रहेनन् ‘रादाराम’
मंसिर २४ । हास्य टेलिश्रृयल ‘तितोसत्य’मा ‘रादाराम’ नामले चर्चित हाँस्य कलाकार आरपी भट्टराईको गयराती निधन भएका छ ।
सानो पर्दाका लोकप्रिय अनि चर्चित कलाकार भट्टराईको विराटनगर स्थित फुपुको घर विहान मृत भेटिएका हुन् । बिहिबार फुपुको घरमा पुगेका उनी साँझ सँगै खाना खाएर सुतेका थिए ।
४२ वर्षीय भट्टराई लामो समयदेखि सुरगरका विरामी थिए ।
उनले टेलिश्रृयल तथा केही ठूलो पर्दामा पनि अभिनय गरेका छन् ।
भट्टराईका श्रीमती र २ छोरा छन् ।
‘हिंसा’ शब्द असंवैधानिक, यस्तो छ ब्याख्यात्मक टिप्पणीमा जनयुद्धको परिभाषा
अहिले संसदमा ‘हिंसा’ शब्दमाथि विवाद भइरहेको छ । एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ को रुपमाअर्थ्याएपछि त्यसको पक्ष र विपक्षमा विवाद चुलिएको छ । संसदमा संविधानले परिकल्पना गरेका शब्द मात्र प्रयोग गर्नुपर्ने संविधानविदहरुको तर्क छ । संसदमा माओवादी सांसदहरुले संविधानमा उल्लेख भएको ‘सशस्त्र संघर्ष’लाई जनयुद्ध भनेर सम्बोधन गर्ने गरेका छन् । माओवादीले प्रयोग गर्ने जनयुद्ध शब्दलाई पनि संविधानले नचिन्ने एकथरिको टिप्पणी छ । त्यसो हो भने जनयुद्ध शब्द संवैधानिक अर्थ कसरी खोज्ने त ? कुनै शब्द संविधानमा सोझै उल्लेख भएन भने संविधानका स्रोतसम्म पुग्नुपर्ने संवैधानिक मान्यता छ । नेपालको संविधानका मुख्य स्रोत भनेका वृहत शान्ति सम्झौतादेखि संविधान जारी हुँदासम्म भएका विभिन्न राजनीतिक सहमति हुन् किनकि यो संविधान सम्झौताको दस्तावेज हो । वर्तमान संविधान निर्माण गर्दा संविधानसभाको संवैधानिक समिति सबैभन्दा माथिल्लो समितिको रुपमा काम गरेको थियो । संविधानको मस्यौदालाई अन्तिम रुप दिने काम पनि यसले नै गरेको थियो । यो समितिले विभिन्न विषयमा देखिएका विवाद टुंगो लगाउन विवाद समाधान उपसमिति बनाएको थियो । सो उपसमितिले संविधानको प्रस्तावनाको अनुच्छेद ३ लाई यसरी उल्लेख गरेको थियो– ‘राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले हालसम्म पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै,...।’ यो अनुच्छेदलाई थप परिभाषित गर्दै सोही समितिले आफ्नो ब्याख्यात्मक टिप्पणीमा भनेको छ– ‘यो अनुच्छेदमा रहेको ‘ऐतिहासिक जन आन्दोलन र सशस्त्र संघर्ष’ भन्नाले विसं १९९७ साल, २००७ साल, २०१८ साल, २०२८ साल, २०३५/३६ साल, २०४२ साल, २०४६ सालमा भएका संघर्ष एवं आन्दोलनहरु र विसं २०६२/६३ सालमा भएको ऐतिहासिक जनआन्दोलन, माओवादी जनयुद्ध, मधेश आन्दोलन, जनजाति आन्दोलन, थरुहट आन्दोलन, महिला, दलित, मजदूर, किसान, युवा, विद्यार्थी, मुस्लिम समुदायलगायत समाजका विभिन्न तह र तप्काका जनताले गरेका सम्पूर्ण ऐतिहासिक आन्दोलन र संघर्षलाई जनाउँछ।’ वर्तमान संविधान वृहत छलफलबाट र राजनीतिक सम्झौताका आधारमा निर्माण गरिएकाले यस क्रममा भएका सबै सहमतिलाई संविधानकै अङ्गको रुपमा लिनुपर्दछ । त्यसैले माओवादी जनयुद्ध मात्र होइन, राणाविरोधी आन्दोलन थालिएको (चार सहिदको सहादत) १९९७ देखि संविधान निर्माण अघिसम्मका थरुहट, मधेशी, जनजाति आन्दोलनसम्म सबै ऐतिहासिक संघर्ष हुन्, जसलाई हिंसाको रुपमा परिभाषित गर्नु भाषाका हिसाबले असंवैधानिक हो भने भावका हिसाबले संविधानको मर्मविपरीत हो । किनकि संविधानको प्रस्तावनामै अनुच्छेद ३ मा ‘अग्रगामी परिवर्तनका लागि नेपाली जनताले हालसम्म पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्ष’लाई सम्मान गर्ने उल्लेख छ ।
यस्ता छन् टिकटकमाथि रोक लगाउन सरकारले देखेका कारण
काठमाडौं । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउन गत कार्तिक २७ गते मन्त्रिपरिषद्बाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस चलिरहेको छ । अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको नियमन संभव नभई प्रयोगमा नै रोक लगाउनुपरेको सरकारले स्पष्ट गरेको छ । सामाजिक सद्भाव र नागरिकको सुरक्षाका लागि टिकटकमा रोक लगाइएको सरकारको भनाई छ । टिकटकले नागरिकको डाटा सुरक्षा गर्न नसकेको, नागरिकको गोपनीयताको हनन हुनु भनेको राष्ट्रिय सार्वभौमिकताकै लागि चुनौतीको विषय भएको पनि प्रयोगमै प्रतिबन्ध लगाउनुपरेको सरकारको भनाई छ । टिकटकको माध्यमबाट भएका केही सामाजिक सद्भाव तथा राष्ट्रिय सुरक्षा प्रतिकूल केही प्रतिनिधिमूलक घटनाः –केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोग गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनु परेको । –नेपालगञ्जमामा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने सामग्रीसहितका भिडियो पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिन गई निषेधाज्ञासम्मको घटना हुन पुगेको । –पछिल्लो समय टिकटक भिडियोका नाममा अश्लि भिडियो सार्वजनिक तथा अनैतिक क्रियाकलापका लागि मोलमोलाई हुने गरेको । त्यसका साथै लाइभमा अश्लिल गतिबिधि, जुवातास खेलाउने, गैरकानुनी विज्ञापन प्रसारणलगायतका गतिबिधि बढिरहेको । –टिकटक लाइभ स्ट्रिमिङ गरी उपहार प्राप्त गर्न अनैतिक, अमर्यादित र असामाजिक गतिबिधि बढ्दै गएको । –विभिन्न स्थान र विभिन्न मितिमा टिकटक भिडियो बनाउने क्रममा लडेर मृत्यु भएको । साथै केहीको पासो लगाएर टिकटक भिडियो बनाउने क्रममा झुण्डिएर मृत्युसमेत भएको । –भाइरल हुने नाममा परीक्षार्थीले परीक्षा हलभित्रको भिडियोसमेत टिकटकबाट सार्वजनिक गरेको । –यी र यस्ता घटनाबाट अनैतिक र असामाजिक क्रियालापबाट बृद्धि हुँदै गएको । टिकटिकले सिर्जना गरेका अन्य चुनौतीः –नागरिकको भौतिक सुरक्षाका लागि पनि टिकटक चुनौती बन्यो । साइबर अपराधका उजुरीमध्ये अधिकांश टिकटकसँग सम्बन्धित छन् । –टिकटकले प्रयोगकर्ताको रुचिअनुसारका अन्तहीन भिडियोहरू मोबाइलका स्क्रिनमा आउने गरी एलगोरिदम सेट गरेको हुनाले घण्टौंसम्म यसलाई चलाउने लतमा धेरै मानिस फस्दै गएको र जसबाट मानव स्वास्थ्यकमा प्रतिकूल असर पुग्न गई अनिद्रा, एन्जाइटी, डिप्रेसनजस्ता समस्या देखिन थालेकाले मानव स्वास्थ्य बिग्रन नदिन टिकटमा रोक लगाइएको हो । –बालबालिका तथा युवायुवतीलाई गलत दिशातिर डो¥याउँदै विषाक्त मनोविज्ञानको सिर्जना गरिरहेकाले भोलिका कर्णधार बालबालिकाको भविष्यलाई ध्यान दिएर टिकटक प्रयोगमा रोक लगाइएको हो । –धार्मिक असहिष्णुता, जातीय क्षेत्र एकता, भौगोलिक अखण्डता तथा राष्ट्रियता र राष्ट्रिय सुरक्षामा चुनौति सिर्जना गरेको । –टिकटक प्रयोगकर्तामध्ये करिब ४५ प्रतिशत १२ देखि २४ वर्ष उमेर समूहका अध्ययनबाट देखिन आएकाले उक्त उमेर समूहका मानिसहरु गलत प्रभावमा सजिलै पर्न सक्ने तथा भ्रामक छविमा रमाउने र महत्वाकांक्षी हुनेलगायत भाइरल हुने आकांक्षाले गलत दिशातिर मोडिने खतरा रहेको । –आपराधिक मानसिकताका व्यक्तिले टिकटक प्रयोगकर्ताको मनोविज्ञानको गलत फाइदा उठाई आपराधिक गतिबिधिमा संलग्ने गराउने गरेको । –हाम्रो संस्कार, संस्कृति, प्रथा, प्रचलन, मूल्य, मान्यता तथा सामाजिक सद्भावविरुद्ध नकारात्मक प्रभावलाई बढावा दिएको । जसले हाम्रो पूर्वीय सभ्यतामाथि नै चुनौती थप्दै लगेको । –टिकटक प्रयोगको लत बसेर महत्वपूर्ण समय यसको प्रयोगमा बिताउँदा उत्पादकत्व बृद्धिमा समेत असर पुग्ने गरेको । –टिकटकको प्रयोगबाट आत्महत्या, गाली बेइज्जत, दुर्घटना, पारिवारिक बिखण्डनजस्ता समाजलाई नकारात्मक असर पुग्ने घटना बढिरहेको । कानुनी आधारः –सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका जारी भए पनि यससम्बन्धी ऐन निर्माणको चरणमा रहेकाले कानुन नआउँदासमम मन्त्रिपरिषद्को निर्णयले पनि कानुन सरहकै मान्यता पाउने भएकाले मन्त्रिरिषद्बाट निर्णय गरिएको । –नेपालको संविधानको धारा २८ गते गोपनीयताको हक सुनिश्चित गरेको, कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयताका कानुनबमोजिमबाहेक अनतिक्रम्य हुने उल्लेख गरेको छ । –व्यक्तिको गोपनीयतासम्बन्धी ऐन, २०७५ ले विद्युतीय प्रणालीहरुबाट भएको कुराकानीलाई पनि गोपनीयताको अधिकारभित्र राखेको । प्रत्येक व्यक्तिलाई विद्युतीय माध्यममा रहकेो निजको कुनै पनि वैयक्तित सूचना, लिखत, पत्राचार, तथ्यांक वा चरित्रसम्बन्धी कुराको गोपनीयता राख्न पाउने अधिकार हुने । कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिबिचमा विद्युतीय माध्यमबाट भएको कुनै संवाद वा कुराकानी सम्बन्धित व्यक्तिहरुले मञ्जुरी दिएको कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनिअंकन वा रेकर्ड गर्न वा गराउने नहुने स्पष्ट व्यवस्था रहेको । नेपालमा मात्र प्रतिवन्ध लगाइएको होइन सदुपयोग ज्यादा र दुरुपयोग अपवाद हुने देशहरुमा सामाजिक सञ्जालको सुसञ्चालन हुँदा नागरिकहरु बलिया हुने र सरकार जवाफदेही हुने विश्वास गरिन्छ । कतिपय त्यस्ता देशहरुमा सामाजिक सञ्जाल प्लेटफर्महरु पनि स्वदेशी रहेछन् वा स्वदेशी एजेन्टको नियन्त्रणमा रहँदा रहेछन् । यी दुवै विषय हाम्रो देशको सन्दर्भमा भने मेल खाएको देखिदैन । विभिन्न देशमा आफ्नो देशको अनुकूलतामा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने गरिएको छ । स्वतन्त्रताको अगुवा देश अमेरिकाका ५० मध्ये ४० राज्यमा कुनै न कुनै किसिमको प्रतिवन्ध लागेको, छिमेकी देश भारतमा समेत प्रतिवन्धित, अझ चाखलाग्दो कुरा त के भने यसको शुरुवात भएको चीनमा समेत नियन्त्रित प्रयोग मात्र छ । अश्लिलता, मानव बेचविखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्य लगायतका कारण देखाउदै हालसम्म नेपालसहित २८ देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको । टिकटकमाथि प्रतिबन्ध लगाउने देशहरु :- कीर्गिस्तान : बालबालिकाहरूमा कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै प्रतिबन्ध लगाएको हो। बेलायत : सुरक्षाका कारण देखाउदै प्रतिबन्ध लगाएको हो। अमेरिका : सुरक्षाका कारण देखाउदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागी प्रयोगमा प्रतिबन्ध। न्यूजिल्यान्ड : साइबर सुरक्षाको जोखिम देखाउदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागी प्रयोगमा प्रतिबन्ध। क्यानडा : गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीहरुका लागी प्रयोगमा प्रतिबन्ध। ताइवान : राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध । बेल्जियम : गोपनियता, साइवर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउदै प्रतिबन्ध । डेनमार्क : साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध। पाकिस्तान : जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध । अफगानिस्तान : युवाहरूमा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून विपरीत देखाउँदै प्रतिबन्ध। भारत : गोपनियता, सुरक्षा जोखिम लगायत चिनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध। सोमालिया : गलत अफवाह फैलाउने जोखिम देखाउदै सीमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिबन्ध। अर्मेनिया : विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध। अजरवैजान : नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध । बंगलादेश : पोर्नोग्राफी, जुवाखेल र सुरक्षाको जोखिम देखाउदै प्रतिबन्ध। इन्डोनेसिया : धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउदै प्रतिबन्ध। इरान: धार्मिक कारण देखाउदै प्रतिबन्ध। जोर्डन: प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउदै अस्थाई रूपमा प्रतिबन्ध। अष्ट्रिया : अष्ट्रियाको intelligence service को प्रतिवेदनमा सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध। इस्टोनिया : राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध। फ्रान्स : डेटा सुरक्षाको जोखिम देखाउदै प्रतिबन्ध। आयरल्यान्ड : साइवर सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध। लाटभिया : सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध। माल्टा : साइवर सुरक्षा जोखिम देखाउदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिबन्ध। नेदरल्यान्ड : Data protection जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिबन्ध। नर्वे : राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनीतिक सल्लाहकारहरूले प्रयोगमा प्रतिबन्ध। अष्ट्रेलिया : सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाइस र मोबाइलमा प्रयोगमा प्रतिबन्ध। नेपाल :सामाजिक सद्भाव विगार्ने काम गरेकाले प्रतिबन्ध।
नारायणी तटमा छठको रौनक (तस्बिरहरू)
