प्रचण्डलाई जिताउन चितवनमा चुनाबी अभियान सुरु

प्रचण्डलाई जिताउन चितवनमा चुनाबी अभियान सुरु

चितवन, कार्तिक १ । नेकपा माओवादी केन्द्र चितवनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउनका लागि चुनावी अभियान सुरु गरेको छ ।

गएको भदौ २३ नै अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उठ्ने घोषणा थिए ।

तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र नं. १ मा ईश्वरी भट्टराई, २ मा नारायण दाहाल र ३ मा सूर्य सुवेदी ‘पथिक’ को संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।

निर्वाचन परिचालन समितिको संयोजकमा पार्टीका केन्द्रीय नेता अमिक शेरचन रहेका छन् । तीनवटै क्षेत्रमा पनि समिति गठन भएको छ । पार्टी अध्यक्ष नै उठ्ने भएपछि उनको जित निश्चित गर्न माओवादी केन्द्रले अरुभन्दा अगाडि नै चुनावी तयारीलाई तिव्रता दिएको नेताहरुको भनाइ छ ।

कार्तिक ७ मा आमसभा

माओवादीले कात्तिक ७ गते आमसभाको आयोजना गरेको पार्टीका जिल्ला संयोजक नेता यमबहादुर परियारले जानकारी दिए । सो सभालाई सम्बोधन गर्न माओवादीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा ‘वादल’ र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ आउने परियारको भनाइ छ । आमसभाको पनि भव्य तयारी भएको नेता परियारले बताए ।

अखिल क्रान्तिकारीको निर्वाचनमा २४०५ मतदाता

काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन निर्वाचित केन्द्रित भएको छ । यसपटक विद्यार्थीहरुले नीति र नेतृत्व दुबैमा मतदान गर्दैछन् ।  पुस १३ गते नीति निर्णय लिन देशव्यापी मतदान हुँदैछ भने पुस १७ गते नेतृत्व चयनका लागि प्रादेशिक तहमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि मतदाता नामावली सार्वजनिक भएको छ । जसमा कूल २४०५ मतदाता रहेका छन् ।  पहिलो चरणमा पुस १३ गते ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुने छ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो ।  दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । 

सभापति रबि निलम्बन पछि बसेको रास्वपा सचिवालय बैठकले गर्यो यी तीन निर्णय

काठमाडौँ । सभापति रबि लामिछानेलाई संसद सचिवालयले निलम्बन गरेपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सचिवालयको आकस्मिक बैठकले तीन निर्णय गरेको छ ।  पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार आकस्मिक बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको छ ।  यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ भएको छ ।

संसद सचिवालयमा टासियो रवि निलम्बनमा परेको सूचना

काठमाडौं । सभामुख देवराज घिमिरेले रास्वपा सभापति रविलामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गर्न लगाएका छन्। सभामुखको निर्णयपछि संसद सचिवालयले सूचना टाँस गरेको छ।   सूचनासँगै संघीय संसद सचिवालयले चितवन–२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद निलम्बनमा परेको सूचना छ।   संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरे। 

लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्धा दर्ता गरिदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज पोखरा जिल्ला अदालतमा मुद्धा दर्ता गर्न लागिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्धा दर्ता गर्न लागेको हो। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना सर्वसाधारण बचतकर्ताले बचत राखेको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा लामिछाने ९० दिन देखि हिरासतमा रहेका छन् । गोर्खा मिडियाको शेयर सदस्य र प्रवन्ध निर्देशक (एमडी) लामिछानेसहित गोर्खा मिडियाको तत्कालीन संचालक एवं पूर्व डिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङ विरुद्ध पनि मुद्धा दर्ता गर्ने तयारी छ। उनीहरु पनि सुर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरीले पक्राउ परेका छन्।

लोकप्रिय