‘मुसा’ को उत्कृष्ट प्रदर्शनले नाइजेरियाको शानदार जित, अर्जेन्टिनालाई कति राहत ?

‘मुसा’ को उत्कृष्ट प्रदर्शनले नाइजेरियाको शानदार जित, अर्जेन्टिनालाई कति राहत ?

मस्को । विश्वकप फुटबल अन्तर्गत शुक्रबार बेलुका भएको समूह ‘डी’ अन्तर्गतको खेलमा नाइजेरियाले पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डलाई हराएको छ । पहिलो खेलमा बलियो टिम अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेको आइसल्याण्ड दोस्रो खेलमा नाइजेरियासँग पराजित भएको हो । यो खेलमा नाइजेरियालाई जिताउन दुवै गोल अहमद मुसाले गरे ।

पहिलो हाफमा गोलरहित भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो । मुसाले ४९ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । उनैले ७५ औँ मिनेटमा अर्को सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे । आइसल्याण्डले त्यसपछि खेलमा फर्किने मौका पाएको थियो ।

८२ औँ मिनेटमा पाएको पेनाल्टीमा आइसल्याण्डका गिल्फी सिगुर्डसनले गोल गर्न सकेनन् । उनले प्रहार गरेको पेनाल्टी बल बार भन्दा माथिबाट गयो । नाइजेरियाका टिरोन्नी इबुएहीले आइसल्याण्डका अल्फ्रेड फिन्बोगासनलाई फउल गरेपछि आइसल्याण्डले पेनाल्टी पाएको हो । यो पेनाल्टीको निर्णय गर्नका लागि रेफ्री म्याथ्यु कोग्नरले भिएआरको सहायता लिएका थिए ।

यो पेनाल्टी मिस गर्ने त्यहि टिम हो, जसले पहिलो खेलमा स्टार स्ट्राइकर अर्जेन्टिनाका लियोनल मेस्सीको पेनाल्टीमा गोल हुन दिएको थिएन ।पहिलो खेलमा बराबरी गरेको आइसल्याण्ड दोस्रो खेलमा पराजित भयो ।

तर पहिलो खेलमा कोस्टारिकासँग २-० ले हारेको नाइजेरिया यसमा २-० ले नै विजयी भयो । यसअघि कोस्टारिकाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो । यो हारले अर्जेन्टिनाको अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको छ । तर आइसल्याण्डमाथि नाइजेरियाको जितले उसको सम्भावना केही बाँकी रहेको देखिएको छ ।

अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्नेछ । यो खेलमा जित निकालेमा र गोल अन्तर धेरै राख्न सकेमा अर्जेन्टिना अघिल्लो चरण जान सक्नेछ । यस्तै, आइसल्याण्डले अब क्रोएसियाको सामना गर्नेछ । यो समूहमा क्रोसियाको ६ तथा नाइजेरियाको ३ अंक भएको छ । आइसल्याण्ड र अर्जेन्टिनाको एक एक अंक मात्रै छ । -एजेन्सी

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय