यस्तो छ ८ महिनाअघि मात्रै सार्वजनिक इण्डो प्यासिफिक रणनीतिको गोप्य दस्तावेज
काठमाडौं । यतिखेर नेपालमा अमेरिकी सहयोगबाट सञ्चालन हुन सम्झौता भएको एमसिसी परियोजनाबारे बृहत चर्चा भइरहेको छ ।
नेपाल सरकारले यो योजना इण्डो प्यासिफिक रणनीति अन्तर्गत पर्छ कि पर्दैन भनेर अमेरिकी सरकारसँग जवाफ समेत माग गरेको छ ।
अमेरिकाको तत्कालिन ट्रम्प प्रशासनले सन् २०१८ मा इण्डो प्यासिफिक रणनीति ल्याएको थियो । यद्यपी बाइडेन सरकार नआउँदासम्म भने उक्त दस्तावेज गोप्य राखिएको थियो । सन् २०२१ को जनवरीमा मात्रै उक्त दस्तावेज सार्वजनिक भएको थियो ।
आइपिएस दस्तावेजको रणनीतिक ढाँचा नाम दिइएको उक्त दस्तावेजले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी विदेशी नीति र सहयोग यही रणनीतिक ढाँचालाई सहयोग पुर्याउन हुने स्पष्ट उल्लेख गरेको छ ।
ट्रम्प प्रशासनको बेला गोप्यरुपमा तयार पारिएको उक्त दस्तावेजले हिन्द–प्रसान्त क्षेत्रमा चीनलाई घेराबन्दी गर्दै अमेरिकी प्रभुत्व बढाउने कुरा उल्लेख गरेको छ ।
दस्तावेजमा यसका लागि भारत, जापान र अष्ट्रेलियालाई मुख्य साझेदार पार्टनरका रुपमा ब्याख्या गर्दै ती देशहरुलाई उल्लेख्य सहयोग गर्ने उद्देश्य समेत राखेको छ ।
१० पेष्ठ लामो दस्तावेजमा हिन्द प्रशान्त रणनीतिको मुख्य उद्देश्य नै चीनको प्रभाव कम गर्ने सो का लागि भारतलगायतका देशसँग सैन्य तथा प्राविधिक गठबन्धन बलियो बनाउने उल्लेख छ ।
भारत लगायतका देशहरुको सहयोगले रणनीतिकरुपमा महत्वपूर्ण हिन्द–प्रशान्त क्षेत्रमा चीनविरुद्ध शक्ति सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने दस्तावेजमा छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले सार्वजनिक गरेको उक्त दस्तावेज पछिल्लो समय व्हाइटको वेभसाइटमा पनि राखिएको छ । युएस स्ट्राटेजिक फ्रेमवर्क नाम दिइएको उक्त दस्तावेजमा दक्षिण तथा दक्षिण पूर्वी एशियामा भारतको भूमिका बढाउन अमेरिकाले सैन्य तथा अन्य क्षेत्रमा सहयोग गर्ने बताइएको छ । यसका लागि भारतलाई सैन्यलगायतका क्षेत्रमा अमेरिकाले सहयोग गर्ने र बंगलादेश, श्रीलंका तथा माल्दिभ्स जस्ता देशहरुसँग समेत रणनीतिक सझदारी कायम गरेर क्षेत्रीय गठबन्धन बनाउनुपर्ने बताइएको छ ।
दक्षिण तथा दक्षिण पूर्वी एशियालगायतका देशहरुका चीनको आर्थिक तथा राजनीतिक प्रभाव कम गर्न दक्षिण एशियामा भारतलाई निकै बलियो बनाउनुपर्ने र भारतको भूमिका झनै बढाउनुपर्ने दस्तावेजमा उल्लेख छ । चीनविरुद्ध भारत रणनीतिक साझेदार भएकोले उसको क्षमता अभिबृद्धिमा अमेरिकाले सहयोग गर्ने बताइएको छ । यसका साथै परमाणु आपूर्ति समहूमा भारतको सदस्यतालाई सहयोग गर्ने तथा राजनैतिक, सैन्य र जासुसी क्षेत्रमा समेत भारतको क्षमता बढाइने दस्तावेजमा उल्लेख छ ।
दस्तावेजको अध्ययन गर्दा अमेरिकाले वर्तमान विश्वमा चीनलाई मुख्य शत्रु मानेको र त्यसविरुद्ध भारत बलियो क्षेत्रीय सहयोगी देश बन्ने परिकल्पना गरेको छ । अर्कोतर्फ उत्तर कोरियालाई समेत अमेरिकासामु झुकाउन दबाब दिने रणनीति अख्तियार गर्नुपर्ने दस्तावेजमा छ ।
यो दस्तावेजले दक्षिण एशियाका देशहरुमा भारतीय हस्तक्षेप या प्रभुत्वलाई अमेरिकाले झनै प्रश्रय दिने देखिन्छ ।
थप कुराहरु
Key highlights of the report:
China
Assumes China “aims to dissolve U.S. alliances and partnerships in the region. China will exploit vacuums and opportunities created by these diminished bonds.”
“China seeks to dominate cutting-edge technologies, including artificial intelligence and bio-genetics, and harness them in the service of authoritarianism. Chinese dominance in these technologies would pose profound challenges to free societies.”
“China will take increasingly assertive steps to compel unification with Taiwan.”
Act to “counter Chinese predatory economic practices that freeze out foreign competition, undermine U.S. economic competitiveness, and abet the Chinese Communist Party’s aspiration to dominate the 21st century economy.”
“Build an international consensus that China’s industrial policies and unfair trading practices are damaging the global trading system.”
“Work closely with allies and like-minded countries to prevent Chinese acquisition of military and strategic capabilities.”
India
Desired outcome: “India’s preferred partner on security issues is the United States. The two cooperate to preserve maritime security and counter Chinese influence in South and Southeast Asia and other regions of mutual concern.”
“India remains preeminent in South Asia and takes the leading role in maintaining Indian Ocean security.”
“Accelerate India’s rise and capacity to serve as a net provider of security and Major Defense Partner; solidify an enduring strategic partnership with India underpinned by a strong Indian military.”
“Strengthen the capacity of emerging partners in South Asia, including the Maldives, Bangladesh, and Sri Lanka, to contribute to a free and open order.”
Taiwan
“Devise and implement a defense strategy capable of, but not limited to: (1) denying China sustained air and sea dominance inside the “first island chain” in a conflict; (2) defending the first-island-chain nations, including Taiwan; and (3) dominating all domains outside the first island-chain.”
“Enable Taiwan to develop an effective asymmetric defense strategy and capabilities that will help ensure its security, freedom from coercion, resilience, and ability to engage China on its own terms.”
North Korea
Objective: “Convince the Kim regime that the only path to its survival is to relinquish its nuclear weapons.”
“Maximize pressure on Pyongyang using economic, diplomatic, military, law enforcement, intelligence, and information tools to cripple North Korea’s weapons of mass destruction programs, choke off currency flows, weaken the regime, and set the conditions for negotiations aimed at reversing its nuclear and missile programs, ultimately achieving the complete, verifiable, and irreversible denuclearization of the Peninsula.”
“Do this by: (1) helping South Korea and Japan acquire advanced, conventional military capabilities; (2) drawing south Korea and Japan closer to one another.”
Southeast Asia
Objective: “Promote and reinforce Southeast Asia and Asean’s central role in the region’s security architecture, and encourage it to speak with one voice on key issues.”
“Promote an integrated economic development model in the Indo-Pacific that provides a credible alternative to One Belt One Road; create a task force on how best to use public-private partnerships.”
दस्तावेजकाे पूर्ण पाठ यहाँ क्लिक गरेर डाउनलाेड गर्न सकिन्छ ।
IPS-Final-Declass
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन
एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षको उमेरमा शुक्रबार साँझ सिंहको निधन भएको हो। डा.सिंहको स्वास्थ्य बिग्रिएपछि शुक्रबार साँझ नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। उहाँको स्थानीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री हुनुभएको थियो। उहाँ सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ सन् १९९१ देखि ९६ सम्म देशको अर्थमन्त्री पनि बन्नुभएको थियो। उहाँ भारतको अर्थ सुधारक वित्तमन्त्रीका रूपमा परिचित हुनुहुन्थ्यो।
प्रधानमन्त्री ओलीलाई विप्लवको चेतावनीः 'जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर'
