यी हुन् बाँचुन्जेल टिकटमा हालीमुहाली जमाउने नेताहरु

यी हुन् बाँचुन्जेल टिकटमा हालीमुहाली जमाउने नेताहरु

काठमाडौं, कात्तिक ११ ।  लोकतन्त्र, समानता, न्याय र समान अवसरका नारा बोक्ने राजनीतिक दलहरू आफैंमा कति लोकतान्त्रिक छन् भन्ने तिनले चुनावमा उठाएका उम्मेदवारको निरन्तरताबाट थाहा हुन्छ । नेपालको राजनीतिमा बेलाबेलामा परिवारवादको चर्चा भएसँगै चुनावमा टिकट लिने र दिने सवालमा ‘बूढो साँढेले झैं ओगटिरहने’ प्रवृत्ति व्यापक छ । एकपटक नेता भएपछि बाँचुन्जेल नेता, एकपटक कुनै क्षेत्रबाट चुनावमा उम्मेदवारी पाएपछि त्यही क्षेत्र वा जिल्लालाई आफ्नो पेवा ठानेर बस्ने प्रवृत्तिले जरा गाडेको छ । त्यस्ता क्षेत्र र जिल्लामा अर्कोले नेतृत्व पाउन ‘पहाडै खस्नुपर्ने’ अवस्था छ ।

एकपटक चर्चा भएपछि या कतैबाट चुनिएर आएपछि त्यो साख जोगाउनकै लागि पनि उनीहरू फेरिफेरि चुनावमा जितिरहने लक्ष्य राख्छन्’ दर्शनाको बुझाइमा यसरी एउटै व्यक्ति राजनीतिमा रहनुमा जनता पनि उत्तिकै जिम्मेवार छन् । 

एउटैलाई अवसर
पञ्चायतकालमा कांग्रेसको राजनीति गर्दागर्दै राष्ट्रिय पञ्चायतमा सदस्य भएका नुवाकोटका अर्जुननरसिंह केसी पञ्चायतकालमै दुईपटक राष्ट्रिय पञ्चायत सदस्यमा (रापस) मा उठे र एकपटक स्वास्थ्य सहायकमन्त्री, एकपटक यातायात राज्यमन्त्रीसमेत भए । पछि जिल्ला पञ्चायतको सभापतिसमेत भए । उनी ४६ सालको जनआन्दोलनताका सभापतिकै नाताले ‘जनआन्दोलन प्रतिकार समितिको जिल्ला संयोजक’ थिए । बहुदल आएपछि उनी राप्रपा थापाका संस्थापक महामन्त्रीसमेत बने । लगत्तै कांग्रेस प्रवेश गरेका उनले एकैपटकमा नुवाकोटबाट सांसदको टिकट पाए ।

बहुदलीय व्यवस्थाअन्तर्गतको संसदमा पाँचपटक उम्मेदवार बन्ने अवसर पाएका उनी पञ्चायतमा समेत गरेर पाँचपटक मन्त्री भइसकेका छन् । सम्पन्न कांग्रेसको तेह्रौं महाधिवशेनमा उनी सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्री पदाका प्रत्याशीसमेत थिए । आउँदो संघीय संसद्मा पनि उनी प्रत्यक्षतर्फबाट कांग्रेसको उम्मेदवार हुने भएका छन् ।

पञ्चायतकालमै संयुक्त राष्ट्रसंघको जागिर खाएका डा. रामशरण महत शेरबहादुर देउवा नेविसंघका अध्यक्ष हुँदा उक्त संगठनको महामन्त्री थिए । राजनीति गर्नकै लागि ‘कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबाट बोलाइएका’ उनी २०४८ को संसदीय चुनावमा नुवाकोटबाट कांग्रेसको तर्फबाट चुनाव लडे । चुनाव हारेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेका महत नुवाकोटबाटै पाँचपटकसम्म सांसदको टिकट पाएर चारपटक जित हात पार्न सक्षम बने । उनी चारपटक अर्थ र एकपटक परराष्ट्र मन्त्रीसमेत भइसकेका छन् ।

ठूलाको ठाउँ
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २०४८ सालदेखि भएका प्रतिनिधि सभा÷संविधानसभाको सबै चुनावमा तनहुँबाट निरन्तर उठ्दै र जित्दै आएका छन् । २०४८ मा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वा्चित उनी उक्त क्षेत्रमा वामपन्थीको प्रभाव बलियो देखिएपछि दोस्रो पटकदेखि कांग्रेसको बलियो पकड भएको सोही जिल्लाको क्षेत्र नम्बर २ बाट निरन्तर चुनावमा उठ्दै आए । अहिले तनहुँमा दुई क्षेत्र मात्रै कायम गरिएपछि उनी तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने आधिकारिक घोषणा भइसकेको छ ।

२०४८ सालमा कुनै पार्टीको सदस्यता लिएको व्यक्ति सामान्य हिसाबले पनि अहिले ४२ वर्षको भइसकेका हुन्छन् । एउटा क्षेत्रमा कुनै पार्टीको एउटै व्यक्ति बारम्बार उम्मेदवार हुँदाको असर त्यस बयालीसबर्से व्यक्तिको यात्रा केवल ‘कार्यकर्ताबाट केवल कार्यकर्ता’ सम्म मात्र हुनु विडम्बनापूर्ण हो ।

एकपटक प्रतिनिधिसभाको सभामुख भएका उनले निरन्तर रूपमा विभिन्न मन्त्रालय सम्हालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पनि आफ्नो गृह जिल्ला डडेलधुराबाट २०४८ सालयता सांसदमा निरन्तर जित्दै आएका छन् । अहिलेसम्म चारपटक प्रधानमन्त्री भएका उनी तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा गृहमन्त्रीको यात्रा प्रारम्भ गर्दै राज्य र कांग्रेसको राजनीतिमा मियो नै बन्न सफल भए ।

सदावहार मन्त्री
कांग्रेसबाट राजनीति थालेका विजयकुमार गच्छदार सदावहार मन्त्रीका रूपमा चर्चित छन् । पहिलोपटक २०४८ को चुनावमा कांग्रेसबाट टिकट पाएर सुनसरीबाट सांसद बनेका उनले अवसर र पदका लागि कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । उनी अहिलेसम्म पाँचपटक सांसद भइसकेका छन् भने दर्जनभन्दा बढी उपप्रधानमन्त्री र मन्त्री बनिसकेका छन् । केही साताअघिसम्म मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष रहेका उनी अहिले कांग्रेस छिरेर फेरि पनि सुनसरीबाटै उम्मेदवार बनेका छन् । लाज नमानीकन अवसर छोप्न जानेका उनलाई मन्त्री बन्ने सन्दर्भमा कतिपयले ‘प्रवृत्ति’ कै रूपमा लिने गर्छन् । संविधानसभाले संविधान जारी गर्दा मधेसको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका गच्छदारले संविधान निर्माणमा पनि महत्वपूर्ण भूमिका खेले ।

पञ्चायतदेखिको जरो
सिन्धुपाल्चोकबाट पञ्चायतकालमा दुईपटक रापंसमा चुनिएका पशुपतिशमशेर राणा त्यही बेला पटकपटक मन्त्री भए । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका साख्खै नाति उनी आउँदो चुनावमा लोकतान्त्रिक गठबन्धनको समर्थनमा राप्रपा प्रजातान्त्रिकको तर्फबाट सिन्धुपाल्चोकबाट उठेका छन् । उनी दरबार हत्याकाण्डताका तत्कालीन युवराज दीपेन्द्रकी प्रेमिकाका रूपमा चर्चित युवती देयवानी राणाका पिता हुन् । भारतको सिन्धिया खानदानका ज्वाइँ यिनलाई सिन्धुपाल्चोकका कतिपय जनताले अहिले पनि ‘राजासाहेब’ मात्र नभएर हेलम्बुका शेर्पिनीहरू आफ्नो छोरोका रूपमा समेत लिन्छन् । राणा स्वयं हेलम्बुका शेर्पिनीहरूलाई धाईआमा भन्छन् । २०४८ सालदेखि उनी निरन्तर सिन्धुपाल्चोकबाट सांसदमा उठ्दै आएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनताका चर्चित महाकाली सन्धिको समयमा उनी जलस्रोतमन्त्री रहेका थिए ।

