प्रभावकारी सिकाईका लागि असल शिक्षकका गुणहरु

प्रभावकारी सिकाईका लागि असल शिक्षकका गुणहरु

काठमाडौं, पुस २३ । मन्टेश्वरी विधि अपनाई अध्यापन गराउने स्कुल हरुमा त्यो विधिलाई पूर्णरुपमा सफल पार्दै वाल(वालिका लाई उद्धेस्य अनुरुप सिकाई अबधारणा अगाडी बढाउन सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षक यानी कि सहजकर्ता को रहन्छ ।

जवसम्म शिक्षक यानीकि सहजकर्ताले विधि को पूर्ण परिपालना गर्दैन तव सम्म मन्टेश्वरी विधिले अपेक्षा गरेको उद्धेस्य प्राप्त हुन सक्दैन । त्यसैले यसविधा तथा उमेर समूह अन्तर्गत पढ्ने बालबालिकाहरु अत्यन्त कोमल एवं सिकाईप्रति उत्सुक हुने अवस्था हो ।

त्यसले मन्टेश्वरी विधि लाई सफलीभूत पार्दै उद्धेस्य परिपूर्ति का लागी शिक्षक वा सहजकर्ता हरुमा तल उल्लेखित गुण हरुको आवस्यकता पर्दछ१ सामान्यरुपमा ती गुण हरु निम्न छन् ।

वाल-मनोविज्ञान को स्पष्टता र आवश्यकता अनुसार यसको प्रयोग (Child Psychology)

यस्तो संबेदनशील अवस्थाका बालबालिकाहरुको सिकाई प्रक्रियालाई प्रभावकारी ढंगवाट संचालन गर्नको लागि असल शिक्षक को निकै नै ठुलो स्थान रहन्छ१ त्यसैले शिक्षक को काधमा बालबालिकाको भविष्यका साथै वौद्धिक तथा समग्र विकाश को लागि निकै नै ठुलो जिम्मेवारी रहेको हुन्छ ।

बिकसित मुलुकहरुमा जहाँ मन्टेश्वरी विधि अपनाई अध्यापन गराईन्छ त्यस्ता स्कुलहरुमा पुर्व वाल्य अवस्था मन्टेश्वरी विधि अन्तर्गत गरिने क्रियाकलापका लागि परिपक्क अथवा वाल–मनोविज्ञान लाई नजिक वाट नियालेका शिक्षक हरुमात्र अध्यापनका लागि राखिएको पाहिन्छ ।

तर नेपाल को परिवेशमा यो अलि फरक रहेको पाहिन्छ । यँहा प्राय जसो वाल(वालिका लाई पढाउने न हो भन्ने सोच हावी भएको पाहिन्छ । यो सोचले गर्दा नै मन्टेश्वरी विधि अपनाई अध्यापन गराईएको स्कुल हरुमा पनि अपेक्षा गरे अनुसार उद्धेस्य प्राप्त भएको पाईदैन । जव शिक्षकले वाल मनोविज्ञानलाइ बुझ्दैन तव सम्म उसले सिकाई प्रक्रिया लाई अगाडी बढाउन सक्दैन ।

त्यसैले असल तथा सक्षम शिक्षक वा सहजकर्ता मा वाल मनोविज्ञानको अवधारणा हुनु अपर्हार्य हुन्छ । त्यस्लैले शिक्षक को एउटा महत्व पूर्ण पेसागत गुण हो वाल मनोविज्ञानको स्पष्टता र आवश्यकता अनुसार यसको प्रयोग ।

बिषयगत दक्षता (Content Expert) :

प्रभावकारीसीकाईकालागिएउटाअसलशिक्षकत्यसबेलामात्रयोग्यमानिन्छ, जसमा विषयगत ज्ञान प्रर्याप्त छ । बिषयगत ज्ञान भन्नाले निश्चित उमेर समूहका वालवालिकालाई सिकाउने कुरा केहो ? त्यो सिकाई पश्च्यात उनीहरुमा के परिवर्तन आउछ ।

