मिर्गौला राेगबाट मैले अामा गुमाए, अब कसैले गुमाउनु नपरोस्

मिर्गौला राेगबाट मैले अामा गुमाए, अब कसैले गुमाउनु नपरोस्

एकदिन अस्पतालमा एकजना नानी दुई सय रुपैया नभएर आफ्नो बुवाको डायलासिस गराउन नसकेर आसु झारिरहेको भेटें ।

आमा मिर्गौलाको बिरामी हुनुहुन्थ्यो । डायलासिस गराइरहनु पर्दथ्यो । म आमालाई असाध्यै माया गर्दथे । मलाई आमाको पिडा देख्दा असाध्यै माया लाग्दथ्यो । उहाँको पिडा देख्दा अलिकति पिडा लिन पाए लिन्थे जस्तो लाग्दथ्यो । म आमालाई सुमसुम्याउथे । चुम्मन गर्थे । त्यति बेला नेपालका थोरै अस्पतालमा मात्र डायलासिस सेवा थियो ।

नर्भिक हस्पिटलमा डा ऋषि काफ्लेले डायलासिस गरिदिनु हुन्थ्यो । आमाको उपचारकैलागि भारतको चेन्नई, मुम्बई पनि धायौ । मिर्गौला रोगको उपचार महंगो एकातिर दुख अर्कोतिर उत्तिकै । म अलि हुनुखाने व्यक्तिलाई त यस्तो छ भने आर्थिक अवस्था दयनिय भएकाहरुलाई कति गाह्रो हुँदो हो जस्तो लाग्दथ्यो ।

एकदिन अस्पतालमा एकजना नानी दुई सय रुपैया नभएर आफ्नो बुवाको डायलासिस गराउन नसकेर आसु झारिरहेको भेटें । मैले ती नानीलाई कुनै अप्ठ्यारो नमानी त्यति बेला दुई सय रुपैया दिए । पैसा दिएपछि मेरो मनमा लाग्यो, फेरि डायलासिस गराउनु पर्दा उनले कसरी खर्च जुटाउने होलिन ? किनकी डायलासिस हप्तामा २३ पटकसम्म गराउनु पर्छ । यस्ता थुप्रै घटना देखें मैले ।

मिर्गौला फेल भएकै कारण कारण मैले जन्मदाता आमा गुमाए । यसरी मैले एकातिर आमा गुमाउँदाको पीडा र अर्कोतिर मिर्गौला विरामी र उनीहरुका आफन्तका पीडा नजिकबाट बुझें ।

मिर्गौला फेल भएकै कारण कारण मैले जन्मदाता आमा गुमाए । यसरी मैले एकातिर आमा गुमाउँदाको पीडा र अर्कोतिर मिर्गौला विरामी र उनीहरुका आफन्तका पीडा नजिकबाट बुझें ।

मेरो भित्री मनदेखि नै मिर्गौलाका विरामीका लागि केही गर्नु पर्छ भन्ने लाग्यो । मैले यहाका चिकित्सकहरुलाई मेरो मनको कुरा सुनाए । आर्थिक अवस्था कमजोर भएका मिर्गौला विरामीहरुका लागि केही गरौ न भन्ने प्रस्ताव थुप्रै पटक राखे ।

तर कसैले पनि ध्यान दिएनन । म निरास नै भएकी थिए केही दिन त । एक दिन पशुपति नाथको दर्शन गर्न जादा पशुपति विकाष कोषका सदस्य सचिवलाई भने, मलाई आज नजिकबाट पशुपति नाथको दर्शन गराइदिनुस न ? प्राथना गर्नु छ ।

उनले मेरो आग्रह स्वीकारेर नजिकबाट दर्शन गर्ने व्यवस्था मिलाइदिए । मैले पशुपति नाथसँंग भने, हे भगवान मलाई नेपालमा मसँंग मिलेर मिर्गौला विरामीका लागि काम गर्ने व्यक्ति पठाइदिनुहोस । दर्शन गरेर म घर फर्के । घर फर्केपछि ल्यापटप खोले त मिर्गौला प्रत्यारोपण विज्ञ डा पुकारचन्द्र श्रेष्ठको इमेल आइरहेको थियो । उनले भनेका थिए, म मिर्गौला विरामीको उपचारकालागि तपाईसँंग मिलेर काम गर्न तयार छु ।

मैले इन्टरनेट मार्फत आफुले गर्न चाहेको कामका बिषयमा जानकारी गराएकी थिए । त्यही जानकारी थाहा पाएपछि डा पुकारले मलाई इमेल लेख्नु भएको रहेछ । त्यो दिन म यति धेरै खुशी भएकी त्यसको बर्णन नै गर्न सक्दिन ।

पशुपति नाथले नै मिर्गौला रोगीको उपचारका लागि डा पुकारलाई पठाइदिएको लाग्यो ।

पशुपति नाथले नै मिर्गौला रोगीको उपचारका लागि डा पुकारलाई पठाइदिएको लाग्यो । म भन्छु, उहाँ पशुपति नाथका बरदान हो । पैसाको पछि मात्र दगुर्ने जमानामा बेलायतको सुविधा सम्पन्न फ्रिम्यान हस्पिटल छोडेर सिप लिएर स्वदेश फर्कनु आफैमा ठूलो त्याग हो । उहाँ मिर्गौला प्रत्यारोपणविज्ञ नभएर कलेजो प्रत्यारोपण विज्ञ पनि हुनुहुन्छ ।