वामः बारम्बार एकै ठाउँ
एमाले अध्यक्ष केपी शर्मा ओली झापामा २०४८ सालदेखि निरन्तर चुनावमा उठ्दै आएका छन् र जित्दै पनि आएका छन् । पहिलो संविधानसभाको चुनावबाहेक अन्यमा उनले जितेका छन् । इलामबाट २०५१ सालको चुनावबाट उदाएका सुवास नेम्बाङ त्यहींबाट बारम्बार उठ्दै र जित्दै आएका छन् । एमाले संसदीय दलको उपनेताका रूपमा रहेका नेम्बाङकै सक्रियतामा दोस्रो संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गर्न सफल भयो । एमाले वरिष्ठ नेता झलनाथ खनाल पनि निरन्तर २०४८ देखि इलामबाट उठ्दै आएका छन् ।

‘शीर्ष नेतृत्व एउटै क्षेत्र वा जिल्लाबाट बारम्बार चुनाव उठ्ने शक्तिको विषय हुने रहेछ’, एमाले नेता राजेन्द्र राई भन्छन्, ‘पार्टी्भित्र पद्धति र प्रक्रियाभन्दा व्यक्ति ठूलो मान्ने सामन्ती संस्कारका कारण यस्तो भएको हो ।

२०५६ मा एकपटकबाहेक उनले त्यहाँबाट चुनाव जितेका पनि छन् । पूर्वी कोशी प्रान्तीय कमिटीदेखि नेकपा (माले) सम्मको इतिहास बोकेका खनाल तत्कालीन मालेका संस्थापक महासचिव चन्द्रप्रकाश मैनालीलाई अपदस्थ गरी पार्टीको महासचिव बन्न सफल भएका थिए । छमहिने कार्यकालको प्रधानमन्त्री भएका खनाल भारत भ्रमण नजाने एक मात्र विगत २८ वर्षयताका प्रधानमन्त्रीका रूपमा रहेका छन् ।

२०४४ सालमा जिल्ला पञ्चायत धादिङका सभापति चुनिएका राजेन्द्र पाण्डेले पनि त्यसपछि धादिङ छोडेका छैनन् । ‘मुख्यमन्त्री खान’ धादिङबाटै यसपटक प्रदेशसभामा झरेका उनले पहिलो संविधानसभाको चुनावबाहेक अन्य चुनाव हारेका छैनन् । २०४८ को निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट सांसद बनेका सो पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पनि आफ्नो ‘मादल’ अहिलेसम्म निरन्तर घन्काइरहेका छन् ।

२०४८ पछिका सबै प्रतिनिधिसभा÷संविधानसभाको चुनावमा उनी जितिरहेका छन् । मन्त्री खाएर ‘नबिटुलिने’ उनको पार्टीको सिद्धान्त रहिआएको छ । यी केही प्रतिनिधि पात्र र प्रवृत्ति अहिले पनि आफूलाई खास कुनै क्षेत्रको उम्मेदवारका रूपमा स्थापित गर्ने र त्यही विरासतलाई निरन्तरता दिने प्रयासमा कैयन् राजनीतिज्ञहरू पनि लागिरहेका छन् । स्थानीय निकायमा पनि यो प्रवृत्ति देखिन्छ ।

असर र प्रभाव
२०४८ सालमा कुनै पार्टीको सदस्यता लिएको व्यक्ति सामान्य हिसाबले पनि अहिले ४२ वर्षको भइसकेका हुन्छन् । एउटा क्षेत्रमा कुनै पार्टीको एउटै व्यक्ति बारम्बार उम्मेदवार हुँदाको असर त्यस बयालीसबर्से व्यक्तिको यात्रा केवल ‘कार्यकर्ताबाट केवल कार्यकर्ता’ सम्म मात्र हुनु विडम्बनापूर्ण हो ।

उसो त साविकका गाविस, नगरपालिका आदि स्थानबाट समेत प्रतिनिधित्व हुने र आफूलाई नेतृत्वका रूपमा विकास गर्ने अवसरसमेत तिनले पाउने नै थिए नि भन्ने बहस पनि गर्न सकिन्छ, तर त्यस्तो खालको नेतृत्वको प्रभाव राष्ट्रिय राजनीतिमा कम हुन्छ । देउवा, पौडेल, ओली, खनाल, महतले त तीन दशक एकछत्र उम्मेदवार हुने अवसर पाए, यहाँ त केसी, लोहनी, राणाजस्ता चार दशकदेखि राजनीति ओगटिरहनेको अहिले पनि दबदबा छ । त्यसो हुँदा कपाल फुलेको नेतृत्वले रन्जु दर्शना जस्ता नातिनी पुस्तालाई आफ्नो पेवा क्षेत्रमा स्विकार्ने सम्भावना त हुँदैन नै, अन्यत्र पनि युवा नेतृत्व ल्याउन चाहँदैन ।

जागिर र बजेटको जालो
सामान्यतया चर्चाले मानिसको प्रतिष्ठा उकास्छ । एकपटक समाजमा चर्चा बटुलेको या शक्तिमा आएको मान्छे त्यहाँबाट तल होइन, अझ माथि उक्लिन चाहन्छ । शैक्षिक अथवा कुनै योग्यताको कुनै प्रमाणपत्र पेस गर्नुनपर्ने राजनीतिजस्तो अनौठो पेसाले हाम्रोजस्तो अर्धसामन्ती समाजमा पर्याप्त शक्ति संकलन गर्छ । कोही व्यक्तिले गलत काम गरेर प्रहरीले समात्यो, अब ऊ र उसका आफन्तले राजनीतिक दल अथा उसका नेतामार्फत भनसुन गरेर छुटाउन खोज्छन् ।

कतै जागिर खुल्यो, नेता आफू आर्जित ‘शक्ति’ कै आधारमा त्यो जागिर आफ्ना कार्यकर्ता या आफन्तलाई दिलाउने प्रयास गर्छ । जस्तो कि धेरैपटक अर्थमन्त्री भएका महतले आफ्नो क्षेत्रका थुपै्र कांग्रेस कार्यकर्तालाई विभिन्न बैंकमा जागिर खुवाउन सफल भएको उनीनिकट नै बताउँछन् । भ्रष्टाचार मुद्दामा जेलसमेत परेका र अहिलेसमेत कांग्रेसमा उत्तिकै प्रभाव उक्त पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काले थुप्रै कार्यकर्तालाई प्रहरीको जागिर खुवाएको उनी निकटकै मानिसहरू बताउँछन् ।

यही जागिरको सञ्जालको जगमा महत र खड्काहरू अहिले पनि आफ्ना क्षेत्रमा ‘जनप्रिय’ छन् । त्यतिमात्र होइन, कुनै खास क्षेत्रमा आफूलाई स्थापित गर्न आफ्नो क्षेत्रमा बजेट लैजाने होडबाजी पनि उत्तिकै गर्छन् निर्वा्चितहरू । राज्यको बजेट लगेर आफ्नोमा पार्न जसले सक्यो, उही नै बढी विकासवादी देखिने हुनाले पनि खास जिल्लामा एउटैको हालीमुहाली बढेको हो ।

निरुत्साहन कसरी ?
विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शना यसो हुनुमा ‘इगो’ प्रमुख कारण रहेको बताउँछिन् । ‘एकपटक चर्चा भएपछि या कतैबाट चुनिएर आएपछि त्यो साख जोगाउनकै लागि पनि उनीहरू फेरिफेरि चुनावमा जितिरहने लक्ष्य राख्छन्’ उनी भन्छिन्, ‘तर त्यसो भएपछि उनीहरूले वर्षौंसम्म राजनीतिमा आउन चाहने अन्य व्यक्तिहरूलाई पछाडि पारि नै रहन्छन् ।’ दर्शनाको बुझाइमा यसरी एउटै व्यक्ति राजनीतिमा रहनुमा जनता पनि उत्तिकै जिम्मेवार छन् । एउटा खास व्यक्ति वा पार्टीलाई मात्र निरन्तर भोट हाल्ने बानीकै कारण पनि त्यस्ता नेताहरू प्रोत्साहित भएको र जनता स्वयं सच्चिएमा मात्र यस्तो प्रवृत्तिको अन्त्य हुने ठान्छिन् उनी ।

नेविसंघ नेता जयराम दाहाल दशकौंसम्म एउटै व्यक्तिले एउटै क्षेत्र ओगटिदिएका कारण राजनीतिमा युवाहरूले भविष्य नदेखेको बताउँछन् । ‘केही गर्छु नि त भनेर राजनीतिमा आउने युवाहरू राजनीतिलाई पेसा बनाएर ढाडिएका नेताहरूकै सिकार हुन्छन्’ दाहाल भन्छन्, ‘यसका लागि पार्टी्भित्रै युवाहरूले सशक्त हस्तक्षेप गर्नुको विकल्प छैन । भोट दिने युवाहरूले पनि युवा पुस्तालाई विश्वास गरे मात्र राजनीतिमा बूढाहरूको सिन्डिकेट अन्त्य हुन्छ ।’

‘शीर्ष नेतृत्व एउटै क्षेत्र वा जिल्लाबाट बारम्बार चुनाव उठ्ने शक्तिको विषय हुने रहेछ’, एमाले नेता राजेन्द्र राई भन्छन्, ‘पार्टी्भित्र पद्धति र प्रक्रियाभन्दा व्यक्ति ठूलो मान्ने सामन्ती संस्कारका कारण यस्तो भएको हो ।’ राई एउटा व्यक्ति यति पटकसम्म चुनावमा उठ्न पाउने भन्ने प्रावधान बनाएर अघि बढेमा युवा पुस्ताले अवसर पाउने बताउँछन् । -अन्नपूर्णबाट

