बरियता मिच्ने देउबाको विशेषता, मोतिलालदेखि जयबहादुर चन्दसम्म

बरियता मिच्ने देउबाको विशेषता, मोतिलालदेखि जयबहादुर चन्दसम्म

काठमाडौं, फागुन १ । अन्ततः नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको चर्को दबाबमा तेश्रो बरियाताक्रमका जयबहादुर चन्द नेपाल प्रहरीको महानिरिक्षकमा नियुक्त भएका छन् ।

आइतबार बिहानै ८ बजे एकल एजेण्डा राखेर डाकिएको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्रीको इच्छा र अडान विपरित चन्दको पक्षमा निर्णय भयो । संसदीय व्यवस्थामा प्रधानमन्त्रीको समेत जोड बल चलेन र सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेसका सभापतिको अडानले स्वीकृति पायो ।

नेपाल प्रहरीको प्रमुखको दौडमा अन्य तीन प्रहरी नायब महानिरीक्षकहरु नवराज सिलवाल, प्रकाश अर्याल र बम बहादुर भण्डारी पनि थिए। अहिलेको संयुक्त सरकार र चुनाव गराउनै पर्ने अवस्थालाई मध्यनजर गरेर मन्त्रिपरिषदले यो निर्णय गरेको हो । मन्त्रिपरिषदले नियुक्त गरेका चन्द चार दाबेदारहरु मध्ये वरिष्ठताका आधारमा तेश्रो स्थानमा थिए।

अन्तिमसम्म प्रचण्डको अडान

प्रधानमन्त्री प्रचण्डले भने सुरक्षा निकायलाई चुस्त दुरुस्त राख्न चेन अफ कमाण्ड र बरियताक्रमलाई मिच्न नहुने अडान राख्दै आएका थिए । प्रधानमन्त्रीले पहिलो वरियताक्रममा रहेका नवराज सिलवाललाई नै महानिरिक्षक बनाउनुपर्ने बताउँदै आएका थिए । नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रहेका विमलेन्द निधिले समेत सिलवाललाई नै बनाउनुपर्ने अडान लिएका थिए । तर क्षेत्रीय नाता राखेर शेर बहादुर देउबाले चन्दलाई नहटाए सरकारबाटै समर्थन फिर्ता लिनेसम्मको अडान लिएपछि नियम, कानुन र वरियताको स्खलन भएको हो ।

अझ अचम्म त के भयो भने यो विषयमा चन्दलाई आइजीपी बनाउन यति बिहानै मन्त्रीपरिषदको आकस्मिक बैठक डाकियो । सर्वोच्च अदालतमा अधिवक्ता कपिलदेव भट्टले रिट दायर भएको कारण देउबा आत्तिएको कतिपय श्रोतले बताउँछ ।

प्रचण्डले भने अन्तिमसम्म वरियताक्रम नमिच्न देउबासँग छलफल गरेका थिए । तर देउबा मानेनन । “देउबालाई यो विषयले सिँगो सुरक्षाबलको मनोबलमा नै असर गर्छ । प्रहरी संरचनामा नै असर पर्छ भनेर अध्यक्षले भन्नुभयो, तर देउबा टस न मस पनि भएनन् । उनको अडान एउटै थियो– जे सुकै होस् चन्दलाई बनाउनुस्” श्रोतले भन्यो ।

सत्ता साझेदार प्रमुख दलका सभापतिले यसरी अडान लिएपछि प्रधानमन्त्री प्रचण्डसँग समेत कुनै उपाय बाँकी रहेन । हतारमा मन्त्रीपरिषदको बैठक बोलाइयो र निर्णय गरियो । यतिसम्म कि यो विषयमा मन्त्रीपरिषदमा यो विषयमा कुनै छलफल समेत भएन । सोझै निर्णय गरियो ।

बरियता मिच्ने कलामा माहिर देउबा

देउबाले नेपाल प्रहरीको संरचना भत्काएको यो पहिलोपटक भने होइन । उनले यसअघि पनि आफू गृहमन्त्री भएको बेला मोतिलाल बोहरालाई बरियताक्रम मिचेर नै महानिरिक्षक बनाएका थिए । पछि यी बोहरा छानबीनमा परे । ०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका गृहमन्त्री शेरबहादुर देउबाले सरकारले प्रहरी सेवा ऐन९ २०१२ माथि संशोधन गर्दै प्रहरी सेवाको अवधि ३० वर्ष वा सरकारले चाहेमा अर्को दुई वर्ष थप गर्नसक्ने प्रावधान बनायो । यही प्रावधानअनुरुप महानिरीक्षक रत्नसमशेर राणाको ३० वर्षे सेवाअवधि देखाएर उनलाई अवकाश दिइयो र मोतिलाल बोहोरालाई ०४९ सालको फागुनमा महानिरीक्षक नियुक्त गरियो ।

यही परम्परालाई पछि गृहमन्त्री वामदेव गौतमले पछ्याएका थिए । यसपछि ०६५ फागुनमा वरियताक्रम विपरीत रमेश चन्द ठकुरी महानिरीक्षक नियुक्त भए । यसका लागि समेत देउबाले नै मुख्य भूमिका निर्वाह गरेका थिए । चन्दमाथि पनि अख्तियारले छानबीन शुरु गर्यो र उनी भ्रष्टाचार मुद्दामा तानिए ।

शेरबहादुर देउबाले चन्दलाई वरियता मिचेर आइजिपी बनाउन दबाब दिएकोमा प्रहरी संगठनभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि चर्को आलोचना भइरहेको छ । नेपाली कांग्रेसभित्र समेत देउबाको निर्णय गलत भएको भन्दै आलोचना बढेको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय