एमाले–मधेशी दलले राष्टवादको नाममा नश्ल र पृथकतावादको अभ्यास गर्न खोज्दैछन्- प्रचण्ड
सुर्खेत, भदौं ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ नं. प्रदेशलाई ब्यालेटको लडाईमा आधार ईलाका भएको बताउर्दै जितेका नगर र गाउँपालिकामा नमूना काम गर्नु पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन ।
पार्टी केन्द्रको ध्यान ६ नम्वर प्रदेशमा केन्द्रित भएको बताउदैं अध्यक्ष प्रचण्डले सरकारले पनि ६ नं. प्रदेशलाई प्राथमिकता दिइएको बताए । उनले भने, ‘तपाईहरुले यस क्षेत्रमा राम्रो भूमिका खेल्नुभएको छ। ६ नम्वर प्रदेश ब्यालेटको लडाईमा आधार ईलाका भएको छ। तपाईहरुले जितेका नगरपालिका र गाउँपालिकामा नमूना काम गर्नुस्। ६ नम्वर प्रदेशमा माओवादीको प्रादेशिक सरकार बन्छ, त्यसको तयारीमा लाग्नुस्।’
प्रचण्डलृे मधेश माओवादीमय बन्दैछ गएको दावी गरे । मधेशको पक्षमा लड्ने शक्ति माओवादी नै हो भन्ने कुरा जनताले बिस्तारै बुझ्दै गएकाउनले बताए । मधेशमा थुप्रै बुद्धिजीवी र नेताहरु माओवादीप्रति आकर्षित हुँदै भएको पनि उनको दावी छ ।
‘वर्गसङ्घर्ष अहिले ब्यालेटमा छ, त्यसको मूख्य केन्द्रबिन्दु ६ नम्वर प्रदेशनै हो। हामीले यसलाई शक्तिशाली बनाएर जानुपर्छ। त्यसको ठोस योजना बनाउनुस्,’ अध्यक्ष प्रचण्डले भने,‘ संगठन बाहेक क्रान्तिकारी पार्टीको अर्को कुनै हतियार छैन। संगठन नै हाम्रो मूख्य शक्ति हो, यसले बुर्जुवा वर्गलाई परास्त गर्न सकिन्छ। संगठनको बलले नै ब्यालेटको लडाई जितिन्छ।’
संगठन बनाउने भनेको जनकार्य गर्नु भएको उनले बताए । माओवादी सामाजिक चरित्रको हुन सकेन। प्रचण्डले भने, ‘माओवादीका नेता कार्यकर्ता बिहेमा जन्त जाँदैन, मर्दा मलामी जाँदैनन्, अप्ठ्यारो पर्दा भेट्दैनन्, जनताका गुनासा सुन्दैनन् भन्ने गुनासो छ। यसलाई हामीले सच्चाउनै पर्छ। सामाजिक छवि र चरित्र बनाउनु पर्छ।’
माओवादीले पार्टीको लक्ष्य जनतालाई बुझाउन नसकेको बताउदै त्यसलाई सच्याउन पनि उनले आग्रह गरे । उनले भने, ‘जनतासँग बन्दुकले लडेर हुँदैन, मन जित्न सक्नुपर्छ। जनताको काम नगर्ने र जनतालाई दोष दिनु हुँदैन।’
आफ्नो नेतृत्वको सरकारका १० महिनामा सम्पूर्ण शक्ति देशका लागि खर्च गरेको उनले बताए । उनले भने, ‘त्यो बेला देशले ठूलै परिणाम पायो। लोडसेडिङ हट्यो, आर्थिक विकास ह्वात्तै बढ्यो, संविधान कार्यान्वयन भयो, स्थानीय तह बन्यो, छिमेकीसँग सन्तुलित सम्बन्ध बन्यो। स्थानीय चुनाव भयो। यो सामान्य मेहेनतले भएको कुरा होइन।’
विकास र समृद्धिमा पनि माओवादी नै अब्बल भएको उनले बताए । यो देशको राजनीतिक र आर्थिक विकासमा माओवादी मात्रै सक्षम छ। अरु कुनै पनि पार्टीले राजनीतिको नेतृत्व गर्न पनि सक्दैनन्, विकास पनि गर्न सक्दैनन्। देश माओवादी बाहेक अरुले सम्हाल्न नसक्ने पनि प्रचण्डले बताए ।
अन्य पार्टीलाई व्यंग्य गर्दै उनले भने महिला, दलित, जनजाति नेता भएको कांग्रेस एमालेलाई मन परेको छैन। उनीहरु महिला, दलित, जनजाति, मधेशी, मुस्लिमलाई मान्छे नै ठान्दैनन्। हामीले एकात्मक सत्ता ढलायौ। कांग्रेस एमालेले दोस्रो दर्जाका नागरिक बनाएका जनतालाई नेता बनायौ। मन्त्री र सांसद बनायौ। यो उनीहरुलाई मन पर्ने कुरै नभएको उनको दावी छ ।
अध्यक्ष प्रचण्डले भने, ‘उत्पीडितहरुको मुद्दा, संघीयता, पहिचानको मुद्दा क्रान्तिकारीहरुको हातबाट फुत्किएर बुर्जुवाहरुको हातमा गयो भने त्यसलाई गलत ढंगले प्रयोग गरिन्छ। अहिले एमाले र मधेशी नेताहरु त्यही गरिरहेका छन्। अहिले उनीहरु जाति जाति लडाएर नश्लवादमा लैजाने र अन्तिममा फासीवादको अभ्यास गर्ने तयारीमा छन्।’
माओवादीले जनयुद्धमा जातीय, क्षेत्रीय मुक्ति मोर्चा बनाए पनि जाति जाति बीच लडाई नभएको उनले बताए । त्यसले बरु बलियो एकता थियो, सद्भाव कायम गरेका उनको दावी छ ।
‘एमाले पहाडमा राष्ट्रवादको नारा बोकेर नश्लवादको अभ्यास गर्दैछ। मधेशी दलहरु मधेशी राष्ट्रवादको नाममा पृथकतावादको अभ्यास गर्न खोज्दैछन्।’ प्रचण्डले भने, ‘हिमाल, पहाड, तराई-मधेशलाई जोड्ने, राष्ट्रिय एकता बलियो बनाउने माओवादी कसरी लम्पसारवादी ? हामीले देशको हित बिपरित कुनै निर्णय गरेका छौ ? हामीले कुनै राष्ट्रघाति सन्धि सम्झौता गरेका छौ ? सबै जाति क्षेत्रलाई बराबरीको अधिकार दिनुपर्छ भन्दा हामी कसरी लम्पसारवादी ?जनतामाथि भयानक भ्रम छर्न खोजिएको छ। यो देशमा राष्ट्रवादी र राष्ट्रिय एकता चाहने शक्ति माओवादी मात्रै हो, अरु पार्टी छैनन्। बरु उनीहरु आफ्ना अपराध लुकाउन जनता झुक्काई राखेका छन्।’
संविधान सभाको चनाबमा माओवादी तेस्रो पार्टी भएपनि संविधान आफूहरुले बनाएको उनले बताए । उनले भने, ‘संविधान कार्यान्वयन पनि हाम्रै कारणले भयो। जो गणतन्त्र विरोधी थिए, उनीहरुलाई गणतन्त्रको के माया, संघीयताको के माया, संविधानको के माया रु उनीहरु त भाँड्न मात्र चाहन्छन्।’
प्राप्त परिर्बतनलाई रक्षा गर्दै बाँकी परिबर्तनका लाीइ सबै माओवादी एक हुनुको बिकल्प नभएको बताउदै उनले भने, ‘वैद्यजी पनि कुनै लाज नमानी माओवादी केन्द्रमै आउनुपर्छ, विप्लवजी पनि अन्त जाने ठाउँ छैन। बाबुरामजी पनि भौतारिनु पर्दैन, दक्षिणपन्थीहरुसँग एकताको गुहार गर्नुभन्दा माओवादीमै आउनु राम्रो हुन्छ। त्यसैले आग्रह छोडेर सबै माओवादीहरु एक ठाउँमा आउनैपर्छ।’
माओवादी केन्द्र संसदवादी नभएको तर अहिलेको संसद, संविधान हो, सरकार आफूहरुले बनाएको उनले बताए । आफूले बनाएको यी संस्थाबाट भागेर माओवादीलाई फाइदा नहुने उनको दावी छ । प्रचण्डले वैद्य र विप्लवजीलाई यो कुरा यथार्थतालाई बुझ्नु पनि आग्रह गरे । उनले भने जनताले तपाईहरुको सोच अस्विकार गरे, अब यतै आउनुपर्छ। सबैले संस्थागत पहल गर्यौ भने सबै आउनु हुन्छ।
अहिले नेपालमा अभ्यासमा रहेको निर्वाचन प्रणाली निकै खर्चिलो भएको उनले बताए । यो निर्वाचन प्रणालीमा मध्यम वर्गले वा पैसा नहुनेले चुनाव जित्नै नसक्ने तर भ्रष्ट र दलालहरुले मात्र चुनाव जित्ने उनले बताए । माओवादी पैसाकै लागि दलालहरुको मतियार हुन नसक्ने बताउदै अहिले निर्वाचन प्रणाली बदलेर पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अप्नाउनु पर्ने उनले बताए ।
