्ट्रेलियाको सिड्नीका करिब १६ वटा नेपाली टोलीको सहभागिता रहने प्रतियोगिता भोलि आइतबार सुरु हुने भएको हो ।  लिग कम नक आउटका आधारमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष चिरन तिवारीले जानकारी दिए । समाजका अध्यक्ष तिवारीले सामाजिक कर्ममा अगाडि रहेको नवाजको २५ औ स्थापना दिवको उपलक्ष्यमा प्रतियोगिता आयोजना गर्न लागिएको स्पष्ट पारे ।  उनले प्रतियोगिता सामाजिक सदभाव, आपसी भाइचारा र आपसी मेलमिलापको सन्देश बोकेर आयोजना गर्न लागिएको बताए ।
 अप्रिल २१ को आइतबार देखि हरेक आइतबार हुने प्रतियोगिता करिब एक महिना चल्ने तथा विजेता तथा उपविजेतालाई नगद पुरस्कार तथा ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने अध्यक्ष तिवारीले बताए । 
 नवाजले केही समयको बिश्रामपछि फेरि खेलकुद प्रतियोगिता आयोजना गरेकोमा सिड्नी सहित अष्ट्रेलियमा रहेका नेपाली समुदाय खुशी भएका छन् ।  नेपाली राष्ट्रीय टोलीमा रही हाल अष्ट्रेलिया पुगेका करिब चालिस जना खेलाडी रहेको अस्ट्रेलियाको यी बिभिन्न क्लबहरुको यो लिग निकै रोमान्चक हुने बिश्वास लिइएको छ । यो प्रतियोगिता ४०/४० चालिस मिनेट गरी ८० मिनेटको हुनेछ ।  अस्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष बिजेन बटाजुले केही समयपछि भएपनि नवाजले यस्तो खालको प्रतियोगिता गरेकोमा धन्यबाद दिदै यसको निरन्तरताको लागि आफ्नो सहयोग रहने विश्वास दिलाए ।  यस पटक प्रतियोगितामा सहभागि क्लबहरुलाई चार समुहमा बिभाजित गरि ड्र समेत सार्वजनिक गरिसकिएको थियो । 

युक्रेनले सार्वजनिक गर्‍यो पाँच नेपाली युद्धबन्दी

काठमाडौं । युक्रेनले गत शुक्रबार पाँच नेपाली र तीन अन्य देशका गरी आठ रूसी युद्धबन्दी सार्वजनिक गरेको छ । युद्धबन्दी सार्वजनिक गर्दै युक्रेनले ग्लोबल साउथ र विश्वका अन्य गरिब मुलुकहरूलाई रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिक जोगाउन समेत आग्रह गरेको छ । युक्रेनले पाँच नेपाली, क्युबा, सोमालिया र सीएरा लियोनका एक–एकजना युद्धबन्दीलाई युक्रेनले सार्वजनिक गरेको हो । युक्रेनको युद्धबन्दी उपचार समन्वय मुख्यालयका प्रतिनिधि पेट्रो यात्सेन्कोले रूसमा आफ्ना नागरिक जानबाट रोक्न सजक हुन आवश्यक रहेको बताए । उनले गरिब देशहरूलाई आफ्ना नागरिक रूसी सेनामा भर्ती हुनबाट रोक्न आग्रह गरेका छन् । उनले भनेका छन्, “न्यून स्तरको आय भएका देशका नागरिकलाई रूसले भर्ती गरिरहेको छ । त्यसलाई रोक्न अझै कडा कदम चाल्न आवश्यक छ ।” गत हप्ता भारतले रूसमा नागरिक पठाउन सक्रिय ठूलो गिरोह पत्ता लगाएको बताएको थियो । नेपालले गत डिसेम्बरमा मस्कोलाई आफ्ना नागरिक रूसी सेनामा भर्ना नगर्न र त्यहाँ कार्यरत नेपाली सैनिकलाई फिर्ता पठाउन आग्रह गरेको थियो ।

लोकप्रिय