किन चुलिदैछ कांग्रेसभित्र सरकारप्रतिको असन्तुष्टि

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला आफ्नै पार्टीसमेत संलग्न सरकारले सय दिन पनि पूरा नगर्दै चर्को असन्तुष्टि व्यक्त गर्न थालेका छन् । सामान्यतः सरकार बनेको सय दिनलाई ‘हनिमुन’ अवधिका रूपमा लिएर अरूले पनि शंकाको सुविधा दिने राजनीतिक प्रचलन छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको साढे दुई महिना मात्र हुँदै गर्दा सत्तारूढ दलकै नेता कोइरालाबाट आलोचना हुन थालेको हो । अनेक शंका–उपशंकाका बीच कोइराला भने अन्य कारण नभएर प्रधानमन्त्री ओलीका केही कार्यशैलीगत विषयप्रति मात्र आफ्नो असन्तुष्टि रहेको बताउँछन् । खासगरी ओली सरकारले गरेका केही निर्णय र पहलकदमीप्रति कोइरालाको मुख्य चासो देखिएको छ । उद्योगीहरूबाट ‘डेडिकेटेड र ट्रंकलाइन’ को महसुल भुक्तानी गर्ने विषयलाई लिएर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको योजनाप्रति आफ्नो समर्थन नरहेको उनले बताए । ‘कुलमानका कमीकमजोरी थिए भने त्यसलाई हेर्न राज्यका संयन्त्रहरू थिए तर डेटिकेटेड र ट्रंकलाइनको महसुल भुक्तानीको विषयमा जसरी उनलाई हटाउन खोजियो, त्यसमा मेरो असन्तुष्टि हो,’ उनले भने । बालुवाटारमा सर्वदलीय बैठक राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन गरिएको निर्णयप्रति पनि कोइरालाको आपत्ति नै थियो । संसद्मा रानाविरुद्धको प्रस्ताव दर्ता गर्न कांग्रेस र एमालेका मुख्य सचेतकहरूले हस्ताक्षर संकलन गरिरहेको दिन कोइराला पार्टी सभापति शेरबहादुर देउवा र इतरसमूहका नेताहरूसँग असन्तुष्टि जनाउ दिएर आँखा उपचारका लागि सिंगापुर हिँडेका थिए तर पूर्वको सिंगापुर जान उनले पश्चिम दिल्लीको बाटो लिएका थिए । ‘एकपटक हामी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगमा गएर फसेका छौं, अहिले फेरि उपसभामुखलाई हटाउने भनेर फस्न हुन्न भन्ने मेरो कुरा थियो । न दुई तिहाइ पुग्ने अवस्था थियो, न उनीविरुद्धको आरोप पुष्टि हुने अवस्था नै थियो, त्यसैले शेरबहादुरजीलाई नै असन्तुष्टि जनाएर म हिँडेको थिएँ,’ उनले भने । सत्ता गठबन्धनमा कांग्रेस–एमालेका अलावा अशोक राई नेतृत्वको जसपा, महन्थ ठाकुर नेतृत्वको लोसपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि छन् । सत्तामा रहेका सबै दलको सांसद संख्या जोड्दा पनि दुई तिहाइ पुग्दैन । ‘तर अपुग २/३ सांसद पुर्‍याउन सरकारलाई समस्या थिएन । मधेसमा सत्ता सहकार्य गरेको जनमत वा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमध्ये एउटा दलले समर्थन गर्दा सहजै दुई तिहाइ पुग्थ्यो । कोइरालाकै असन्तुष्टिले प्रधानमन्त्री ओली र हाम्रा सभापति देउवा हच्किनुभयो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेका बेला पार्टीभित्रै असन्तुष्टि बढाउँदा समीकरण तलमाथि हुन सक्ने चिन्ता देखिएपछि रोकिएको हो ।’ कोइरालाको असन्तुष्टिकै कारण उनीनिकट सदस्यहरूले उपसभामुखलाई हटाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् । कोइरालाको साथ नपाएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रानालाई उपसभामुखबाट हटाउने निर्णयबाट पछि हटे । माओवादीसँग सहकार्य गरेकै बेलादेखि सरकारको स्थिरिता र विकासका लागि कांग्रेसले एमालेसँग समीकरण गर्नुपर्ने पक्षमा कोइराला थिए । डेढ वर्षअघि एमालेले सरकार छाडेपछि कांग्रेस–माओवादी सत्ता सहकार्यमा रहेका बेला कोइरालाकै योजनामा कोशी प्रदेश सरकार गठनमा ‘विद्रोह’ गरिएको थियो । संघ र अरु सबै प्रदेशमा माओवादीसँगको गठबन्धनमा सरकार बन्दा कोशी प्रदेशमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका थिए । कार्की कोइरालाका विश्वासपात्र हुन् । त्यतिबेलादेखि नै कोइरालाले प्रतिनिधिसभाको संसदीय दलमा बहुमत जुटाउने कसरत पनि गरेको नेताहरू बताउँछन् । बहुमत सांसद आफ्नो पक्षमा नदेखिएपछि नै देउवालाई विस्थापित गर्ने योजनाबाट कोइराला पछि हटेका हुन् । माओवादीले गत फागुनमा कांग्रेस छाडेर एमालेसँग सत्तासमीकरण बनाएको थियो । त्यस समीकरणले चार महिना पार नगर्दै गत असारमा कांग्रेस–एमालेको सत्ता सहकार्य सुरु भयो । आफैंले चाहेअनुसारको समीकरण बने पनि नयाँ सरकारले सय दिन पार नगर्दै कांग्रेस नेता कोइरालामा छटपटी देखिन थालेको हो । कतिपय नेताको बुझाइमा भने ओली सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेको अवस्थामा कोइराला लाभ लिन प्रयासमा भित्रभित्रै लागिरहेका छन् । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतबाट भ्रमणको निमन्त्रणा हुने प्रचलन छ । तर ओलीले अहिलेसम्म भारत भ्रमणको निम्तो पाएका छैनन् । संयुक्त राष्ट्रसंघको महासभाका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता मिलाउन पनि ठूलै कसरत गर्नुपर्‍यो । कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदसमेत ओली नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थिरताको प्रत्याभूति दिने गरी काम गर्न नसकेको बताउँछन् । साउदको भनाइले समेत सरकारलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको संकेत दिन्छ । कोइरालानिकट केन्द्रीय सदस्य गोविन्द पोखरेल ओली नेतृत्वको सरकारले पनि जनतामा भरोसा जगाउन नसके कांग्रेसभित्रबाट कोइरालाले प्रधानमन्त्रीका लागि प्रयास गर्नुपर्ने बताउँछन् । ‘शेखर दाइमा आफ्नो भविष्यको चिन्ताभन्दा सरकारले बढाएको निराशाले छटपटी छ । सरकारका कारण चरम निराशा अझै बढ्दै गए विस्फोटक स्थितिबाट मुलुकलाई जोगाउन शेखर दाइ अघि बढ्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्छ,’ उनले भने, ‘पार्टीभित्र कुनै विवादमा नपरेका, केही आशा गर्न सकिने नयाँ अनुहार पार्टीको १४औं महाधिवेशनबाट नेताका रूपमा स्थापित भएकाले नै शेखर दाइ उपयुक्त पात्र हो ।’ आजको कान्तिपुर दैनिकबाट

