पेलेर जाने रणनीतिमा देउवा, विवादबीच ३ पदाधिकारी मनोनयन

पेलेर जाने रणनीतिमा देउवा, विवादबीच ३ पदाधिकारी मनोनयन

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी भित्र पेलेर जाने संकेत देखाएका छन ।

पार्टीभित्रको विवादबीच उनले शुक्रबार तीन पदाधिकारी मनोनयन गरे । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षीय सदस्यहरूले भने विधान र परम्पराको प्रश्न उठाउँदै मनोनयन प्रक्रिया बहिष्कार गरेका छन् ।

कान्तिपुर दैनिकले यस बारेमा बिस्तृत समाचार प्रकाशित गरेको छ । पढौ समाचार:

सभापति देउवाले पार्टी विधानको धारा २१ को (घ) र तथा नियमावलीको १२ (१) बमोजिम उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशरण महतलाई मनोनयन गरेका हुन्। तीनै पदाधिकारी संसदो निर्वाचनमा पराजित हुन्।

निधि यसअघि महामन्त्री र खडका सहमहामन्त्री भइसकेका थिए। महत पदाधिकारीमा नयाँ अनुहार हुन्। सभापतिले बैठकमा प्रस्ताव राख्नासाथ बहुमतबाट पारित भएको घोषणा भएको थियो। सभापतिले गर्ने पदाधिकारी मनोनयन प्रस्तावलाई निर्वाचित केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था विधानमा छ। ६४ जनाको निर्वाचित कार्यसमिति खुमबहादुर खडकाको निधनपछि ६३ सदस्यीय छ। जसमा देउवाको सुविधाजनक बहुमत छ। पौडेल पक्षसँग भएको छलफलमा पदाधिकारी मनोनयन सर्वसम्मत बन्न नसकेपछि देउवाले पौने ६ बजे बैठक राखेर बहुमतबाट प्रस्ताव पारित गराएका हुन्।

पौडेल र सिटौला पक्षले भने विधानको व्यवस्था निलम्बन या बाधा अडकाउ नफुकाई पदाधिकारी मनोनयन गर्न नमिल्ने तर्क अघि सार्दै आएको छ। विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै पदाधिकारी मनोनयन गर्नुपर्ने व्यवस्था छ। देउवा १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएको दुई वर्ष बढी भइसकेको छ। विधानको व्यवस्था नफुकाई पदाधिकारी मनोनयन गर्न लागिएको भन्दै संस्थापनइतर पक्षले बैठक बहिष्कार गरेको हो। महामन्त्री शशांक कोइराला भने बहिष्कार नगरी प्रक्रियामा सामेल भएका थिए। त्यसअघि संस्थापनइतर पक्षको एक होटलमा भएको भेलामा सभापति देउवालाई विधानअनुसार अघि बढ्न आग्रह गर्ने र नमानेमा महामन्त्रीले पनि बैठक बहिष्कार गर्ने भनिएको थियो। त्यस भेलामा महामन्त्रीले सभापतिसँग भएको छलफलबारे जानकारी गराएका थिए। त्यसपछि पनि सहमतिका लागि देउवा र पौडेल, कोइराला र देउवाबीच पटक–पटक पार्टी केन्द्रीय कार्यालयमै छलफल भएको थियो।

समझदारी नजुटेपछि पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य महेश आचार्यले आफ्ना भनाइ राखेर बैठक बहिष्कार गरेका थिए। कोषाध्यक्ष सीता यादवसहित पौडेल र सिटौला पक्षीय अन्य सदस्य भने बैठकमा उपस्थित भएनन्। आचार्यले उपस्थितिमा हस्ताक्षर गरेका छन् भने सिंहले गरेनन्। यसअघि पौडेलपक्षमा रहेका केन्द्रीय सदस्य आनन्द ढुंगानाले भने पदाधिकारी मनोनयनको समर्थन गरेका छन्।