अब नेपालमै कलेजो प्रत्यारोपणको व्यवस्था पनि हुनु पर्छ । यसका लागि स्वास्थ्य सचिव ज्युले कानून परिवर्तन गर्नु परेपनि गर्नु पर्छ । सेवा सञ्चालन गर्नु पर्छ । डा पुकार जस्ता राम्रो डाक्टर पाउनु हाम्रोलागि बरदान हो । पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्र पाउनु हाम्रोलागि बरदान हो । पूर्वमुख्य सचिव लिलामणी पौडेल पाउनु बरदान हो ।

डा मिश्र, पौडेल र डा पुकारसँंग काम गर्दा मलाई सरकारप्रति आस्था बढेको छ । म र डा पुकार सहित डा। कुलचन्द्र गौतम, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा। बिमल थापा, शुदर्शन राज पाण्डे, नविना श्रेष्ठ सहितको आरोग्य प्रतिष्ठानले विपन्न मिर्गौला विरामीका लागि केही गर्न सकेका छौ ।

सन् २०१० मा आरोग्य प्रतिष्ठान स्थापना भएपछि सबभन्दा पहिले अंग प्रत्यारोपण गर्नु अघि अंगदाता र ग्रहणकर्ताबिच म्याच हुन्छ की हुदैन भनेर गरिने देशकै पहिलो एचएलए ल्याव स्थापना गर्यौ ।

सन् २०१० मा आरोग्य प्रतिष्ठान स्थापना भएपछि सबभन्दा पहिले अंग प्रत्यारोपण गर्नु अघि अंगदाता र ग्रहणकर्ताबिच म्याच हुन्छ की हुदैन भनेर गरिने देशकै पहिलो एचएलए ल्याव स्थापना गर्यौ । अहिलेसम्म यहाँ हजारौ जनाको एचएलए परिक्षण भइसकेको छ ।

त्यसको स्थापनाले ब्लड म्याचिडका लागि भारत जानु पर्ने बाध्यता हट्यो । सस्तोमा यही सेवा पाए । प्रतिष्ठानले सस्तोमा डयलासिस सेवा पनि दिन थाल्यौ । जनरल प्याथोलोजी ल्यावले सस्तोमा विपन्न विरामीलाई सेवा दिइरहेका छौ । प्रत्यारोपण गरेका व्यक्तिहरुलाई आय आर्जन मूलक तालिम समेत दिने गरेका छौ ।

मिर्गौला रोग लाग्न नदिन चेतनामूलक कार्यक्रमलाई पनि सँंगसँगै अगाडि बढाएका छौ । अंग प्रत्यारोपितहरुले सेवन गर्नु पर्ने औषधिको मात्रा कति छ भनेर जाच गर्ने सेवा भर्खरौ आरोग्यले भित्र्याएको छ । यसबाट सयौं मिर्गौला प्रत्यारोपीले जाचका लागि विदेश जानु पर्दैन ।

नेपालमा अंग दान दिने र प्रयारोपण गर्नेको कमि छैन । मस्तिष्क मृत्यु सम्बन्धी कानून बनेर पास भइसकेको छ । यो ठूलो सफलता हो ।

मस्तिष्क मृत्यु भएका सयौं व्यक्तिका अंग झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा अंग दान दिने र प्रयारोपण गर्नेको कमि छैन । मस्तिष्क मृत्यु सम्बन्धी कानून बनेर पास भइसकेको छ । यो ठूलो सफलता हो ।

अहिले सरकारले डाइलासिस सेवा र प्रत्यारोपण निशुल्क गरेको छ । यो राम्रो काम हो । म आफुलाई भाग्यमानी ठान्छु , यस किसिमको पुण्य कार्यमा हात हाल्न पाए । मिर्गौला विरामीलाई अझै गाह्रो छ । प्रत्यारोपणपछि औषधि सेवन गर्न समस्या छ ।

सरकारले कसरी हुन्छ विपन्नका लागि कम शुल्कमा औषधि दिन सकिन्छ यसमा पहल गर्नु पर्छ । म पनि यस काममा लाग्न तयार छु ।

सरकारले कसरी हुन्छ विपन्नका लागि कम शुल्कमा औषधि दिन सकिन्छ यसमा पहल गर्नु पर्छ । म पनि यस काममा लाग्न तयार छु । अन्धकारलाई सराप्नु भन्दा आफैले बत्ती बाल्नु पर्छ । आरोग्यले यो क्षेत्रमा केही गरेर देखाएको छ । व्यक्तिले सक्छ भने सरकारले नसक्ने कुरै भएन ।

पद र शक्तिको प्रयोग सही किसिमले सही ठाउमा प्रयोग गर्नु पर्छ । पापले कमाएको पद र प्रतिष्ठा क्षणिक हुन्छ । सच्चा हृदयले गरेको सेवा दीर्घकालिन र सफल हुन्छ । मिर्गौला विरामीका लागि हृयददेखि नै सेवामा जुटौ । (लेखक आनी प्रख्यात गायिका एवं आरोग्य प्रतिष्ठानकी अध्यक्ष हुन ।) हेल्थटुडेबाट साभार

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो। उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताउनुभयो । प्रसावमा रहेका पार्टी कमिटीहरुले पनि सहयोग पठाउने कार्य सुरु गरकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले जनताको दुःखपीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले संकटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो। यसअघि हिजो माओवादी केन्द्रको एसिया संगठन समितिले पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले दुई लाख लाख रुपैयाँ सहयोग नेपाल पठाएको जनाएको छ । मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञप्तिमार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गर्नुभएको छ ।

लोकप्रिय