‘पुख्यौली’ र करबाकेली’को अनुसन्धान शुरु

‘पुख्यौली’ र करबाकेली’को अनुसन्धान शुरु

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँ बसोबास गर्ने पुन मगर जातिको अमूर्त सांस्कृतिक सम्पदाका बारेमा अध्ययन र अनुसन्धान थालेको छ ।

मन्त्रालय, संस्कृति महाशाखाका कर्मचारी र संस्कृतिविद्को टोलीले अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित पुन समुदायको ऐतिहासिक धार्मिकस्थल करबाकेली थान र पुख्यौली संस्कृतिका बारेमा अध्ययन गर्दैछ । अमूर्त सांस्कृतिक सम्पदाका रुपमा रहेका पुख्यौली नृत्यकला र गीतको अभिलेखीकरण गरी संरक्षण तथा सूचीकृत गर्न स्थलगत अध्ययनका लागि आएको महाशाखाका प्रमुख सहसचिव भरतमणि सुवेदीले बताउनुभयो ।

नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको मौलिक संस्कृति, परम्परा र संस्कार भावी पुस्तालाई सहज रुपमा हस्तान्तरण गर्न अभिलेखीकरणसँगै संरक्षणमा सम्बन्धित समुदायलाई जागरुक बनाउने काम भइरहेको बताइएको छ ।

महाशाखाका कर्मचारीसहित संस्कृतिविद् डा पे्रम खत्री, डा भक्त राई, डा मीन श्रीसलगायतको टोलीले गाउँपालिकाका जनप्रतिनिधि, करबाकेली बाबा संरक्षण समिति, मगर अध्ययन केन्द्रका पदाधिकारी र स्थानीय पुख्यौली नृत्य समूहका कलाकारसँग अन्तक्र्रिया गरेको थियो ।

पुन समुदायका पुर्खा करबाकेलीको अवसान भएको मानिने सो स्थानमा समुदायले करोडाँै लगानी गरेर करबाकेली, विमला, फिमला, रामचन र कुलचन देवताका मूर्तिसहितको थानलगायत करोडौँका पूर्वाधार निर्माण गरेका छन् । विभिन्न भौतिक प्रमाण र तथ्यका आधारमा सो स्थानमा करबाकेलीको थान बनाइएको संरक्षण समितिका संरक्षक चामबहादुर पुनले बताउनुभयो । उहाँले करबाकेली क्षेत्र र पुख्यौली नृत्यलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल गर्न सो टोलीसँग अनुरोध गर्नुभयो ।

जन्म, मृत्यु, विवाह, छेवारजस्ता संस्कारगत क्रियाकलापमा पुन मगर समुदायले पुख्यौली नृत्य देखाउने चलन छ । सोरठी भाकामा गाइने गीतको तालमा मादले र मारुनीले समूहमा पुख्यौली नाच्छन् ।

मगर पोशाकमा सजिई कम्मरमा मादल भिरेर बजाउँदै नाच्नेलाई मादले र उनीहरुसँगै महिलाको कपडा तथा गहनामा सजिएर नाच्ने पुरुष कलाकारलाई मारुनी भनिन्छ । सोरठी गाउन र नाच्नका लागि करीब २० जनाको समूह आवश्यक पर्छ । पुराना पुस्ताका कलाकारको निधनसँगै पुस्ता हस्तान्तरण हुन नसक्नु, बसाइँसराइ र आधुनिकताको प्रभावका कारण पुख्यौली लोप हुने अवस्थामा पुगेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले करबाकेली र पुख्यौली संरक्षण तथा प्रवद्र्धनसँगै विश्वसम्पदा सूचीमा सूचीकृत गराउन संघीय सरकारसँग पहल गरिने बताउनुभयो । अध्यक्ष पुनले गाउँपालिकाको सहयोगमा करबाकेलीमा पुन समुदायको दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री संकलन गरेर संग्रहालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो । रासस

अपडेटः दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन

नवलपरासी । सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक  दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट-४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।  रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् । (अद्यावधिक गरिएको)

बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता

काठमाडौं । शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार विपद्‌मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ ।

झ्याप्लेको अवरुद्ध सडक सुचारु

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए। प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।  

प्रेस सेन्टर नेपाल कपिलबस्तुको अध्यक्षमा कार्की

कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाकाे छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले मनिस कार्कीको अध्यक्षतामा १५ सदस्य निर्विरोध समिति चयन भएको छ । जस्काे उपाध्यक्ष माधव बेल्बासे, भगवती न्यौपाने,सचिव पिताम्बर घिमिरे (हरी),सहसचिव सूर्य गुरूङ्ग, सहसचिव अजय शाहनी,कोषाध्यक्ष सहबाज खान लगायत अन्य सदस्यमा रहनु भएको छ । अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज रुद्रप्रसाद बञ्जाडेले पत्रकारको प्रेस सेन्टर सङगठनलाइ सुदृढ गर्दै सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो । समाज रुपान्तरणमा सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेकाले निशपक्ष र इमान्दार भएर काम गर्नुपर्नेमा जाेड दिनु भयाे । त्यस्तै माओवादी केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु बेलबासेले कपिलवस्तुको विकासको लागि सञ्चार माध्यमले शसक्त भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अनैतिक र अनियमित गतिविधि विरुद्ध बुलन्द आवाज उठाउन पनि आह्वान गर्नुभयो । प्रेस सेन्टर कपिलवस्तुका सस्थापक अध्यक्ष सिपि शर्माकाे नामबाट स्थापित युवा पुरस्कारबाट युवा जनपक्षीय पत्रकार मनिष गुप्ता सम्मानित हुनु भएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिह विश्वकर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य बसन्त गिरि, प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा कपिलवस्तुका इन्चार्ज डिलाराम भुसाल, प्रेस सेन्टरका प्रदेश समितिका सचिव चिन्ता परियार लगायत बाेल्नु भएको थियाे । प्रेस सेन्टर नेपाल कपिलवस्तुका शाखा अध्यक्ष अर्जुन बेलबासेकाे अध्यक्षता,उपाध्यक्ष भुपाल थापाको स्वागत मन्तव्यमा भएको कार्यक्रमकाे सञ्चालन सचिव माधव बेलबासेले गर्नु भएको थियाे ।

लोकप्रिय