फिफा विश्वकप २०१८: यस्तो छ जर्सीकाे कथा, ‘नाइकी’ किन भयो इरानमा ट्रोल?
काठमाडौँ । विश्वकपको पारो जति जति माथि चढ्दै छ, नयाँ नयाँ फुटबल चर्चाहरू हुन थालेका छन् । फुटबल खेल मात्र रहेको छैन फेसन ट्रेन्ड नै बनिसकेको छ । अरबौं डलरको विज्ञापन, पर्यटकहरूको भिडभाड र फ्यानहरूको पागलपन यस वैश्विक खेल-महाकुम्भका थुप्रो आकर्षण रहेका छन् ।
यति मात्र होइन विश्वका शीर्ष फेसन ब्राण्ड र स्पोर्ट किट निर्माण गर्ने कम्पनीहरू अहिले महत्वपूर्ण व्यापार हुने आशा राख्दछन् । यसको प्रमुख कारण फुटबलप्रेमीहरूको खेल प्रेम नै हो ।
तपाईं-हामी पनि यसबेला आ-आफ्नो मन परेको टीमको जर्सी लगाएर सो टीमप्रति आफ्नो समर्थन जनाइरहेका छौँ । तर के तपाईंलाई थाहा छ १४ जुन देखि १५ जुलाईसम्म हुने विश्वकपमा कुन टोलीले कुन ब्राण्डका ‘स्पोर्ट किट’ प्रयोग गर्दैछ भनेर ।
हामीले ३२ वटै टीमले कुन कुन ब्राण्डको सामान प्रयोग गरिराखेका छन् भन्ने महत्वपूर्ण जानकारी जम्मा गरेका छौँ ।
तीन वटा ठुला ब्राण्डहरूको प्रयोजनमा दबदबा:
विश्वकपमा ३२ वटा टीमको सहभागिता रहेपनि तिनीहरूका जर्सी लगायत अन्य स्पोर्ट किट प्रायोजन गर्ने ब्राण्डहरूमा भने संयुक्त राज्य अमेरिका, जर्मनी, ब्रिटेन डेनमार्क र इटालीका कम्पनीहरूको मात्र उपस्थिति देखिएको छ । यसमा एउता एसियाली ब्राण्ड समेत देखा परेको छ ।
यति हुँदा-हुँदै पनि विश्वकप खेल्ने टीमहरूका जर्सीहरूमा भने मुख्यतः तीनवटा ब्राण्ड: एडिडास, नाइकी र पुमा देखा पर्ने भएका छन् । यसका अतिरिक्त न्यु ब्यालेन्स, अम्ब्रो आदिले पनि आफ्नो केही उपस्थिति एदेखाउने भएका छन्।
हेरौं यस खेल-महाकुम्भमा खेलाडीहरूका जर्सीहरूमा देखिने ब्राण्डहरूको उपस्थिति:
एडिडास:
एडिडास फिफाको अधिकारिक फुटबल सप्लायर हो । विश्वकप २०१८ को लागि उसले एडिडास टेलिस्टार-१८ नामको बल सार्वजनिक गरेको छ । एउटा विशेष चिप र सेन्सर प्रयोग गरिएको यस बलले रेफ्रीको धेरै जसो कामलाई सजिलो पारिदिएको छ र एडिडासको अफिसियल वेबसाइटमा बिक्रीका लागि राखिएको यस बलको नेपाली मूल्य लगभग १८ हजार ६ सय पर्दछ ।
एडिडास जर्मनीको बहुराष्ट्रिय कम्पनी हो । फिफाका लागि सामग्री उपलब्ध गराउनुका अतिरिक्त यसले यस विश्वकपमा भाग लिइरहेका १२ वटा टोलीहरूका ‘स्पोर्ट किट’ उपलब्ध गराएको छ ।
यस वर्षको विश्वकपमा इजिप्टका मोहम्मद सलाह, अर्जेन्टिनाका मेस्सी, जर्मनीका गोलरक्षक म्यानुअल न्युअर, स्पेनका सर्जियो रामोस लगायत उनका टिमका खेलाडीहरू एडिडासको जर्सीमा रहेका छन् । यसका अतिरिक्त रसिया, मोरक्को, इरान,मेक्सिको, स्वीडेन, बेल्जियम, कोलम्बिया र जापानका खेल पोशाक पनि एडिडास ब्राण्डका रहेका छन् ।
नाइकी:
अमेरिकी बहुराष्ट्रिय कम्पनी नाइकीले यस विश्वकपमा १० वटा टिमहरूलाई जर्सी लगायत अन्य किट उपलब्ध गराएको छ । फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यान, ब्राजिलका नेइमार, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो नाइकीको जर्सीमा छन् ।
