माओवादी केन्द्र र राजपाका सप्तरीका उम्मेदवारहरु (नाम सहित)

माओवादी केन्द्र र राजपाका सप्तरीका उम्मेदवारहरु (नाम सहित)

राजविराज, भदौ २१। आगामी तेस्रो चरणको असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि सप्तरीमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारको नामावली सूची सार्वजनिक गरेका छन् ।

सप्तरीमा माओवादी केन्द्रको तर्फबाट राजविराज नगरपालिकाको प्रमुखमा अनिस अन्सारी, हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा राहुल मण्डल, डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा करमलाल यादव, सुरुङ्गा नगरपालिकाको प्रमुखमा हरिनारायण चौधरीलाई चयन गरिएको छ ।

बोदेबर्साइन नगरपालिकाको प्रमुखमा दिलीप यादव, कञ्चनरुप नगरपालिकाको प्रमुखमा बन्सी चौधरी, खड्ग नगरपालिकाको प्रमुखमा जयप्रकाश चौधरी, शम्भुनाथ नगरपालिकाको प्रमुखमा दानालाल चौधरी, सप्तकोशी नगरपालिकाको प्रमुखमा दिनक राईलाई चयन गरिएको बताइएको छ ।

यस्तै, अग्निसाइर कृष्णसवरण गाउँपालिकाको अध्यक्षमा बेचन चौधरी, महदेवा गाउँपालिकाको अध्यक्षमा तारणी तिवारी, तिरहुत गाउँपालिकाको अध्यक्षमा दिनेश यादव, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा शिवनारायण यादव, बेल्ही चपेना गाउँपालिकाको अध्यक्षमा इब्राहिम मन्सुरी, छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा जयप्रकाश यादव, रुपनी गाउँपालिकाको अध्यक्षमा मुस्तकिम राइन, तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा मुनिलाल मुखिया र बलान विहुल गाउँपालिकाको अध्यक्षमा छत्रनारायण यादवलाई उम्मेदवार चयन गरिएको माओवादी केन्द्र, सप्तरीले जनाएको छ ।

यसैगरी, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले पनि सप्तरीको तिरहुत गाउँपालिकाको प्रमुखमा विजयकुमार यादव, उपप्रमुखमा रेखाकुमारी मेहता, बोदेबर्साइन नगरपालिकाको प्रमुखमा अमरेन्द्रप्रसाद यादव, उपप्रमुखमा रेणुकुमार साह, बलान बिहुल गाउँपालिकाको प्रमुखमा रामविलास यादव, उपप्रमुखमा विमलादेवी यादव, डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा शिवनाथ साह, उपप्रमुखमा इन्दुदेवी यादवलाई चयन गरेको पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।

यस्तै, हनुमाननगर कंकालनी नगरपालिकाको प्रमुखमा शैलेशकुमार साह, उपप्रमुखमा सरितादेवी यादव, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा विमलादेवी यादव, उपप्रमुखमा उषाकुमारी मण्डल, बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा मुसहरु यादवलाई चयन गरिएको छ भने उपप्रमुखको स्थान भने खाली नै राखिएको छ ।

विष्णुपुर गाउँपालिकाको प्रमुखमा मुनीलाल खंग, उपप्रमुखमा सुगियादेवी यादव, महदेवा गाउँपालिकाको प्रमुखमा सुनिलकुमार मण्डल, उपप्रमुखमा अर्चनाकुमारी यादव, राजविराज नगरपालिकाको प्रमुखमा शम्भु यादव, उपप्रमुखमा साधना झा, तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुखमा सतिशकुमार सिंह, उप–प्रमुखमा सुचिता यादव, रूपनी गाउँपालिकाको प्रमुखमा हरेराम यादव, उपप्रमुखमा बेचनीदेवी सरदारलाई चयन गरिएको छ ।

त्यस्तै, राजपाले सुरुङ्गा नगरपालिकाको प्रमुखमा शंकरपÞ्रसाद चौधरी, उपप्रमुखमा उषा महतो, खड्ग नगरपालिकाको प्रमुखमा ननु चौधरी कलवार, उपप्रमुखमा पिंकीकुमारी साह, शम्भुनाथ नगरपालिकाको प्रमुखमा चन्द्रकान्त मण्डललाई चयन गरिएको छ भने उपप्रमुख खाली नै रहेको छ ।

यसैगरी, कञ्चनरूप नगरपालिकाको प्रमुखमा माधवप्रसाद चौधरी, उपप्रमुखमा मसिहा खातुनको नाम राष्ट्रिय जनता पार्टीले अन्तिम नामावलीमा समावेश गरेको बताइएको छ । रासस

विपक्षी दलको पत्रकार सम्मेलन, यस्तो छ संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । प्रतिपक्ष ल र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वक्तव्यमा भनिएको छ, ‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै सङ्कट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसद्‌को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्‌को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।’ विगतमा अघि बढाइएका गिरीबन्धु टी(स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।

आज विपक्षी दलहरुको बैठक, लगत्तै संयुक्त पत्रकार सम्मेलन

काठमाडौं ।  विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।  बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ ।  दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।  यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो ।  यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो । 

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ: प्रचण्ड

चितवन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो- ´बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।´  उहाँले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले भन्नुभयो- `तपाइहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।´ चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुग्नुभएका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उहाँले बोटे संस्कृतिसँग साक्षत्कार गर्नुभएको थियो ।

बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल जेल जीवन बिताइरहेका बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए । हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए। उच्च अदालतका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेको थियो । झालाई नक्कली शरणार्थी प्रकरणमा २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बेचनलाई रिहा गर्न अस्वीकार गर्दै सरकारसँग कारण मागेको हो । बेचन झाले यही पुस ४ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले गत पुस ५ गते कैफियत प्रतिवेदन माग गरेको थियो । त्यसपछि झाले बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

लोकप्रिय