भरतपुर । चितवनको नारायणी नदिको तटसहित देशका विभिन्न स्थानमा आइतबार हर्सोल्लासपूर्वक आदि देव सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ। परिवार एवं सन्तानको सुख-समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। छठ पूजा हेर्न नारायणी नदिको तटमा श्रद्धालुहरू चितवन आसपासबाट आएका छन्। सूर्य भगवानलाई अर्घ्य दिन नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाटलाई विशेष रूपले सिँगारपटार गरिएको छ। चितवन, काठमाडौंसँगै मुख्यतः जनकपुरका धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर लगातका पोखरीलाई सजाएर झकिझकाउ बनाइएको छ। दोश्रो दिन शनिबार साँझ प्रसादको रूपमा चामल, सखर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना मनाएका थिए। त्यस्तै, तेश्रो दिन अर्थात् मुख्य दिन आज शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको विधिवत् समापन हुन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरू चढाइन्छ। त्यस्तै प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दीननाथलाई चढाउने गरिन्छ। अर्घ्य दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपबास बस्ने गर्दछन्। छठ पर्वमा सूर्य भगवान अर्थात दीननाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक बनाउनुपर्ने भएकाले छठलाई निष्ठा र कठोर व्रत र उपासनाको पर्वका रूपमा मानिन्छ । पोखरी, तलाउ र नदीको घाटमा छठ मनाउनेहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लगेको पूजा सामग्रीसहित रातभर जाग्राम बसेर श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरी भोलीपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् । ग्रामिण भेगका कतिपय इनारमा घाट बनाएर छठपर्व मनाउनेहरू बेलुकी पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्छन्। र बिहानीपख सूर्य उदाउनुभन्दा केही बेरपूर्व पूजा सामग्री घाटमा लगेर अर्घ्य दिने गर्दछन्। उदाउँसो सूर्यलाई अर्घ्यको रूपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रूपमा सबैले ग्रहण गर्दछन्। पर्व नहुने परिवारलाई छठ मनाउनेहरूले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पुर्याइदिने चलन छ। छठ पर्वमा विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना हुने गर्छ। यस्तो छ नारायणी तटको छठ तस्बिरहरू
मन्थली नगरमा गठबन्धन तगडा, एमाले सकसमा
सूर्य सुवेदी रामेछाप । स्थानीय निर्वाचन २०७९ जति नजिकिँदै छ त्यति नै मन्थली नगरपालिकाको चुनावी सरगर्मी बढ्दै छ । स्थानीय निर्वाचन २०७४ मा मन्थली नगरपालिकामा नेकपा एमालेले झिनो मतले निर्वाचन परिणाम आफ्नो हातमा पारेको थियो । त्यतिबेला नेकपा एमालेका उमेदवार रमेश कुमार बस्नेतले ६ हजार ५२९ मत ल्याई मन्थली नगरको प्रमुखमा बाजी मारेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विनोद कुमार कार्कीले ५ हजार ३७९ र माओवादीका उमेद्वार तारानारायण श्रेष्ठले ५ हजार ३११ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा राप्रपाले ७११ र नयाँ शक्तिले ६६ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले पाएको मतभन्दा कांग्रेसका उमेद्वारले पाएको मतको फरक भनेको जम्मा १ हजार १५० कम मत हो भने एमालेले प्राप्त गरेको मतभन्दा माओवादीले प्राप्त गरेको मतको फरक भनेको १२ सय १८ मत हो । उक्त निर्वाचनमा कांग्रेससँग माओवादीको फरक मत जम्मा ६८ हो । उप प्रमुखमा एमाले उमेद्वार निर्वाचित भएको उक्त निर्वाचनमा मतान्तर भने करिब प्रमुख बराबरको नै छ अहिलेको अवस्थामा । मन्थली नगरपालिकामा अहिले २०७४ को भन्दा अवस्था फेरिएको छ । पहिलो कुरा, २०७४ मा एमालेबाट नगरपालिका प्रमुखमा निर्वाचित रमेश कुमार बस्नेत नेकपा एकीकृत (समाजवादी) तिर लागेका छन् । स्थानीय बासिन्दाको अनुमानमा रमेश कुमार बस्नेत समाजवादीतिर लागेपछि कम्तिमा पनि उनले मन्थली नगरको १२ देखि १५ सय मत आफूतिर तान्नेछन् । उक्त मत २०७४ मा एमालेले पाएको मतमा घटाउँदा एमालेको मत ५ हजार ३२९ मा झर्ने छ र यो नगरमा कांग्रेस, एमाले र माओवादीको मत करिब बराबर हुनेछ भने समाजवादीको मत १२ सय हुनेछ । अहिले राष्ट्रियरुपमै कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धनले मिलेर चुनाव लड्ने तयारीले यहाँ गठबन्धनको मत ११ हजार ८ सय ९० हुनेछ । यो हिसाबले गठबन्धन दलमध्ये जसले टिकट पाए पनि ६ हजार ५६१ मतान्तरले चुनाव जित्नेछन् । वडाको अवस्था मन्थली नगरपालिकामा जम्मा १४ वटा वडा रहेका छन् । १४ वटामध्ये माओवादी केन्द्रले ५ वटा वडा जितेको थियो । सदरमुकाम रहेको वडा नम्बर १, वडा नम्बर ४, ५ र वडा नम्बर १० र ११ माओवादी केन्द्रको खातामा गएको थियो भने वडा नम्बर ६, ७, ८, १२, १३ एमाले र वडा नम्बर २, ३, ९ कांग्रेसको हातमा गएको वडा हो । वडा नम्बर १४ राप्रपाले जितेको थियो । २०७४ मा विभिन्न पार्टीमा खसेको मत र अहिले गठबन्धनमा रहेका दलहरुको मत जोड्दा पाँच वटा वडा बाहेक नौ वटा वडा गठबन्धनले जित्ने प्रष्ट देखिन्छ । वडा नम्बर १ मा गठबन्धनको मत ८९९ छ भने गठबन्धनभन्दा एमाले ४५७ मतले पछि छ । यस्तै वडा नम्बर २ मा गठबन्धनको मत ९३० एमाले ४८८ ले पछि, वडा नम्बर ३ मा गठबन्धन ६७६ मत, एमाले २३४ मतले पछि, वडा नम्बर ४ मा गठबन्धन ८७४, एमाले ४५९ ले पछि, वडा नम्बर ५ मा गठबन्धन ६०५, एमाले २०७ मतले पछि, वडा नम्बर ६ मा गठबन्धन ७४३, एमाले १५१ मतले पछि, वडा नम्बर ७ मा गठबन्धन ६९५, एमाले २ मतले पछि, वडा नम्बर ८मा गठबन्धन ६२७, एमाले २५२ मतले अघि, वडा नम्बर ९मा गठबन्धन ८७७, एमाले ५३० मतले पछि, वडा नम्बर १० मा गठबन्धन ६९७, एमाले ५०९ मतले पछि, वडा नम्बर ११मा गठबन्धन १२०८, एमाले एक हजार १२ मतले पछि, वडा नम्बर १२मा गठबन्धन ४४६, एमाले १६८ मतले अघि, वडा नम्बर १३मा गठबन्धन ५२३, एमाले २११ मतले अघि, वडा नम्बर १४ मा राप्रपाको पक्षमा नतीजा थियो । समग्रमा २०७४ को स्थानीय निर्वाचनमा विभिन्न दललाई खसेको मतअनुसार गठबन्धन र एमालेमा विभाजन गर्दा मन्थली नगरपालिका र अधिकांश वडाहरुमा गठबन्धनले स्पष्ट जितको नतिजा ल्याउने देखिन्छ । यो रिपोर्टमा नगर प्रमुखमा समाजवादीतिर गएको मत यहाँ प्रस्तुत गरे पनि वडामा त्यो मतलाई नघटाई एमालेको साविक मत राखेको कारणले वडा नम्बर ३, ८, १२ र १३ मा एमाले बलियो देखिए पनि उक्त मत एमालेको नाममा कायम रहने छैन ।