‘माले, मसाले र मण्डले एकै ठाउँमा– मन्त्री बुढाथोकी

‘माले, मसाले र मण्डले एकै ठाउँमा– मन्त्री बुढाथोकी

भक्तपुर, १२ पुस । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले सत्ता पक्ष र प्रतिपक्षबीचको द्वन्द्वले देश गम्भीर सङ्कटमा परेको बताउनुभएको छ ।

आज राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ भक्तपुरको प्रथम साधारण सभामा उहाँले भन्नुभयो– “अहिलेको अवस्थामा सत्ता पक्ष र प्रतिपक्ष मिलेर संविधान कार्यान्वयनमा नगए देशले अनिष्ट भोग्नुपर्दछ ।”

मन्त्री बुढाथोकीले “यतिखेर माले, मसाले र मण्डले एकै ठाउँमा उभिएका छन्, यो निकै चिन्ता मान्ने बेला हो, यसवाट हामी सचेत हुनुपर्दछ” भन्दै जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिन र संविधान कार्यान्वयन हुन नदिन अहिले विभिन्न शक्ति केन्द्र सक्रिय रहेको बताउनुभयो ।

अहिले ‘माओवादी केन्द्र’ बाहेकका सबै कम्युनिस्ट एमालेको नेतृत्वमा एकै ठाउँमा आएर संसद् रोकी संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र गरिहेको आरोप लगाउँदै उहाँले एमाले विधिको शासनबाट भाग्न खोजेको टिप्पणी गर्नुभयो ।

मन्त्री बुढाथोकीले “संविधान संशोधन प्रस्ताव मतदानमै जान नदिने, यो विधिको शासनबाट एमाले भाग्दैछ, मतदानमै गएर यसलाई टुङ्गोमा पु¥याउनुपर्छ” भन्दै एमालेकै कारण संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन एमालेले षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो ।

कार्यक्रममा सांसदद्धय शिवबहादुर खड्का र रामेश्वर ढुङ्गेल, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले संसद् खुलाएर देशलाई अगाडी बढाउन ठूला दल मिल्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका भक्तपुर अध्यक्ष सुरेश राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष खिलनाथ दाहाल, काँग्रेसका नेता गणेशमान चक्रधर, मदनकृष्ण श्रेष्ठ, विकास थापालगायतले अपाङ्लाई शिक्षा, रोजगारीलगायत हरेक क्षेत्रमा समान अवसरको व्यवस्था गर्नुपर्ने र अपाङ्ग मैत्री भवन निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय