प्रतिगामी कदम असफल तर खतरा कायमै– माओवादी केन्द्र
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिगमनको खतरा कायमै रहेकोले सचेततापूवर्क राजनीतिक पहलकदमी जारी नै राख्नुपर्ने निश्कर्ष निकालेको छ।
राजधानी दुईदिनसम्म चलेको माओवादी केन्द्रका केन्द्रीय समिति बैठकले प्रतिगमनको खतराविरुद्ध लड्न संगठनात्मक सुदुढिकरण र जुझारु पाटी निर्माणमा जोड दिएको हो ।
बैठकपछि कुराकानी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगामी खतरा बाँकी नै रहेकोले त्यसप्रति सचेत भएर अघि बढ्ने निष्कर्ष निकालिएको जानकारी दिएका थिए ।
बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । बैठकले केही समसामयिक प्रस्ताव पारित गर्दैै सरकारको ध्यानाकर्षण समेत गरेको छ ।
“राजनीतिक प्रतिवेदनमा मूलतः दुइटा पक्षलाई समावेश गरिएको छ । राजनीतिक कार्यभारमा समेटिएअनुसार प्रतिगामी कदम असफल भएको छ तर प्रतिगामी खतरा अन्त्य भएको छैन । त्यसैले प्रतिगामी कदमप्रति सचेत भई संविधान, लोकतन्त्रको रक्षा र कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौं ।” प्रवक्ता श्रेष्ठले बताए ।
यस्तै बैठकले राष्ट्रिय स्वाधिनताको रक्षा र सुदृढीकरणप्रति पनि सबैलाई सचेत र एकताबद्ध हुन अपिल गरेको उनले बताए ।
प्रवक्ता श्रेष्ठले वाम(लोकतान्त्रिक गठबन्धन र सहकार्यलाई संविधान कार्यान्वयन र लोकतन्त्र रक्षा, प्रतिगमनको खतरा र राष्ट्रिय स्वाधिनताको प्रश्नले माग गर्दासम्म कायम राख्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
त्यस्तै गठबन्धनमा आधारित सरकार र प्रतिनिधिसभालाई पूर्ण कार्यकाल सञ्चालन गर्दै सफल पार्न अपील गरिएको छ ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।
कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)
काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा उल्लेख गरिएको छ । विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ । के छ त प्रतिवद्वतापत्रमा ?
प्रधानमन्त्री सडकमा
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली सडकमा ओर्लिने भएका छन् ।सरकारले भ्रष्टाचारी संरक्षण गरेको, विपक्षीहरुलाई अनावश्यक प्रतिशोध साधेको लगायतका विषयमा प्रर्दशन हुन र सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री स्वंयम पार्टीको शक्ति परिचालन गर्दै सडकमा उत्रिन लागेका हुन् । प्रधानमन्त्रीको दल नेकपा (एमाले)ले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको छ भने सो प्रर्दशनको प्रमुख वक्ता प्रधानमन्त्री नै रहेका छन्। प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ । सभा अघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ । शुक्रबार काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेकाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गर्न सकिन्छ ।