प्रचण्ड/ओली र महरा/देउवा नजिकिँदै किँन ?

प्रचण्ड/ओली र महरा/देउवा नजिकिँदै किँन ?

नेपालका प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा आफ्नो देशको परराष्ट्र मामिलाबारे विपक्षी दलसँग पनि छलफल र समझदारी कायम गर्नुपर्ने हो । तर, देउवा नेतृत्वको सरकार यति साह्रो असावधान देखियो कि स्वयं सत्तारुढ दलभित्रै आपसी छलफल र समझदारी भएको पाइएन ।९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमै छन् । उनले विहीबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोलेको कुरालाई लिएर विपक्षी दलले त आलोचना गर्ने नै भयो, स्वयं सत्तारुढ दल माओवादीका शीर्षनेताहरुले समेत देउवाको सार्वजनिक आलोचना सुरु गरेका छन् ।

प्रधानमन्त्री देउवाको अभिव्यक्तिलाई लिएर पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलका नेताले जस्तै गरी आपत्ति जनाएका छन् । प्रधानमन्त्री देउवाले भारतमा गएर संविधान संशोधन गर्छु भनेको कुराप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले शुक्रबार सुर्खेत पुगेर भने- ‘भर्खरै संविधान संशोधन विधेयक फेल भएको छ, अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो, यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।

सत्तारुढ दल माओवादीका अर्का शीर्ष नेता एवं पूर्वपराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि ट्विटमार्फत भनेका छन्- ‘देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संविधानका बारेमा बोल्नुभएको कुराले नेपाल र नेपालीको अपमान भएको छ । प्रमलाई थाहा छ, के बोल्नुभयो ?’

देउवाले मोदी सँगको पत्रकार सम्मेलनमा हाम्रो संबिधानका बारेमा बोल्नु भएको कुराले नेपाल र नेपालीकोअपमान गरेको छ।प्रमलाई थाहा छ के बोल्नुभो?

प्रधानमन्त्रीले भारतमा गएर बोलेको विषयमा विपक्षी दलका नेता केपी शर्मा ओलीले कडा शब्दमा आपत्ति जनाइसकेका छन् । उपचारका लागि बैंकक जान लागेका पूर्वप्रधानमन्त्री ओलीले शुक्रबार अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग भने- ‘उहाँ (देउवा)को अभिव्यक्तिले देशकै शीर निहुरिएको छ, संसदले गरेको फैसलालाई धज्जी उडाउनुभएको छ । गिडगिडाएर क्षमा याचनाको भाषामा भन्नुभएको छ, प्रभु, मैले कोशिश गरेको थिएँ, तर सकिनँ ।’

परराष्ट्रमन्त्रीको निरीहता

मुलुकको परराष्ट्र मन्त्रालयको नेतृत्व माओवादी नेताले सम्हालेका छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा परराष्ट्र मन्त्रालय चलिरहेको छ र उनी स्वयं पनि हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाको भाषणका पहिलो लहरका स्रोता हुन् ।

स्वयं माओवादीका नेता एवं उपप्रधान तथा पराराष्ट्र मन्त्रीसमेतको सहभागितामा भएको भ्रमणबारे प्रचण्ड र नारायणकाजी श्रेष्ठले सार्वजनिकरुपमै असन्तुष्टि जनाउनु आफैंमा विरोधाभाषपूर्ण देखिन्छ ।

भारतमा नेपालका प्रधानमन्त्रीले बोलेको विषयमा माओवादी नेताले असन्तुष्टि जनाए पनि परराष्ट्रमन्त्री महराले चाहिँ एउटा अनलाइनलाई दिएको अन्तरवार्तामा ‘संविधान संशोधन असफल भए पनि कोशिस जारी रहने’ भन्दै देउवाको भनाइको बचाउ गर्ने प्रयास गरेका छन् ।

प्रधानमन्त्रीले औपचारिक पत्रकार सम्मेलनमा बोलेको विषयमा परराष्ट्र मन्त्रालय पनि नैतिक र संस्थागत दुबै हिसाबले जवाफदेही हुन्छ । यो अवस्थामा माओवादी नेता महरा पनि यसमा जिम्मेवार नहुने कुरै भएन । तर, देउवाका अगाडि महरा निरीह एवं फड्के किनाराका साक्षीजस्तै देखिएका छन् ।

यो गठबन्धन सरकार हो कि एकमना ?

कांग्रेस नेतृत्वको सरकारले परराष्ट्र मामिलामा सत्तापक्ष र विपक्षको सहमतिविनै जथाभावी अभिव्यक्ति दिँदै जाने हो भने यसबाट स्वाभाविक रुपमा प्रश्न उठ्छ कि यो सरकारले गठबन्धन संस्कृति अनुसार चलिरहेको छ या एकमना सरकारका रुपमा अघि बढिरहेको छ ?

यसबाट अर्को प्रश्न पनि उब्जन्छ, सत्ता गठबन्धनका पार्टनर प्रचण्ड आखिर शेरबहादुर देउवाका सहयात्री हुन् या फड्के किनाराका साक्षीमात्रै हुन् ?

कांग्रेसले जवाफ दिने कि माओवादीले ?

भारत भ्रमणका बेला मोदी प्रशासनले परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई उपेक्षा गरेको चर्चा चल्यो । भ्रमणको दोस्रो दिन देउवा र मोदीवीच करिब आधा घण्टा ‘वान टु वान’ वार्ता हुने भनिएको थियो । तर, उक्त वार्तामा दुबै देशका परराष्ट्र मन्त्री र राजदूतहरुलाई पनि राखिनुपर्ने परराष्ट्र मन्त्री महराको जोड थियो भन्ने समाचार बाहिर आयो ।

अन्ततः मन्त्री महराको यही मागलाई ‘क्रस’ गर्न मोदीले देउवालाई बुधबार नै ‘चिया पिउन’ बोलाएको बुझाइ नेपाली भ्रमण दलका सदस्यहरुको छ ।

तर, परराष्ट्र मन्त्री महरा यो कुरा स्वीकार गर्दैनन् । उनका अनुसार बुधबार सल्लाह अनुसार नै देउवा मोदीलाई भेट्न गएका हुन् । भ्रमण दलका एकजना भित्रियाले दिएको जानकारी अनुसार बुधबार मोदीलाई भेट्न जानुपूर्व प्रधानमन्त्री र उपप्रधानमन्त्रीवीच आपसी कुराकानी भएको थियो ।

तथापि महरालाई ‘बाइपास’ गर्न बुधबार मोदीले देउवालाई भेटेको भन्ने आशंकालाई नै बढावा दिने गरी विहीबार हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्री, विदेशमन्त्री र राजदूतसमेत बसेर सामुहिक मिटिङ भयो । त्यहाँ के-के कुरा भएको थियो भन्नेबारेमा माओवादी नेता महरा पनि पूर्णरुपमा जानकार छन् ।

यही पृष्ठभूमिमा प्रधानमन्त्री देउवाले संविधान संशोधनका विषयमा संयुक्त पत्रकार सम्मेलनमा बोलेको विषय प्रधानमन्त्रीको व्यक्तिगत विषय हो या संयुक्त सरकारका उपप्रधानमन्त्रीको पनि यसमा सहभागिता र संलग्नता छ ? यो प्रश्नको जवाफ या त कांग्रेसले दिनुपर्ने हुन्छ, या त माओवादीले ।

अन्यथा, माओवादीकै नेतासमेत रहेका परराष्ट्रमन्त्री महराले देउवाको अभिव्यक्तिको बचाउ, गर्दै जाने अनि प्रचण्ड र नारायणकाजीले चाहिँ केपी ओलीकै भाषामा देउवाको आलोचना गर्ने हो भने यसले माओवादीमाथि समेत प्रश्न उठ्नु स्वाभाविक हुन्छ । अनलाइनखबरबाट

माओवादी केन्द्रको बैठकः दोस्रो दिन ८० जनाले राखे धारणा

काठमाडौं । कपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने बताएका छन् । काठमाडौंमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफलका क्रममा उनीहरूले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर आएको बताएका हुन् । उनीहरू सरकारबाहिर रहँदाको खाली समयमा पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सोमबारको बैठकमा पार्टी महाधिवेशनको मितिसहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांश नेताहरूले जोड दिएका छन् । उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेकाले स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए । बैठकमा १८० जनाले बोल्न नाम टिपाएको थिए । दोश्रो दिन ८० जनाले धारणा राखे । बैठक मंगलबार बिहान ११ बजेसम्मलाई स्थगित भएको प्रवक्ता सापकोटाले बताएका छन् ।