उनीहरुको सिकाईको मुल्यांकन कसरि गर्ने, समग्र शैक्षिक पात्रोलाई कसरि पूर्णता दिने । प्रत्येक सिकाईको उपलब्धि मापन योग्य छ कि छैन । यी सबै कुरा बिषयगत दक्षता भित्र पर्दछन । त्यसले सफल शिक्षकमा बिषयगत दक्षताअनिवार्य गुण हो ।

शैक्षिक कार्य योजना को तर्जुमा गर्ने गुण (lesson plan and planning skills)

मन्टेश्वरी विधिमा असल शिक्षक को गुण अन्तर्गत अर्को अपरिहार्य पेसागत गुण भनेको शैक्षिक कार्य योजना को तर्जुमा गर्नु र यसलाई व्यवहारिक प्रयोग गर्नु हो ।

पुर्व वाल्याबस्था यस्तो अवस्था हो जुन अवस्थाका वाल वालिकाहरु स्थिर रुपमा रहन सक्दैनन् त्यसकारण शिक्षक ले आफ्नो सिकाईलाई प्रभावकारी रुपमा संचालन गर्न वा सिकाई उद्धेस्य परिपूर्ति गरका निमित्त पूर्ण रुपमा कार्य योजना अर्थात पाठ्योजना बनाउनुपर्ने हुन्छ ।

योजना विनाको कार्यले पूर्ण उद्धेस्य प्राप्ति हुन सक्दैन । त्यसैले शिक्षक कक्षा कोठा मा प्रवेश गर्नु पुर्व योजना बद्ध ढंग वाट प्रस्तुत हुनु पर्छ । तसर्थ सफल शिक्षक का लागि शैक्षिक कार्य योजना को तर्जुमा गर्ने गुण अपरीहार्य हुन्छ ।

पेसागत इमानदारी (Professional Honesty) 

असल शिक्षक को एउटा महत्वपुर्ण गुणहो पेसागत ईमान्दारिता, पुर्व वाल्याअबस्था का वाल(वालिका हरुको उमेर भनेको अरुको सिको गर्ने अथवा नक्कल गर्ने उमेर पनि हो। उनीहरुले आफ्नो शिक्षक लाई नमुना ९ च्यभि ःयमभ०ि को रुपमा हेरेका हुन्छन र शिक्षक को हरेक गतिविधिलाई पछ्याईरहेका पनि हुन्छन ।

त्यसैले शिक्षक कक्षा कोठामा प्रवेश गर्दै गर्दा निकैनै उत्साहित हुनु जरुरी हुन्छ । जव शिक्षकले उत्साहित भएर सिकाई प्रक्रिया लाई अगाडी बढाउछ तव वाल(वालिका हरुले पनि सोहि अनुरुप आफ्नो सिकाईलाई पनि उत्साहित ढंगवाट ग्रहण गर्दछन ।

यदि शिक्षक कक्षा कोठा मा प्रवेश गर्दा निराश अथवा रिसाएको अवस्थामा छ भने, उसले न त राम्रोसंग सिकाई प्रक्रियालाइ अगाडी बढाउन सक्छ न त बालबालिकाहरुले उत्साह जनक प्रगति नै गर्न सक्छन त्यसैले एक असल शिक्षक ले कक्षा कोठा वा स्कुल परिसर मा पुग्नु अघिनै आफ्ना सम्पूर्ण समस्यालाई थाति राखेर उत्साह जनक रुपमा आफुलाई प्रस्तुत गर्नु अत्यन्त जरुरि हुन्छ । अथवा आफ्नो व्यक्तिगत जीवनलाई अध्यापनको अबधिमा भुलेर आफ्नो पेसा प्रति पूर्ण रुपमा इमान्दार रहनु पर्ने हुन्छ ।

यहाँनेर असल शिक्षकले बुझ्नुपर्ने महत्वपुर्ण कुरा उसको स्कुल व्यवस्थापन संग का कुनै पनि समस्या अथवा पारिवारिक समस्या वा अन्य कुनै पनि समस्या वाट उब्जिएका प्रतिक्रिया को प्रत्यक्ष वा परोक्ष ढंग वाट कक्षा कोठा मा प्रस्तुति हुनु हुदैन । यहि महत्वपूर्ण गुण लाई पेसागत ईमान्दारिता भनिन्छ र हुनु पर्दछ ।