बंगलादेशको अन्तरिम सरकार नेपालबाट बिजुली लैजान सकारात्मक

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले समेत नेपालबाट ४० मेगावाट बिजुली लैजान चासो देखाएको छ । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो ।  बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि साउन २२ मा राजीनामा दिँदै शेख हसिनाले देश छाडेकी थिइन् । हसिनाकै अगुवाइमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश लैजाने गरी ४० मेगावाट बिजुली खरिद प्रक्रिया अघि बढेको थियो । तर हसिनाले देश छाडेपछि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने थियो । अहिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेको कान्तिपुर दैनिकले लेखेको छ । यसअघि नै सबै कागजपत्र पूरा भइसके पनि तीन देशबीच सम्झौता गर्न मात्र बाँकी थियो ।  हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर ९१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार० आम्दानी हुने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर भारत–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

किन बढ्दै छ सरकारको स्थायित्वमाथि आशंका ?

काठमाडौं । राजनीतिक स्थायित्व, सुशासन, सेवा प्रवाह र संविधान संशोधनसहितको सातबुँदे सहमतिअनुसार गठन भएको संसद्का दुई ठूला दल नेपाली कांग्रेस–नेकपा (एमाले) सम्मिलित सरकारको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ। सरकार गठन भएको दुई महिना नपुग्दै राजनीतिक वृत्तमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयुका सम्बन्धमा विभिन्न टीकाटिप्पणीहरू हुन थालेको आजको नेपाल समाचारपत्रले लेखेको छ। सत्ता पक्षकै कतिपय सांसदहरूले वर्तमान सरकारको चाल हेर्दा लामो समय जाने संकेत नदेखिएको बताए । गत असार १७ गत मध्यरातमा एकाएक भएको कांग्रेस–एमाले सत्ता समीकरणसँगै आक्रामक बनेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बिचौलिया, तस्कर र भ्रष्टाचारीलाई बचाउन आफूलाई सरकारबाट हटाएको आरोप लगाउँदै आएको थियो । प्रतिपक्षको उक्त आरोपलाई सत्तापक्षका सांसदहरूले खण्डन गरे पनि पछिल्लो समयमा सरकारका गतिविधिप्रति मन्त्रीहरू नै सन्तुष्ट देखिएका छैनन्। एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भएकाले आ–आफ्नो राजनीतिक अभियानलाई सशक्त बनाएर जनतामाझ पुग्न कठिन भएको बताउन थालेका छन् । प्रतिपक्षी दलहरूले खेलिरहेको अवस्थामा सरकारकै मन्त्रीहरूले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले विवादित बनेका छन् । पछिल्लोपटक सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसको व्यापक आलोचना भएको छ । सो विषयमा आपत्ति जनाउँदै सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सदनबाटै सरकारको ध्यानाकर्षण गर्नुभयो । मन्त्रीहरूलाई जिब्रोमा ब्रेक लगाउन आग्रह गर्दै खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिनसमेत माग गर्नुभएको थियो । त्यस्तै, गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेको मन्त्रालय बेच्ने अभिव्यक्तिले अर्को तरंग उत्पन्न भएको छ । उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले गण्डकीमा मन्त्री पद पैसामा बिक्री गर्न शुरू भएको हो रु भन्दै सरकारसँग जवाफ माग्नुभएको छ । प्रदेश सांसद मनाङेले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएकोप्रति असन्तुष्टि जनाउँदै मन्त्रालय ३ करोडसम्ममा बिक्रीमा राखेको अभिव्यक्ति दिनुभएको थियो । यता, कांग्रेसका सहमहामन्त्रीसमेत रहेका संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि दुई प्रतिस्पर्धी दलबीचको गठबन्धनले पार्टी खुकुरीको धारमा हिँड्नुपरेको टिप्पणी गर्नुभएको थियो । उहाँले मन्त्री भएर काम गर्नै नसकेको भनेर पार्टीको केन्द्रीय समिति बैठकमा दिएको अभिव्यक्तिले समेत पार्टी र सरकारमा एकखालको तरंग छाएको थियो। केही समयअघि परराष्ट्रमन्त्री आरजू देउवा राणा भारत भ्रमणबाट फर्कनासाथ उहाँप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै अब महिला प्रधानमन्त्री बनाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभएको थियो– ‘म महिला प्रधानमन्त्री भएको देख्न चाहन्छु । मेरै पालामा महिला राष्ट्रपति, महिला सभामुख, महिला न्यायाधीश र महिला मुख्य सचिव बनाइसकिएको छ । अब महिला प्रधानमन्त्री बनाउने मेरो चाहना छ । त्यो चाँडै पूरा हुन्छ, तर केही महिना लाग्छ।’ उहाँको यस्तो अभिव्यक्तिलगत्तै आरजू राणालाई कतिपयले भाबी प्रधानमन्त्रीका रूपमा प्रचार नै गरेपछि राणाले आगामी सरकारको प्रधानमन्त्री आफू नभएर कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने लिखित धारणा सार्वजनिक गर्नुभएको थियो। सरकारले अपेक्षकृत रूपमा काम गर्न नसकेको टिप्पणीहरू भइरहेका बेला सरकारसम्बद्ध व्यक्तिहरूबाटै आएका यस्ता आलोचित र विवादित विषयले सरकारलाई थप कमजोर गर्दै लगेको विश्लेषकहरूले बताएका छन्। तर, सरकारका प्रमुख दलका शीर्ष नेताद्वय शेरबहादुर देउवा र केपी ओलीसमेत सरकारको आयुका विषयमा निश्चिन्त हुनुहुन्न । उहाँहरूले हतारमा अभिव्यक्ति दिँदै यो सरकार दुई दलबीच भएको सहमतिअनुसार जाने जिकिर गर्नुभएको छ। कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको दाबी गर्नुभयो । बुधबार सार्वजनिक कार्यक्रममा बोल्दै देउवाले भन्नुभएको छ– ‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ । कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो । यसमा चिन्ता लिनुपर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ।’ बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पोलिटब्युरो बैठकमा एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने पार्टी नेताहरूलाई आश्वस्त पार्नुभएको छ। सरकारलाई सय दिन पूरा नहुँदै घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न उहाँले नेताहरूलाई निर्देशन नै दिनुभएको छ। ‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ। यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ –उहाँले भन्नुभयो।

शीर्ष नेताको बैठक बस्दै, कार्यादेश टुंग्याउने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक आज बिहान बस्न लागिएको हो । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आज बस्ने तय गरिएको हो ।  

लोकप्रिय