साथै इंग्ल्याण्ड, पोल्याण्ड, साउदी अरेबिया, क्रोएसिया, नाइजेरिया, दक्षिण कोरिया र अस्ट्रेलियाका खेलाडीहरूले समेत नाइकीका जर्सी लगाएका छन् ।
पुमा:
पुमा पनि जर्मन बहुराष्ट्रिय ब्राण्ड हो । यस पटक उसले २ वटा टोलीहरूलाई मात्र जर्सी लगायतका समान उपलब्ध गराएको छ । कुनै समय यस मामिलामा अग्रणी रहेको पुमाले सन् २००६ को विश्वकपमा १२ वटा टोलीहरूलाई समान उपलब्ध गराएको थियो । यस विश्वकपमा उसले उरुग्वे र स्विट्जरल्याण्डलाई जर्सी उपलब्ध गराएको हो ।
माथि उल्लिखित ठुला ब्राण्डका अतिरिक्त केही अन्य ब्राण्डहरूले समेत केही टोलीहरूका जर्सीमा सजिने अवसर प्राप्त गरेका छन्:
न्यु ब्यालेन्स
अमेरिकन ब्राण्ड न्यु ब्यालेन्सले कोस्टारिका र पानामाका जर्सी प्रयोजन गरेको छ ।
त्यस्तै गरेर ब्रिटिश ब्राण्ड ‘अम्ब्रो’ले पेरु र सर्बियाका जर्सी उपलब्ध गराएको छ भने डेनिस ब्राण्ड ‘ह्यामेल‘ले डेनमार्क, जर्मन ब्राण्ड ‘उलस्पोर्ट’ले ट्युनिसिया, इटालियन ब्राण्ड ‘इरिया’ले आइसल्याण्डलाई जर्सी लगायतका समान उपलब्ध गरएको छ ।
यस विश्वकपमा उपस्थित एकमात्र गैर-पश्चिमी एसियाली ब्राण्ड ‘रोमाइ’ हो । युएइको यस ब्राण्डले सेनेगललाई समान उपलब्ध गराएको छ ।
नाइकीले गुमाएको अनुबन्ध
अमेरिकन मल्टिनेसनल ब्राण्ड नाइकीसँग फुटबल किट उपलब्ध गराउने बारे इरानको पनि अनुबन्ध भएको थियो । तर हालै इरानमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्दै नाइकीले उक्त अनुबन्ध अस्वीकार गरेपछि उक्त ‘डील’ रद्द भएको थियो र पछि यो मौका एडिडासले हात पाऱ्यो ।
इरानी सामाजिक संजाल प्रयोगकर्ताहरूले यस विषयमा नाइकीलाई ट्रोल पनि गरेका छन् । आफ्नो पहिलो खेलमा मोरक्कोलाई हराएपछि इरानी फुटबलप्रेमीहरूले सामाजिक संजालमा “नाइकी तिमीबिना पनि हामीले गरेर देखायौं ।” लेखेर उसलाई ट्रोल गरेका थिए ।
साफ महिला च्याम्पियनसिपः श्रीलंकालाई हराउँदै भुटान शीर्ष स्थानमा
काठमाडौं। श्रीलंकालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न दोस्रो खेलमा भुटानले श्रीलंकलाई ४-१ ले पराजित गरेको हो। जितसँगै भुटानले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा भुटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो। श्रीलंकाको यो पहिलो हार हो। पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १० ले पराजित गरेको थियो।
रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी
काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।
नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।
राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै
काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।