पुत्र मोहले गर्भपतन बढ्दै
सुर्खेत, असार ६ । सामाजिक चेतनास्तरमा वृद्धि भए पनि शिक्षित परिवारका सदस्यहरू नै छोरा मोहबाट मुक्त हुन सकेका छैनन् । सहरभित्रकै अधिकांश परिवारमा छोरा मोहका कारण महिलाहरू बारम्बार गर्भपतन गर्न बाध्य छन् । पटकपटक गर्भपतन गराउँदा महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर देखिएको छ ।
वीरेन्द्रनगर निवासी डिला (नाम परिवर्तन) आठौं पटकसम्म गर्भवती हुनुभयो । धेरै पटक गर्भवती हुने उहाँको रहर भने होइन । परिवारले छोरा नै जन्माउन दबाब दिएपछि उहाँले आठांै पटकसम्म गर्भपतन गराउनुभयो । गर्भमा छोरी नै रहेको र परिवारले छोराको अपेक्षा गरेपछि उहाँ गर्भपतन गर्न बाध्य भए । परिवारले दबाब दिए पनि उनको गर्भबाट छोरा जन्मन भने सम्भव भएन ।
छोरोछोरी दुवै बराबर हुन् भन्ने डिलाको परिवारलाई राम्रो ज्ञान छ । चार छोरीलाई जन्म दिइसकेकी डिलाले गर्भपतन गराउन औषधि, बाख्राको पिसाब, कुबिन्डोको तरकारी र गहत खाएको बताए। ‘धेरैपटक गर्भपतन गराउँदा शारीरिक र मानसिक तनाव सहनुपर्यो’, उनले भने, ‘तर मैले छोरा जन्माउन सकिनँ, अहिले त अब आफैं शारीरिक रूपमा कमजोर भएको छु ।’ गर्भको लिंग पहिचान गरेर गर्भपतन गर्नु कानुनी अपराध हो तर छोराको मोहमा उनले आठ पटकसम्म गर्भपतन गर्नुपर्यो ।
जिल्लाको भेरीगंगा नगरपालिका निवासी माया (नाम परिवर्तन) ले छोराको आसमा पाँच छोरीलाई जन्म दिर्इन । छैटौंपटक गर्भवती भएकी मायाले गर्भमा छोरा भए नभएको जान्न नेपालगन्जमा जाँच गरिन । गर्भमा छोरी नै देखियो । उनले भनिन, ‘गर्भमा छोरी छ भन्ने थाहा पाएपछि गर्भपतन गरेर आएँ ।’ छोरा नभएपछि घरपरिवार र समाजले हेलाँ गर्ने गरेको दुखेसो पोखे ।
सुर्खेतकै रूपकला (नाम परिवर्तन) ले पनि छोराको चाहना पूरा गर्न तीनपटक लिंग पहिचान गरेर गर्भपतन गरार्इन । ‘मैले तीन पटकसम्म गर्भपतन गराएँ, छोरा नजन्मेपछि सबैले हेलाँ गर्छन् ।’
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका निमित्त मेडिकल सुपरिटेन्डेट डाक्टर डम्बर खड्का लिंग पहिचानपछि गरिने गर्भपतन बड्दो रहेको बताउछन् । औषधि सेवन गरेर गर्भपतन गर्दा महिलामा अझ समस्या हुने गरेको उनले बताए ।
‘विपन्नभन्दा हुनेखाने र अलि सम्पत्ति भएकाहरूले नै छोराको चाहाना राख्दछन्’, सिविन नेपालका जिल्ला बाल संरक्षण अधिकृत संगीता वलीले छोराको चाहाना बढी हुँदा यो समस्या आएको बताए । कानुन कार्यान्वयन नहुँदा यो समस्या बढेको उनको भनाइ छ ।
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।
काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने
काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।