युटीएलले २० करोड रोयल्टी नबुझाएको खुलासा

युटीएलले २० करोड रोयल्टी नबुझाएको खुलासा

युनाइटेड टेलिकम लिमिटेड (युटिyएल)ले नेपाल सरकारलाई असार मसान्तभित्र बुझाइसक्नुपर्ने २० करोड ४१ लाख रुपैयाँभन्दा बढी रोयल्टी रकम हालसम्म बुझाएको छैन ।

तर, रोयल्टी रकम बुझाउने म्याद समाप्त भएको १ महिना बितिसक्दा पनि प्राधिकरणले कुनै कारबाही गर्न भने सकेको छैन ।

यसअघिका वर्षमा समेत रोयल्टी समयमा नबुझाउँदा पनि प्राधिकरण निरीह हुने गथ्र्याे । समयमै रोयल्टी प्राप्त नहुँदासमेत युटिएललाई कारबाही गर्न नसकिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको स्विकारोक्ति छ ।

‘रोयल्टी रकम निर्धारित समयमा नबुझाउने सेवा प्रदायकलाई जरिवाना गर्न आवश्यक व्यवस्थाका लागि मन्त्रालयलाई एक वर्षअगाडि नै अनुरोध गरिसकेका छौँ,’ उनले भने, ‘तर, हालसम्म त्यसका लागि कुनै कानुनी व्यवस्था बनिनसकेकाले कारबाही गर्न समस्या देखिएको छ ।’

युटिएलले यसअघिका वर्षमा पनि लगातार रूपमा पुरानो रोयल्टी बुझाउन ढिलाइ गर्दै आएको थियो । गत वर्ष पनि रोयल्टी बुझउन ढिलाइ गरेको कम्पनीको युनिफाइड लाइसेन्स नै रोकिने भएपछि मात्र भदौमा चौथो किस्ताको रकम बुझाएको थियो ।

रोयल्टी रकम निर्धारित समयमै बुझाउन ताकेता गर्नुबाहेक प्राधिकरणले हालसम्म कुनै कारबाही गर्न नसक्ने उनको भनाइ छ ।

युटिएलले २०६९ अघिकै ८१ करोड ६७ लाख ५० हजार रुपैयाँ पुुरानो रोयल्टी बुझाउन बाँकी छ । सरकारले दिएको सहुलियतका कारण उसले सो रकम अबको ३ वर्षभित्र चुक्ता गरिसक्नुपर्ने हुन्छ ।

यस्तो थियो रोयल्टी बक्यौता रहनुको कारण
युटिएलले ०५९ मा ताररहित डब्लुएलएल (वायरलेस लोकल लुप) प्रविधिबाट सेवा दिन पाउने गरी आधारभूत दूरसञ्चार सेवाको अनुमति पाएको थियो । १० वर्षका लागि दिइएको सो अनुमतिपत्र नवीकरण गर्नुअघि उसले निर्धारित रोयल्टी बुझाइसक्नुपर्ने सर्त थियो ।

०६२ देखि सिडिएमए मोबाइल सेवासमेत सञ्चालनको अनुमति पाएको कम्पनीले सुरुतामा नै कुल आम्दानीको चार प्रतिशत र न्यूनतम कबोल गरेको रोयल्टी रकममध्ये बढी हुन आउने रकम प्राधिकरणलाई बुझाउने कबोल गरेको थियो । तर, पछि उसले आम्दानीको चार प्रतिशत मात्र तिर्ने अडान राखेपछि रोयल्टी बक्यौता चुलिन पुगेको थियो ।

बाबुराम भट्टराईले दिएका थिए रोयल्टी किस्ताको सहुलियत
तत्कालीन शाही सरकारले सुरुका तीन वर्षको रोयल्टीबापतको १९ करोड रुपैयाँ छुट दिएको थियो । त्यसबाहेक उसले सरकारलाई १ अर्ब ६३ करोड ३५ लाख रुपैयाँ रोयल्टी बुझाउन बाँकी थियो । तर, सो रकम एकैपटक चुक्ता गर्न नसक्ने भन्दै सरकारसँग समय माग गरेपछि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकारले युटिएललाई ८ वर्षभित्र ८ किस्तामा रोयल्टी तिर्ने व्यवस्था गरिदिएको थियो । सोहीअनुरूपको पहिलो किस्ता तिरेपछि उसको अनुमतिपत्र नवीकरण गरिएको थियो ।

नयाँ पत्रिकाबाट

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३  पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा तोकिएको छ ।  सिंगापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा तोकिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा तोकिएको छ ।  मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा तोकिएको छ ।  स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

प्रतिनिधिसभामा १० मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल सम्पन्न

काठमाडौं । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत १० वटा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसंख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी शीर्षकमा छलफल भएको हो। छलफलमा सांसद डा. चन्द्रकान्त भण्डारी, सुनिता बराल, देवेन्द्र पौडेल, रमा कोइराला पौडेल, भगवती चौधरी, मीना तामाङ, लालप्रसाद साँवा लिम्बू, विमला सुवेदी, दीपा शर्मा, देवप्रसाद तिमिल्सिना, नागिना यादव, सराज अहमद फारुकी, कान्तिका सेजुवाल, हितराज पाण्डे, दिनेशकुमार यादव, नारायणप्रसाद आचार्य, शान्ति विक र हृदयराम थानी सहभागी थिए। सभामुख देवराज घिमिरेले मन्त्रालय र सचिवालयहरूसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल र सम्बन्धित मन्त्रीहरूको जवाफका लागि असार ८, ९ र १० गते समय तोकिएको जानकारी गराए। सभामुख घिमिरेका अनुसार आगामी आइतबार (असार ८) बस्ने प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ तथा सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने छ। प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ।

सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।

लोकप्रिय