सृजनशीलता एबम विनम्रता (Creative and Polite) :

असल शिक्षक मा हुनुपर्ने अपरिहार्य गुण अन्तर्गत सृजनशीलता पनि एक हो१ जुन कुनै सिकाई कार्यलाई सधै जसो गरिने तरिकाले भन्दा अलि फरक ढंग वाट प्रस्तुत गरेको खण्डमा त्यो सिकाइ प्रति वाल(वालिका अझ बढी उत्साहित हुदै सिकाइ गर्दछन । त्यसैले शिक्षक सधैव सृजनशील हुनु पर्दछ ।

यसैगरि असल शिक्षक मा हुनुपर्ने अर्को गुण हो विनम्रता१ जव शिक्षक आफु बिनम्र रुपवाट स्कुल परिसर वा कक्षाकोठा मा प्रस्तुत हुन्छन त्यसको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्न जान्छ । साथै उनीहरुले पनि बिनम्र व्यवहार सिक्छन । जुन सिकाइ उनीहरुले आफ्नो घर परिवार मा पनि प्रयोग गर्दछन । त्यसकारण सृजनशीलता एबम विनम्रता असल शिक्षक को महत्व पूर्ण गुण मानिन्छ ।

मित्रवत व्यबहार (Friendly Behaviour)

एउटा असल शिक्षक वाल(वालिकाको लागि असल मित्र को रुपमा प्रस्तुत हुनु पर्दछ । शिक्षण सिकाईलाई प्रभाव कारी बनाउन को निम्ति शिक्षक र वालवालिका बिचको सम्बन्धले निकै नै ठुलो भूमिका खेल्दछ ।

जव शिक्षक ले वाल(वालिका संग मित्रवत व्यबहार गर्दछन, तब उनीहरुले वाल(वालिकाको बिस्वाश जित्न सक्दछन र वाल(वालिकाले आफ्नो कुराहरु शिक्षक सामु निधक्क संग राख्न सक्दछन जसले गर्दा शिक्षक ले वाल(वालिकाको कमजोर तथा बलियो पक्ष राम्रोसंग नियाल्न सक्दछन१ जसले गर्दा शिक्षक ले शिक्षण सिकाईलाई प्रभावकारी रुपमा अगाडी बढाउन सक्दछन१ यो पनि एउटा विशेष प्रकार को गुण हो ।

माथि उल्लेखित गुण हरु वाहेक पनि, एउटा असल शिक्षक हुनका लागि अन्य धेरै किसिमका गुण को आबस्यकता पर्दछ । कुनै गुण पेसा संग सरोकार राख्दछन भने कुनै गुण शिक्षक को व्यक्तित्व संग वा व्यतिगत गुण ।

यी दुवै गुण को समिश्रण वाट नै शिक्षकका गुण हरुको पूर्णता हुन जान्छ१ मन्टेश्वरी विधिले शिक्षक भित्र धेरै प्रकारका गुण छन् वा हुन्छन भन्ने परिकल्पना कै आधारमा विधी को निर्माण र यसको प्रयोग को अपेक्षा गरेको पाहिन्छ ।

शिक्षक का केहि व्यक्तिगत गुणहरु मा उसको व्यक्तित्व पहिलो गुण मानिन्छ, व्यक्तित्व अन्तर्गत उसले लगाउने पोशाक, शैक्षिक सामग्री को निर्माण तथा उचित प्रयोग ,प्रस्तुति तथा संचार, संयोजनकारी क्षमता,बोलीचाली, व्यवहार, हसिलो, फुर्तिलो, समय सापेक्ष, प्राविधिक ज्ञान, परिस्थिति को विश्लेषण गर्न सक्ने , हेरचाह गर्ने स्वभाव, मिलनसार, सधै उत्प्रेरित तथा अनुसाशित यस्ता अन्तर्निहित गुण को अपरिहार्यता रहन्छ ।

एउटा सफल र असल शिक्षकमा ११ समग्रतामा प्रभावकारी सीकाईका लागि उल्लेखित गुणहरुले निकै महत्व पूर्ण भूमिका खेल्दछन । र अन्त्यमा स्कुल ब्यबस्थापन पक्षवाट शिक्षक छनोट गर्दा यिनै गुण हरुलाई आधार वनाएर छनोट गरेमा मन्टेश्वरी विधि संचालन गरेका स्कुल ले अपेक्षाकृत उपलब्धि हासिल गर्न सक्दछन् ।

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो। उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताउनुभयो । प्रसावमा रहेका पार्टी कमिटीहरुले पनि सहयोग पठाउने कार्य सुरु गरकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले जनताको दुःखपीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले संकटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो। यसअघि हिजो माओवादी केन्द्रको एसिया संगठन समितिले पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले दुई लाख लाख रुपैयाँ सहयोग नेपाल पठाएको जनाएको छ । मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञप्तिमार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गर्नुभएको छ ।

पत्रकारलाई कैद सजाय प्रकरणः पत्रकार महासंघले उठायो आदेशमाथि प्रश्न

काठमाडौं ।  अनलाइन न्युज पोर्टल सिधा कुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेललाई सर्वोच्च अदालतले जेल सुनाएपछि नेपाल पत्रकार महासंघले चासो जनाएको छ । सोमबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चबाट भएको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन-प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, उनले भनेका छन्, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्च्याउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।’ सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानुनअनुसार प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्ने मान्यता महासंघले राखेको उनलले बताएका छन् । महासंघले कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने पनि भनेको छ । ‘सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइसकेको अवस्थामा सर्वोच्च अदालतले आफैंले प्रतिवेदन उठान गरेर, निवेदन दर्ता गरी आफैंले पत्रकारलाई जेल पठाउने फैसला गरेकोमा महासंघको गम्भीर चासो र चिन्ता छ । महासंघ कुनै पनि फैसला वा निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दिर्घकालीन नजिर नबनोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ उनले भनेका छन् ‘संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा नेपाल सरकार, न्यायालय र अन्य सम्बन्धित पक्षलाई गम्भीर हुन महासंघ आग्रह गर्दछ ।’ सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई पनि ६ महिना कैद सजाय सुनाएको थियो । त्ययसैगरी सिधाकुराका कँडेल र ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्रै कैद बस्नुपर्ने कुरा फैसलामा उल्लेख छ ।

माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना, सांसदहरुले दश/दश दिनको पारिश्रमिक दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो। हिजो बसेको कार्यालय (पदाधिकारी) बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीहरुलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ। सो केन्द्रीय राहतकोषमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरुले दश दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् भने स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ । त्यस्तै पार्टीका प्रदेश समितिहरुले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपत व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ। विपतको सामना गर्न पार्टी पंक्ति, जबस र मोर्चाहरुलाई विपत् क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले माताहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएको छ।

अखिल क्रान्तिकारीमा उम्मेदवारको उमेरहद टुंग्याउन मतदान गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ । उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय टिमले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको छलफलपछि सो निर्णय गरेको हो । अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुने र लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प दिइने बताउनुभयो । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।  अखिल क्रान्तिकारीले यसपटक नेतृत्व चयनमा मात्रै होइन, विधानमै मतदान गर्ने नयाँ अभ्यास गर्ने भएको छ । इञ्चार्ज शर्माले नीति र नेतृत्व चयन दुबै प्रक्रियामा लोकतान्त्रिक विधि अपनाइने बताउनुभयो ।  यत्तिको लोकतान्त्रिक विधि अरु कुनै पनि संगठनमा नभएको उहाँले स्पष्ट गर्नुभयो ।  अध्यक्ष प्रचण्डले पूरै लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन गर्न निर्देशन दिएको इञ्चार्ज शर्माले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले माथिबाट कुनै निर्णय लाद्ने काम नहुने जानकारी गराउँदै हलले जे भन्छ, त्यही मान्न विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभएको थियो । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ ।

लोकप्रिय