देशको राजनीतिक अस्थिरताले आफुलाई अत्यन्तै चिन्तित तुल्याएको उनले बताए । राजनीतिक अस्थिरताले देशको विकास नहुने बताउदै देशलाई स्थिरता र आर्थिक समृद्धि हासिल गर्न जनताले राष्ट्र प्रमूख चुन्न पाउनुपर्छ उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘जनताले प्रधानमन्त्री राष्ट्रपति चुन्न किन नपाउने ? हामीलाई देशको चिन्ता छ भने जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतिमा सबै पार्टी सहमत हुनुपर्छ।
बालेनको कटाक्ष -'टुँडिखेल र खुल्लामन्च पनि एमाले-कांग्रेसका कार्यकर्तालाई दिने अध्यादेश पास भएछ'
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी भएकोमा सत्तारू दल एमाले र कांग्रेसप्रति तिव्र असन्तुष्टि जनाएका छन्। राष्ट्रपतिले भूमि सम्बन्धी अध्यादेश जारी गरेको केही समयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बालेनले असन्तुष्टि जनाएका हुन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’ यसअघि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्न अस्वीकार गरेका थिए । तर राष्ट्रपति पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश प्रधानमन्त्रीको अनुरोधमा जारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सच्याउने प्रतिबद्धता जनाएपछि राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन्।
देउवाले किन बोलाए कांग्रेसका मन्त्रीहरु बुढानीलकण्ठ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई आज बुढानीलकण्ठस्थित निवास बोलाएका छन् । मन्त्रीहरुसँग सामूहिक छलफल गर्न उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका हुन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । सोही तालिका अनुसार देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको बताइएको छ । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।
समाजवादी मोर्चाले माघ १६ गते वृहत कार्यक्रम गर्ने
काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए । कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए । ‘ओली सरकारले ल्याएको अध्यादेशबारे गम्भीर छलफल भएको छ । जननिर्वाचित संसद् छ । तर सरकारले संसद् छलेर भटाभट अध्यादेश ल्याएको छ । यसबारे गम्भीर छलफल भएको छ’, उनले भने । आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर पछिल्लो समय अगाडि बढाउन गति धिमा भयोबारे समीक्षा भएको उनले बताए ।
सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको तयारी
काठमाडौं । सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षी पाँच दलको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी दिए । ‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ । ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने । बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।