सुत्दा मानिसले घुर्छन् किन ?

सुत्दा मानिसले घुर्छन् किन ?

माघ १६ । मानिस निधाएको बेलामा सास फेर्दा आफ से आफ निस्कने एक प्रकारको आवाज जसलाई सामान्य भाषामा घुर्नु वा स्रोनिङ भन्ने गर्दछौं ।

सामान्यतया निधाएको बेलामा घुर्नु कुनै रोगको परिभाषा भित्र पर्दैन । किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ, न दुखाई महसुस हुन्छ, न खान नरुच्ने नै हुन्छ । उ

सले आफूबाट त्यसरी आवाज आएको छ भन्ने समेत पत्तो नै पाउदैन । यसले संगै सुत्ने वा नजिकै सुत्ने अर्को व्यक्तिलाई असर मात्रै पार्ने काम गर्छ । घुर्ने बारेमा पश्चिमा राष्ट्रमा रोचक तथ्य छ । ७०–८० को दशकमा बेलायतमा लोग्ने स्वास्नीबीच पारपाचुके निकै बढेर गयो ।

आफैले रोजेर प्रेम विवाह गर्ने संस्कृति बोकेको मुलुकमा यसरी एकाएक घरबार टुक्रिने कारण खोज्न राज्यले उच्चस्तरीय समिति बनायो त्यसबाट थाह भयो ७५ प्रतिशत पारपाचुके हुनुको कारण त्यहि घुराई नै रहेछ ।

कारण थाहा पाएपछि बेलायतीहरुले घुर्नुलाई पनि स्वास्थ्य समस्याको रुपमा लिएर अनुसन्धान अघि बढाए । पछिल्लो समयमा बैज्ञानिकहरुले घुराई आफैमा रोग नभएपनि रोगको संकेत हो भनेर भनेका छन् ।

बढी घुर्ने व्यक्तिमा कुनै न कुनैको समस्या हुन्छ भनेर जान्दा हुन्छ भन्ने बैज्ञानिकहरुको तर्क छ । त्यसैले बढी घुर्ने व्यक्ति आफ्नो स्वास्थयमा बढी चनाखो हुनु जरुरी छ ।

घुर्नुको कारण के हो ?

हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली । त्यसको लागि मुखबाट नै अंग जोडिएर पेट सम्म पुगेको हुन्छ । त्यस्तै अर्को महत्वपूर्ण प्रणाली स्वासप्रस्वास प्रणाली मानिन्छ । त्यसको अंग पनि नाकबाट जोडिएर पेट सम्म पुगेको हुन्छ । यी दुई छुट्टा छुट्टै प्रणाली भएपनि यसका अंगको कति पय भागले एउटै काम गरेको हुन्छ । त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्रयाक’ भन्छौ ।

अझ सजिलोसंग बुझौ, हामी मुखले पनि स्वास लिन्छौँ , नाकले पनि स्वास लिन्छौँ । नाकबाट जाने स्वास नलि र मुखबाट जाने अन्ननलि रुद्रघण्टी मुनी पुगेपछि मात्रै आ – आफ्नो प्रकृयाको लागि छुटिन्छ । त्यसभन्दा माथिको भागमा एकै रुपमा आउछ । त्यहि भागलाई हामी ‘एरो डाइजेष्टिक ट्रयाक’ भन्छौँ ।

सप्रस्वास प्रकृयामा जव त्यहि (एरो डाईजेष्टिक ट्रयाक) भागमा अवरोध हुन्छ मान्छे घुर्न थाल्छ । मुखको ठयाक्कै पछाडी भएको जिव्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भाग (मुखे घाटी) भन्छौँ ।

त्यस्तै त्यसभन्दा मुनी रुद्रघण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाकेघाटी भन्छौँ । यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ ।

कस्ता व्यक्ति बढी घुर्छन ?

