बेपत्ता पार्नेलाई दण्ड–सजाय गर्ने कानुन अझै बनेन
द्वन्द्वका क्रममा बेपत्ता पार्ने र गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई लागि दण्ड–सजायको व्यवस्था गर्ने कानुन निर्माणका लागि ऐन संशोधनको मस्यौदा कानुन मन्त्रालयमा पेस गरेको शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुर्तेलले बताए । ऐन संशोधनका लागि एक वर्षअघि नै पेस भए पनि कानुन मन्त्रालयले प्रक्रिया अगाडि नबढाएको उनको भनाइ छ । जसका कारण हाल सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले छानबिन प्रक्रियामा दोषी ठहर भएकालाई के कारबाही गर्ने भन्ने विषयमा तत्काल कानुन बन्ने सम्भावना छैन । विशेष अदालत गठन गरेर दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाइने भुर्तेलको भनाइ छ ।
विशेष अदालत गठन हुनै सकेन
संक्रमणकालीन मुद्दा सम्बोधन गर्न विशेष अदालत गठन गर्ने ऐनमा व्यवस्था छ । एक वर्षसम्म विशेष अदालत गठनको विधेयक नआएपछि नियमित प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्ने द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले बताए । ‘पीडितलाई न्याय दिने भए विशेष अदालत गठन भएर प्रक्रिया अगाडि बढ्थ्यो, तर हालसम्म नहुनुले शंका उत्पन्न भएको छ,’ उनले भने ।
पीडक र पीडितबारे प्रतिवेदन तयार
सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य माधवी भट्टले बेपत्ता पार्नेहरूमाथि अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको बताइन् । सात हजारभन्दा बढी फाइल खोलेर अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको जनाउँदै उनले विस्तृत अनुसन्धानपछि पीडक र पीडितबारे प्रतिवेदन तयार पारेर सिफारिस गरिने जानकारी दिइन् । ‘कानुन नभएकाले आयोगलाई अनुसन्धान गर्न समस्या छैन,’ भट्टले भनिन्, ‘हामी सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउने काम गर्नेछौँ, कारबाही प्रक्रिया सरकारले अगाडि बढाउँछ ।’
द्वन्द्वकालीन मुद्दा (२०५२ देखि २०६२)का दोषीलाई कारबाही सिफारिस तथा समाजमा मेलमिलाप कायम गर्न सत्यनिरुपण र मेलमिलाप आयोग तथा बेपत्ता व्यक्ति छानबिन आयोग गठन गरेको हो । सत्यनिरुपण आयोगमा झन्डै साठी हजार उजुरी छानबिनको प्रक्रियामा छन् ।
कसको उजुरी कति ?
शान्ति मन्त्रालयले बेपत्ता भएका १४ सय ९५ जनाको नामसहित तथ्यांक तयार पारेको छ । त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगले आठ सय ४२, अन्तर्राष्ट्रिय रेडक्रसले १३ सय ३४, इन्सेकले ११ सय ४८ र बेपत्ता आयोगमा २८ सय ८८ उजुरी संकलन भएका छन् । सबैभन्दा बढी बर्दियाबाट दुई सय ७६ र रसुवाबाट चारवटा उजुरी परेका छन् । – नयाँ पत्रिकाबाट
बालेनको कटाक्ष -'टुँडिखेल र खुल्लामन्च पनि एमाले-कांग्रेसका कार्यकर्तालाई दिने अध्यादेश पास भएछ'
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी भएकोमा सत्तारू दल एमाले र कांग्रेसप्रति तिव्र असन्तुष्टि जनाएका छन्। राष्ट्रपतिले भूमि सम्बन्धी अध्यादेश जारी गरेको केही समयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बालेनले असन्तुष्टि जनाएका हुन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’ यसअघि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्न अस्वीकार गरेका थिए । तर राष्ट्रपति पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश प्रधानमन्त्रीको अनुरोधमा जारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सच्याउने प्रतिबद्धता जनाएपछि राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन्।
देउवाले किन बोलाए कांग्रेसका मन्त्रीहरु बुढानीलकण्ठ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई आज बुढानीलकण्ठस्थित निवास बोलाएका छन् । मन्त्रीहरुसँग सामूहिक छलफल गर्न उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका हुन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । सोही तालिका अनुसार देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको बताइएको छ । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।
समाजवादी मोर्चाले माघ १६ गते वृहत कार्यक्रम गर्ने
काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए । कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए । ‘ओली सरकारले ल्याएको अध्यादेशबारे गम्भीर छलफल भएको छ । जननिर्वाचित संसद् छ । तर सरकारले संसद् छलेर भटाभट अध्यादेश ल्याएको छ । यसबारे गम्भीर छलफल भएको छ’, उनले भने । आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर पछिल्लो समय अगाडि बढाउन गति धिमा भयोबारे समीक्षा भएको उनले बताए ।
सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको तयारी
काठमाडौं । सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षी पाँच दलको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी दिए । ‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ । ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने । बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।