प्रचण्ड रुपन्देहीमा, यस्ता छन् कार्यक्रम

प्रचण्ड रुपन्देहीमा, यस्ता छन् कार्यक्रम

काठमाडौँ, पुस २२ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड आज बुटवलमा हुने दुई कार्यक्रममा सहभागी हुने बताइएको छ ।

बरिष्ठ पत्रकार कर्णबहादुर कार्कीले प्रकाशित गरेको पाक्षिक म्यागाजिन लोक अभियानको विमोचनका लागि अध्यक्ष प्रचण्ड आज बुटवल आउन लागेका हुन् ।

पार्टी अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता तथा जनप्रतिनिधि भैरहवा विमानस्थल पुगेका छन् ।

विमोचन कार्यक्रमपश्चात पार्टी अगुवा कार्यकर्तासँग भेटघाट तथा सम्बोधनको कार्यक्रम तय भएको छ ।

त्यस्तै २ बजेपश्चात बुटवलस्थित पुष्पलाल स्मृति भवन अर्थात प्रदेश कार्यालयमा अगुवा कार्यकर्ता भेला राखिएको छ र भेला सकिएसँगै अध्यक्ष प्रचण्ड साँझनै बुद्ध एयरमार्फत काठमाडौ फर्कर्ने जनाएको छ ।

बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम नाम सर्वसम्मतले अनुमोदन गरेको हो । बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाइ गरेको थियो। उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।

आज काग तिहार

काठमाडौं । आज काग तिहार । घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको छ । काग करायो भने केही सन्देश या पाहुना आउने मान्यता रहेको छ ।  आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने हिन्दुहरुमा चलन रहि आएको छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धार्मिक क्षेत्रका विद्धानहरु बताउछन् ।

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमानी

काठमाडौं । सुनको मूल्य आज पनि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि मंगलबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २१२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट लिनेको लाइन

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट कन्नेहरुको बिहानैदेखि लाइनामा बसेर टिकट किनिरहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरेको हो । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ । एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ। एन्फाले अनलाइनबाट टिकट बिक्री नगरी प्रत्यक्ष भौतिक रुपबाट मात्रै टिकट किन्न पाइने व्यवस्था गरेकाले टिकट काट्नेहरुको लामो लाइन लागेको हो । यसअघि अनलाइन टिकट लिइसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।जसका कारण खेलप्रेमीहरुले अनावश्यक दुःख पाएका छन ।

लोकप्रिय