सिंहले पदाधिकारी मनोनयन गर्न डाकिएको बैठक नै अवैधानिक रहेको प्रतिक्रिया दिए। ‘अवैधानिक बैठकले गरेको निर्णय हामी मान्दैनौं,’ बैठकपछि सिंहले भने, ‘सभापति देउवाका अवैधानिक कदमको कडा प्रतिवाद गर्दै पार्टी सुधारका लागि हामी अझै संघर्ष गर्छौं।’ आचार्यले बैठकमै सभापति देउवालाई बारम्बार पुनर्विचार गर्न आग्रह गरे। ‘आफैंभित्रको विग्रहका कारण पार्टी फुटिसकेको इतिहास छ। फेरि त्यही बाटोमा नजाओस् भन्नका लागि पनि तपाईंले पुनर्विचार गर्नुपर्छ,’ आचार्यको भनाइ थियो, ‘त्यसो नगर्ने हो भने यो प्रक्रियामा मेरो असहमति छ।’ उनले लिखित रूपमा आफ्नो दृष्टिकोणसमेत प्रस्तुत गरी बैठक बहिष्कार गरेका थिए।

विधानविपरीत पार्टी सञ्चालन गर्न खोजेको भन्दै पौडेल र सिटौला सभापति देउवासँग आक्रोशित बनेका छन्। ‘सभापतिले पार्टीलाई एकलौटी रूपमा कब्जा गर्ने बाटो समात्नुभएको छ। उहाँको कार्यशैलीबाट हामी धेरै साथी गम्भीर र चिन्तित छौं,’ सिटौलाले कान्तिपुरसँग भने, ‘निर्वाचन समीक्षा बैठकको निर्णय गर्दा पनि बहुमतबाट गराउनुभयो। अहिले विधान मिचेर पदाधिकारी मनोनयन गर्नुभएको छ। शेरबहादुरजी पार्टी सञ्चालनमा विधान, परम्परा, समझदारी र एकताविपरीत जानुभएको छ र यसले पार्टीभित्र थप क्षति पुर्‍याएको छ।’ सिटौलाले देउवाले पेलेरै पार्टी कब्जा गर्न खोजे पनि नयाँ ऊर्जा दिन नसक्ने भन्दै यसविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल हुने बताए।

विधानविपरीत गठन भएका संसदीय समिति विघटन र केन्द्रीय कार्यसम्पादन समिति पुनर्गठन गर्ने घोषणा गरेलगत्तै देउवाले विधान संशोधन नै नगरी पदाधिकारी मनोनयन गरेपछि कांग्रेसभित्रको विवाद थप चुलिएको छ। तत्कालीन सभापति सुशील कोइरालाले पनि २ वर्ष ६ महिनामा सहमहामन्त्री र विभाग गठन गरेको नजिरका आधारमा विधानको बाधा अडकाउ फुकाउन अटेर गर्दै देउवाले पदाधिकारी मनोनयन अघि बढाएका थिए। ‘हिजो सबैले विधानलाई आफ्नो सुविधाअनुसार प्रयोग गरेका हुन्। तर आजको दिनमा सबै समस्याको समाधान विधानभित्रै खोज्ने सहमतिका आधारमा संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति विघटन भएको हो,’ केन्द्रीय सदस्य गगन थापाले भने, ‘विधानको प्रावधान नसच्चाई पदाधिकारी मनोनयन गर्नु अवैधानिक मात्रै छैन पार्टीलाई विधि र विधानविपरीतको बाटोमा डोर्‍याउने गलत अभ्यास सुरु भएको छ।’

पदाधिकारी मनोनयनका लागि देउवाले १७ वैशाखमै बैठक बोलाएका थिए। तर, पौडेलपक्षसँग सहमति जुटाउने भन्दै शुक्रबारका लागि बैठक सारिएको हो। पौडेलपक्षको अर्को चासो सहमहामन्त्रीमा थियो। विधानको प्रावधान सच्याउनुपर्ने र परम्पराअनुसार सहमहामन्त्री आफूहरूले पाउनुपर्ने माग पौडेलको थियो। देउवाले सहमहामन्त्री पौडेलपक्षलाई दिँदा पदाधिकारी बैठकमा आफू अल्पमतमा परिने भन्दै अस्वीकार गरे। पार्टीमा पदाधिकारी हैसियतमा ६ जना पदाधिकारी र एक वरिष्ठ नेतासमेत पर्छन्। पौडेल पक्षलाई सहमहामन्त्री दिंदा देउवा पदाधिकारीमा अल्पमतमा पर्थे। तत्कालीन सभापति सुशील कोइरालाले सहमहामन्त्री देउवा पक्षलाई दिएका आधारमा पौडेल पक्षले सहमहामन्त्रीको दाबी गर्दै आएको थियो।