माओवादी केन्द्र केन्द्रीय समिति बैठकः आजदेखि राजनीतिक प्रस्तावमाथि छलफल

काठमाडौं । हिजोदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठकमा आजदेखि राजनीतिक प्रस्तावमाथि छलफल सुरु हुने छ ।  हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । आज ११ बजेदेखि सुरु हुने दोस्रो दिनको बैठकमा छलफल सुरु हुने महासचिव देब गुरुङले जानकारी दिनुभयो । बोल्न चाहने जति बैठकमा सहभागीहरुले बोल्न पाउने छन् र सबैका लागि तीन मिनेटको समय तोकिएको छ । हिजो अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले सरकारमा रहँदा पार्टीले भ्रष्टाचारविरुद्धको अभियान लगायतका विषयमा लिएका सकारात्मक पहल एवं सरकारबाट बाहिरिदै गर्दा गम्भीर आत्मसमीक्षासहित उत्पीडित वर्ग समुदायलाई गरिएको अपिलको परिणाम आज पार्टीप्रति जनतामा नयाँ आशा पलाएको संश्लेषण सुनाउनुभएको थियो । जनतामा पलाएको यो आशा पार्टीका लागि चुनौती र एउटा अवसर बनेर अगाडि आएको उल्लेख गर्दै उहाँले बैठकले रुपान्तरण र पुनर्निर्माणको ठोस योजनासहित कार्यान्वयनको नयाँ सङ्कल्प लिन जरुरी रहेको बताउनुभएको थियो ।  उहाँले यो विशेष परिस्थितिमा पार्टी एकतालाई सुदृढ गर्नु, जनताका बीचमा गएर अभियानात्मकरुपले जनपरिचालनलाई नयाँ उचाईमा उठाउनु, संगठनलाई यथास्थितिबाट झिकेर अगाडि बढाउनु तथा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानलाई निरन्तर अगाडि बढाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै अन्ततः आगामी महाधिवेशनमा पार्टीले गर्ने नयाँ वैचारिक संश्लेषणले नै सबै कुराको निधो गर्ने स्पष्ट गर्नुभएको थियो ।

माओवादी केन्द्र केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि काठमाडौंमा सुरु हुँदै छ । बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । त्यसको तयारीका लागि अहिले स्थायी समिति बैठक बसिरहेको छ । आज दिउँसो सुरु हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीको समेत सहभागिता रहनेछ ।   

युवा नेता न्यौपानेको प्रश्नः कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले विभिन्न सञ्चारमाध्यमले नुवाकोटको शेरादरबारमा तथ्यहिनरुपमा पार्टी अध्यक्ष प्रचण्डलाई जोडेमा आपत्ति जनाउँदै धमिलो पानीमा माछा मार्ने षड्यन्त्र नगर्न चेतावनी दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा बुँदागतरुपमा नै चिरफार गर्दै भन्नुभएको छ– ‘विभिन्न सञ्चार माध्यम र खासगरी लोकान्तरले प्रचण्ड कानूनी रुपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खोजेको ?’ प्रस्तुत छ न्यौपानले गर्नुभएको शेरादरबारको चिरफारः १. विभिन्न सञ्चार माध्यम र खासगरी लोकान्तरले प्रचण्ड कानूनी रुपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खोजेको ? २. कुनै तथ्य र प्रमाणविना कथा बनाएर मरिसकेको मान्छे (सीता दाहाल) ले पैसा दिएको भनेर आरोपित गर्नु कतैबाट पनि मिल्ने कुरा होइन । ३. गडबडी बरु कहाँबाट भएको देखिन्छ भने जग्गामा हदबन्दी लागेपछि १९ रोपनी छाडेर बाँकी १८१ रोपनी जग्गा ट्रष्ट गुठीमा नल्याई कम्पनीमा लैजाने प्रकृयामा हो ।  ४. स्वकीय सचिव भएकोबेला (२०६७÷०६८) मा विकेश श्रेष्ठले प्रचण्डको नाम भजाँएर वा शक्तिको दुरुपयोग गरि उक्त कम्पनीमा छिरेको भन्न सकिएला तर उक्त कम्पनीको जग्गा लिने उनी प्रथम व्यक्ति होइन भन्ने विषय पनि तलको लेनदेनको प्रक्रियामा प्रष्ट देखिन्छ । यद्यपि उनले गैरकानुनी रुपमा जग्गा र कम्पनी हत्याएका हुन् भने उनलाई कारवाहीको दायरामा ल्याउन पर्दैन कसले भन्छ ? ५. त्यसयता क. तत्कालीन अधिराजकुमार हेलेन शाह र विजया राज्यलक्ष्मी शाहीले २०२७ सालमा जग्गा खरिद गरेको । ख. जग्गामा  हदबन्दी लागेपछि १८१ रोपनी जग्गा गौरीशंकर कृषि फार्म (कम्पनी) मा लगेको । ग. २०३६ सालमा उक्त कम्पनी अन्नापूर्ण फार्मिङमा बदलिएको । घ. २०५२ सालमा नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठलाई हेलेन र विजयाले बिक्री गरेको । ङ. २०५५ सालमा सजनी प्रधान, सोहिनी श्रेष्ठ र ध्रुवलाल सेरधनी भएर कम्पनीमा छिरेको । च. २०७२ सालमा विकेश श्रेष्ठ र अजय सूर्यवंशी कम्पनीको सेर किनी छिरेको । छ. २०८० सालमा उक्त कम्पनीको सबै सेर विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठको नाममा आएको वा उनीहरुले किनेको देखिन्छ । फेरि माओवादी, फेरि माओवादी अध्यक्ष प्रचण्ड किन भनेको ? न कानुनी न त व्यावहारिक ढंगले कतै नभएको र नभेटिएको विषय फर्जी आरोप भएन र ?

लोकप्रिय