नेपाली कांग्रेसका नेतामाथि बुहारीलाई बलात्कार गरेको आरोप

नेपाली कांग्रेसका नेतामाथि बुहारीलाई बलात्कार गरेको आरोप

कञ्चनपुर,पुस २१ ।  अरुलाई सभ्यता सिकाउने, आफुचाही घरमै आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताले  २० बर्षिया महिलाले आफ्नै सुसुराले ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गरेको खुलासा गरेकी छिन् ।

बिवाह भएको एक हप्तामै ससुराले आफ्नो कोठामा आएर जबरजस्ती यौन शोषण गरेको खुलासा गरेकी हुन् ।  बुधबार पीडित महिलाले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस क्षेन नम्बर १का क्षेत्रिय सचिव समेत रहेका महाकाली सिँचाई केन्द्रीय जलउपभोक्ता समितिका उपाध्यक्ष समेत रहेका ससुरा भानुभक्त भट्टले विगत तिन बर्षदेखि लगातार यौन शोषण गरेको आरोप लगाएकी छिन् ।

पत्रकार सम्मेलनमा पीडित महिलाले भनिन् ‘मेरो श्रीमान बिवाह भएपछि पढ्न जिल्ला बाहिर गएपछि ससुराले धम्क्याउदै जबरजस्ती गरेको बताईन् । घर बिग्रन्छ भनेर कसैलाई पनि आफुले डरले नभनेको बताउदै उनले श्रीमानले समेत थाहा पाएपछि आफुलाई नराम्रो व्यवहार गरेको उनको दुखेसो छ । ‘मेरो ससुराले घर भन्दा यो कुरा बाहिर भनेपछि मारिदिने धक्की दिन्थ्यो ।’ उनले भनिन् ‘त्यसैले मैले बदनाम र डरले कसैसंग भनेन् ।’

आफ्नो बिवाह पनि सुसुराकै कारणले भएको उनको भनाई छ । ‘मेरो बिवाह हुनुभन्दा पहिले ससुराले मलाई देखेको थियो ।’ उनले भनिन् ‘तिम्री राम्री छौँ, मेरो छोरो संग बिवाह गर्नुपर्छ भन्दै मेरो पछिपछि लाग्यो ।’ अन्तत ससुराले मलाई जहाँ देख्दा पनि पैशा दिने कपडा किनिदिने भएपछि मेरो मन पनि पग्लिएको उनको भनाई छ । घरमै आएर विस २०७१ असार ६ गते बिबाह भएपछि मात्रै श्रीमानलाई आफुले देखेको उनले बताईन् ।

घरबार बिग्रन्छ भनेर आफुले तीन बर्षसम्म अपराध सहेर बसेको उनको स्वीकार छ । ससुराले आफुमाथी यस्तो गर्दा आफु भागेर माईती घर आउने गरेको बताउदै पुनः माईतीले घर पुर्याईदिने काम गरेको बताईन् । सासुले समेत आफ्नो श्रीमानलाई सम्झाउनु भन्दा पनि त मेरो बुहारी होईन् सौता पो भईसकेकी रहेछौ भन्दै हिंसा गरेको उनको आरोप छ ।

श्रीमानले समेत आफुलाई नराम्रो व्यवहार गरेको बताउदै आफ्नो बिवाह श्रीमानको इच्छा भन्दा पनि ससुराको कुविचारका कारण भएको उनको ठहर छ । मेरो बिवाह भएपछि घरमा एक केटी आएर यो मेरो श्रीमान हो, मेरो यो संग अघि नै विवाह भईसक्यो भन्दै घरमा झगडा समेत भएको बताउदै उक्त केटीलाई पैशा दिएर मिलाएको उनले बताईन् ।

आफ्नो मागी बिवाह भएपनि घरपरिवारले विवाह दर्ता समेत नगरिदिएको उनको गुनासो छ । पत्रकार सम्मेलनमा पीडित महिलाका दाईले बहिनी लगातार घरबाट माईतीमा आउने गरेको बताउदै, किन आएको भन्दा घरमा श्रीमान छैन् त्यसैले आएको भन्ने गरेको बताए ।
उनका अनुसार गत मंसिर १० गते ससुराले घटना पुनः दोहो¥याएपछी गाउँकै स्थानीय प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । पीडितले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्तीकरणमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी नैनसिह कार्कीले मंसिर २९गते आएको उजुरी पुष १ गते दर्ता गरिएको बताए ।

प्रवक्ता कार्कीका अनुसार घटनाको अनुसन्धान भईरहेको छ । ‘प्रहरीले आरोपितलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।’ प्रहरी प्रवक्ता कार्कीले भने ‘अनुसन्धान भईरहेको छ ।’ एकदुई दिन भित्रै सरकारी वकिल कार्यालयमा पेश गर्ने तयारी भईरहेको समेत उनले बताए । कञ्चनपुरका अधिकारकर्मीहरुले भने महिलाको मुद्दामा सम्वेदनशिल भएर सत्यतथ्य घटना सार्वजानिक गर्न माग गरेका छन् । कञ्चनपुर प्रहरीले भने महिलाका मुद्दामा सम्वेदनशिल भएर छानबिन भईरहेको पीडितलाई आवश्वासन दिएको छ ।   भने अधिकारकर्मीहरुले महिलाका घटनामा वेवाता गरेर दोसीले उन्मुती आए सडक तताउने चेतावनी दिएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५२ ग्राम सुन बरामद गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९÷९ हजार रुपैयाँ दिएर सुन बोकाएको खुलेको छ । उक्त सुन विमानस्थल एरियााको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्। रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।  गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका ३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका २४ बाट पक्राउ गरेको हो ।  अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाएको अभियोग छ । अभियुक्तले पीडितलाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको प्रहरीले जनाएको छ ।  ‘युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई फेरि चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ ।  प्रहरीका अनुसार पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

तनहुँ । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।  तनहुँको ब्याँस नगरपालिका ४ जलदेवी टोल बस्ने ६२ वर्षीय कालु गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १० जनालाई  बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लोकप्रिय