– नाकमा समस्या भएका व्यक्तिहरु ।

– तालुको समस्या भएका व्यक्तिहरु ।

– लिगलिगे (मुखको भित्रि भागमा झुण्डीएको सानो मासुको भाग) मा समस्या भएका व्यक्तिहरु ।

अन्य कारणहरुः

– नाकभित्रको मासु सुन्निएको छ भने ।

– नाकको डाडी टेढो छ र स्वास फेर्न बाधा पुगेको छ भने ।

– नाकमा मासु पलाएको (पालिक) छ भने ।

– तालु (प्यालेट) सुन्निएको छ भने ।

– लिगलिगे मोटो भएमा ।

– मुखे घाटीको भाग साघुरियो भने ।

– नाकेघाँटीको भाग साघुरियो भने ।

घुर्नुको अरु कारण पनि हुन्छन कि ?

मानिसलाई घुर्ने बनाउने एक प्रकारको रोग पनि हुन्छ । त्यसलाई हामीले ‘स्लिप अप्नीया सिन्ड्रम’ वा ‘अक्सट्रप्टीभ अप्नीया सिन्ड्रम’ भनिन्छ । यो रोग लागेको व्यक्ति दिउसोमा पनि बढी निधाउने, बोल्दा बोल्दै छिटो निदाउने र घुरी हाल्ने गर्छ ।

कतिपय कार्यक्रमका बेला मञ्चमा अथिति बनेका व्यक्तिहरु घुरेर निदाएको देखिन्छ , यता कार्यक्रम चलिरहेको भएपनि उनिहरु निदाउछन त्यो आनन्दले निदाएको वा वेवास्ताले निदाएको होइन यही ‘अक्सट्रप्टीभ अप्नीया सिन्ड्रम’को कारणले भएको हो ।

यस्ता व्यक्तिहरुलाई निदाए पनि झकझक्याउन पर्छ । नत्र कहिले काही अप्ठेरो पार्न सक्छ ।

समाधानको उपाय छैन त ?

यसको उपचार भनेको माथि उल्लेखीत समस्याहरुको सर्जरी वा अप्रेसन गर्नु हो । त्यसबाहेक भरपर्दो उपचार छैन । यद्धपी खानपीन, शारीरिक व्यायमले पनि कहिलेकाही नियन्त्रण गरेको पाइन्छ ।

किनभने बोसोले नलि साघुरयाउने काम गर्छ । त्यसैको अवरोधले मान्छे घुर्न थाल्छ ।

कस्ता व्यक्तिलाई हुन्छ यो समस्या ?

यस्तै व्यक्ति भन्ने हुदैन । किनकी सबैको अंग एकैनासको हुदैन तर प्राय लोग्ने मान्छेमा बढी देखिन्छ ।

मोटो व्यक्ति, शारीरिक व्यायम नगर्ने व्यक्ति, मांसहारी व्यक्ति, सूर्तिज्यन्य पदार्थ तथा मदिराजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा यो समस्या बढेको पाइन्छ ।

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

महिलाको यौन इच्छा बढाउने भियाग्रा स्वीकृत

औषधिको नियमन गर्ने अमेरिकी निकायले महिलाले प्रयोग गर्ने भ्लेसी नामक भियाग्रालाई स्वीकृत गरेको छ । यसको प्रयोगले यौन इच्छा कम भएका महिलामा यौन इच्छा वृद्धि हुनेछ । यसले यौन इच्छासँग जोडिएको मस्तिष्कसँग जोडिएको ‘पाथवे’ लाई सक्रिय बनाउँछ । यो भियाग्रा आउँदो सेप्टेम्बरदेखि औषधि पसलहरुमा उपलब्ध हुने जनाएको छ । यसअघिको भियाग्रा एड्डयी प्रयोग गर्दा रक्सी खानु हुँदैनथ्यो । तर भ्लेसी प्रयोग गर्दा रक्सी खान बन्देज छैन । यौन सम्बन्ध कायम गर्नु भन्दा ४५ मिनेट एक डोज लिनु पर्ने सुझाव दिएको छ । यस्तै, २४ घण्टा भित्र एक डोज भन्दा बढी र महिनामा ८ डोज भन्दा बढी लिन नहुने बताइएको छ । एजेन्सी

लोकप्रिय