केन्द्रीय सदस्य प्रदीप पौडेलले विधानविपरीतका समिति विघटन भइसकेको अवस्थामा सभापतिले विधान मिचेर पदाधिकारी मनोनयन गर्नु दुर्भाग्य भएको बताए। पौडेलले भने, ‘यसले सहमति र एकताका आधारमा अघि बढ्ने वातावरण खलबलियो र पार्टीले जुन सन्देश दिनुपर्दथ्यो त्यो पनि दिन सकेन।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो

काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । 'बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ,' प्रवक्ता तिवारीले भने । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् । बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।

आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड

काठमाडौं, १९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको भेटघाट तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गर्दै उहाँले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो । आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने बताउनुभयो। पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले देशब्यापीरुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने बताउनुभयो । पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै उहाँले जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताउनुभयो । जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उहाँले अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको बताउनुभयो ।   सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी दिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो वर्ष दसैं तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेको उल्लेख गर्दै उहाँले मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताको साथमा रहेर जनताको पक्षमा आन्दोलनको नेतृत्व गर्नु भएको बताउनुभयो । जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विनाशकारी भूकम्पको बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयनको बेलामा सत्तापक्ष र बिपक्षको आँखाले नहेरी पुनर्निर्माण, संविधान निर्माण र कार्यान्वयनको कुशलतापूर्वक नेतृत्व गरेकाले पनि माओवादी केन्द्र र यसको नेतृत्वप्रति जनताको विश्वास रहेको बताउनुभयो । सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, समाजवाद निर्माणको पक्षमा पार्टीले नयाँ संकल्प गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उहाँले जनताका अधिकार सुदृढ गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको र त्यसको वैचारिक, सांगठनिक र सांस्कृतिक नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभयो । पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले माओवादी केन्द्रको नेतृत्व र विचारलाई फेरि एकपटक साथ दिन जनता तयार हुँदै गएको बताउनुभयो । देशभित्र मात्र होइन, इटलीको खाद्य सम्मेलन, संयुक्त राष्टसंघको महासभा र कोप २८ सम्म सरकारको नेतृत्वको रुपमा माओवादी केन्द्रको नेतृत्व गरेको कुशल नेतृत्व तथा भारत र चीनसँग निर्वाचन गरेको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदायसामु ऐतिहासिक रुपमा स्थापित भएको बताउनुभयो ।  कार्यक्रममा पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिंगो केन्द्रीय समिति अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द र एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले संगठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताउनुभयो । उहाँले सबै दलका नेताहरुको विवेक र चेतनाको परीक्षण भएको उल्लेख गर्दै आफ्नो पार्टी सबैभन्दा अग्रगामी र परिवर्तनकारी भएकाले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्ने बताउनुभयो ।  

दाउन्नेमा एकतर्फी यातायात खुल्यो

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी खुलेको छ। बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो। सडकको मर्मतपछि  आज बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।  उनले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताए। तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए। 

पूर्वपश्चिम राजमार्गको यात्रामा निरन्तरको चुनौती बन्दै दाउन्ने

नवलपरासी । नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रबार साँझ करिब २० फिट लम्बाइ र ५ फिट चौडा सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने–जाने सवारी रोकिएका छ्न् । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन लाइनमा रहेका छन् । प्रहरीले अझै सडक सुचारु हुन केही समय लाग्ने बताएको छ । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ । चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ ।

लोकप्रिय