माओवादी केन्द्रीय समिति बैठक ‘विशेष’ हुने संकेतः सबै रिक्त पद र जिम्मेवारी टुंग्याइने, देशव्यापी संगठन सुदृढिकरणको तयारी

माओवादी केन्द्रीय समिति बैठक ‘विशेष’ हुने संकेतः सबै रिक्त पद र जिम्मेवारी टुंग्याइने, देशव्यापी संगठन सुदृढिकरणको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलीदेखि बस्न गइरहेको छ ।

भोली बस्ने केन्द्रीय समिति बैठक मुख्यतः राजनीतिक र संगठनात्मक विषयबस्तुमा केन्द्रीत हुने देखिन्छ ।

नेकपाको विभाजनपछि संगठनात्मक सुदृढिकरण गर्न नसकेको माओवादी केन्द्रले यो बीचमा देशका सबै वडातहसम्म संगठन निर्माण गर्न निर्देशन दिएको थियो । तर कतिपय जिल्ला, प्रदेश र अन्य संरचनामा नेकपा विभाजनपछि जिम्मेवारी र पदपूर्ति नभएको कारण उल्लेख्यरुपमा संगठन निर्माण भने हुन सकेको देखिँदैन ।

भोली बस्ने केन्द्रीय कमिटी बैठकमा पछिल्लो राजनीति परिस्थिति र पार्टीले लिनुपर्ने दिशाका बारेमा अध्यक्ष प्रचण्डका तर्फबाट प्रस्ताव पेश हुनसक्ने एक केन्द्रीय सदस्यले बताए । अध्यक्ष प्रचण्डले एमालेसँगको एकतादेखि विभाजन र पछिल्लो समयमा एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कदम र वाम–लोकतान्त्रिक गठबन्धनको सरकारसमेत विषयलाई समेटेर संश्लेषणसहित आगामी कार्यभारका बारेमा प्रस्तावमा उल्लेख गर्नसक्ने उनले बताए । अहिले पार्टी कमजोर अवस्थामा रहेको, प्रतिगमनको खतरा कायमै रहेको अवस्थामा पार्टीले राजनीति र संगठनका क्षेत्रमा निर्वाह गर्नुपर्ने दायित्व तथा पार्टी सदस्यहरुको भूमिकाका बारेमा प्रचण्डको प्रतिवेदनले दिशा निर्देश गर्नसक्ने देखिन्छ ।
अध्यक्ष प्रचण्डले क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै एकीकृत कम्युनिष्ट आन्दोलनको निर्माणमा जोड दिँदै आएका छन् । नेकपासँगको एकता प्रक्रियाले सार्थकता नपाएपनि समाजवादी क्रान्तिको पक्षमा रहेका कम्युनिष्ट शक्तिहरुबीच बृहत रणनीतिक मोर्चा र संगठनात्मक एकताको पक्षमा उनले जोड दिँदै आएका छन् । अध्यक्षको राजनीतिक प्रतिवेदनले अहिलेको अन्यौलतालाई चिर्ने र पार्टीको ठोस कार्यदिशा र कार्यनीतिका बारेमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षित पार्ने अपेक्षा केन्द्रीय सदस्यहरुको छ ।

यसैगरी माओवादीले नेकपा विभाजनपछि रिक्त रहेका सबै पद र जिम्मेवारी पूर्ति गर्न समेत लामो गृहकार्य गरेको छ । संगठनात्मक विषयमा आवश्यक गृहकार्य गर्न यसअघि नै स्थायी समिति सदस्य वर्षमान पुनको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलले सबै क्षेत्रसँग समन्वय गर्दै प्राप्त सुझावका आधारमा अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो ।

भोलीदेखि शुरु हुने बैठकमा स्थायी र केन्द्रीय समितिदेखि प्रदेश, जिल्ला, जनवर्गीय संगठन, विभागलगायतका सबै संरचनामा रिक्त जिम्मेवारीका बारेमा संगठनात्मक एकता तथा सुदृढिकरणको प्रस्ताव पेश हुनसक्ने देखिन्छ ।

माओवादीले तत्कालका लागि केन्द्रीय समिति बिस्तार नगरेर २०–२५ जना केन्द्रीय सदस्य थप गर्ने देखिन्छ । यसैगरी सुदूरपश्चिमलगायत अन्य प्रदेशमा नेकपा विभाजनपछि रिक्त रहेका पदहरुमा समेत जिम्मेवारी बाँडफाँडको निर्णय बैठकले गर्नसक्ने देखिन्छ ।

केही जिल्लामा पार्टी एकतापछि इन्चार्ज, अध्यक्ष लगायतका पदाधिकारी रिक्त भएकोले त्यसलाई समेत टुंगो लगाउने तयारी भइरहेको ती केन्द्रीय सदस्यले बताए ।

माओवादीले विगतको निर्मम समीक्षा गर्दै राजनीतिक मार्गचित्र र संगठनात्मक सुदृढिकरणका क्षेत्रमा टुटेको कडी जोडन यो बैठक विशेष महत्वको हुने एकजना स्थायी समिति बैठकले बताए । जनता र कार्यकर्ता नेतामुखी भएको अवस्थाले अहिलेको अवस्था सिर्जना गरेकोले यो बैठकमा जनतातर्फ फर्क भन्ने नारालाई कार्यान्वयन गर्ने ठोस योजना बैठकमा उठ्ने उनले बताए ।

अहिले वैचारिकरुपमा प्रतिबद्ध संगठन निर्माणमा नै मुख्य जोड दिने कार्यनीतिका पक्षमा अधिकांश केन्द्रीय सदस्यहरु रहेका छन् । पार्टीले महाधिवेशन गर्नुपर्ने र निर्वाचनको समेत तयारी गर्नुपर्ने भएकाले देशैभरी सबै तहमा पार्टी र जनवर्गीय संगठनका सबै संरचना सुदुृढ गर्ने तथा जनअभियानमार्फत जनतामा पार्टीको नीति तथा कार्यक्रम लैजानेतर्फ बैठकले ठोस मार्गनिर्देशन गर्नसक्ने देखिन्छ ।

जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो :  महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो ।  महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले  एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो ।  जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)

काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा  उल्लेख गरिएको छ ।   विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ ।  के छ त प्रतिवद्वतापत्रमा ?  

लोकप्रिय