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीहरु बन्दुकको मोर्चाबाट कलमको मोर्चामा आएपछि रक्षात्मक भएको टिप्पणी गनुभएको छ। आज (बिहीबार)माओ दिवसको अवसरमा काठमाडोंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी वर्गप्रति इमानदार हुन नसकेको हो कि जस्तो देखिएको बताउनुभयो। अहिले माओवादीविरुद्ध भयाङ्कर गोलावारीहरु चलिरहेको उहाँले बताउनुभयो। ‘जनयुद्ध के थियो भन्नेबारेमा त्यसलाई विषयान्तर गर्ने, तोडमोड गर्ने, जनयुद्धलाई लागेपुगेसम्म जनताको हातबाट खोस्ने र जनयुद्धमाथि हमला बोल्ने लडाइँ चलिरहेको छ,’– विप्लले भन्नुभयो, ‘जसलाई जनयुद्धको ज पनि थाहा छैन । ती मान्छेहरुले जनयुद्धको बारेमा भयाङ्कर ठूलो हमला बोलिरहेको बेलामा हाम्रो कलमको मोर्चालाई अझ सशक्त बनाउनुपर्ने अवस्था छ ।’ सो क्रममा उहाँले जनयुद्धलाई विषयान्तर गर्न खोज्नेहरुलाई ढेडुको संज्ञा दिनुभयो । उहाँले अहिले नेपाल दलाल पुँजिपतिहरुको हैकमभित्र छट्पटाइरहेको बताउनुभयो । माओवादीले सामन्तवादलाई पछारेपनि दलाल पुँजिपति र साम्राज्वादीहरुलाई पछार्न बाँकी नै रहेको विप्लवको भनाइ छ । माओवादीले युद्ध जित्नै बाँकी रहेको उहाँको भनाइ छ । साथै,उहाँले माओवादी जनयुद्ध सुन्नै नचाहनेहरुले अहिले संसद्देखि न्यायलयसम्म खिसिट्यूरी गरिरहेको बताउनुभयो। ‘माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा त्यसलाई खिसीट्यूरी गर्ने काम संसद्मा पनि चलिरहेको छ । त्यो कुरा अन्यत्र पनि चलिरहेको छ र विभिन्न क्षेत्रबाट न्यायलयमा पनि पुगेको छ । अस्तीमात्रै जनयुद्ध नभन्नु भनेर प्रतिबन्ध लगाएको कुरा पनि हामीले सुन्यौं । जनयुद्ध नभएर के हो त यो ?अरु त ठीक छ, तर सपना मल्ल प्रधानलाई एउटा कुरा सोध्न मन लागेको छ । सपना मल्लको हात काक्यो कि कामेन ? जनयुद्ध होईन भनेर भन्दा त्यहाँ कसले पुर्यायो ? नेपालमा महिलाहरुलाई, श्रमिकहरुलाई सत्ताको मालिक बन्ने ठाउँमा, फैसला गर्ने ठाउँमा कसले पुर्यायो । महिलाहरु योग्य छन् भन्ने कुरा कसले स्थापित गरायो ?’ प्रश्न गर्दैै उहाँले भन्नुभयो । सम्बोधनका क्रममा विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर्न चेतावनी दिनुभयो। प्रकाश सपुतको गीत स्मरण गराउँदै उहाँले भन्नुभयो ‘प्रकाश सपुतले लेखेको गीतको याद आउँछ– रातो स्कुटर कसले किन्दियो ? केपीजीलाई सोध्नुपर्ने भएको छ– 'केपीजी तपाईँलाई ताज कसले पहिराइदियो, तपाईलाई कुर्सी कसले पहिराइदियो ? तपाईँलाई राज कसले ल्याइदियो ?’ तपाईँले लाएको ताज, तपाईँले चलाएको राज, तपाईँको कुर्सी, तपाईँको झुर्की सबै कसले खडा गर्दियो ? उसो हो भने सबै ताज फुकालेर हामीलाई हस्तान्तरण गर । जनयुद्धले ल्याइदिएको ताज तिमी लाउने पाउँदैनौं भन्नुपर्छ कि पर्दैन । हामीले पाउनुपर्यो नि । तिमीले अहिले भनेको गणतन्त्र के कारणले आएको ? गणतन्त्रको संस्थापक को हो ? यो कुरा सत्य बोल्नुपर्छ कि पर्दैन ?'
सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित
काठमाडौं। सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ।बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको छ। विज्ञ, अर्थ मन्त्रालय र कानून मन्त्रालय, संशोधनकर्ता सांसदहरु र सांसदहरुबीच विधेयकका विषयमा दफाबार समेत गरी लामो छलफल पश्चात समितिले विधेयकलाई पास गरेको अर्थसमिति सभापति सन्तोष चालिसेले बताउनुभयो। सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी,बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने उहाँले बताउनुभयो। सभापति चालिसेले ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरुलाई सहज र फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी गरिने बताउनुभयो। उहाँले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुईवटा विधेयक समितिबाट पास गरेको बताउनुभयो। समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पती धितो राखि गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी चल सम्पती भन्ने शब्द राखेको छ । विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटी भएपनि भन्ने शब्दहरुको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटी भएपनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ।
माओत्सेतुङबाट प्रेरणा लिंदै नेपाली विशेषताको समाजवाद निर्माणमा जुट्न आवश्यकः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङबाट वैचारिक प्रेरणा लिंदै नेपाली विशेषतासहितको समाजवाद निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ । माओत्सेतुङको जन्म दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रस्तुत छ वक्तव्यको पूर्ण पाठः आज २६ डिसेम्बर, अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान नेता एवं विचारक क. माओत्सेतुङको जन्म दिन । यस अवसरमा हाम्रो पार्टी कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १८९३ डिसेम्बर २६ मा कमरेड माओत्सेतुङको जन्म भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक कमरेड माओत्सेतुङ संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत हुनुहुन्छ । कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुभयो । कमरेड माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको छ । हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं । विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ । कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।