रामेछाप मन्थली वडा नम्बर १ मा माओवादी,२ र ३ मा कांग्रेस विजयी

रामेछाप मन्थली वडा नम्बर १ मा माओवादी,२ र ३ मा कांग्रेस विजयी

रामेछाप, जेठ २। रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ र ३ वडामा भने नेपाली कांग्रसका उम्मेद्वार विजयी भएका छन् । २ नम्बर वडामा कांग्रेसका तरणिशंकर अधिकारीले ४८८ मत ल्याएका छन् भने ३ का वडा अध्यक्षमा विजय भएका केशव रोकाले ५६५ मल प्राप्त गरेका छन् ।

यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा माओवादी केन्द्रका नारायणदास श्रेष्ठ विजयी भएक छन् । उनले  ४६३ मत ल्याए ।

मन्थली नगरपालिका (मेयर)

  • नेपाली कांग्रेस–विनोद कार्कीः १४५१
  • एमाले–रमेशकुमार बस्नेतः १३३१
  • माओवादी केन्द्र–तारानारायण श्रेष्ठः १३२८

मन्थली नगरपालिका (उपमेयर)

  • नेपाली कांग्रेस–गंगा अधिकारीः १६६२
  • एमाले–माया कार्कीः १२५१
  • माओवादी केन्द्र–रीता घिमिरेः १०२१

रामेछाप नगरपालिका (मेयर)

  • एमाले–रोशन पाख्रिनः ४७९
  • नेपाली कांग्रेस–नरबहादुर मगरः ३५८
  • माओवादी केन्द्र– २३८

रामेछाप नगरपालिका (उपमेयर)

  • एमाले–शान्ता पौडेलः ४७५
  • नेपाली कांग्रेस–सिर्जना खड्काः ३३८
  • माओवादी केन्द्र–इन्दिरा बख्रेलः २३६

लिखु गाउँपालिका (अध्यक्ष)

  • एमाले–गोविन्दवहादुर खड्काः २९३
  • नेपाली कांग्रेस–चन्द्रवहादुर राउतः २६०
  • माओवादी केन्द्र–ध्रुवकुमार कार्कीः १३२

लिखु गाउँपालिका (उपाध्यक्ष)

  • एमाले–दिपशिखा दाहालः ३०६
  • नेपाली कांग्रेस–कल्पना खड्काः २६०
  • माओवादी केन्द्र–वन्दना श्रेष्ठः १४३

सुनापती गाउँपालिका (अध्यक्ष)

  • नेपाली कांग्रेस–जितेन्द्रवहादुर मोक्तानः ३८६
  • माओवादी केन्द्र–धावा लामाः २१६
  • एमाले–प्रदीपकुमार योन्जनः १०८

सुनापती गाउँपालिका (उपाध्यक्ष)

  • नेपाली कांग्रेस–विनिता खडकाः ३८६
  • माओवादी केन्द्र–गीता विष्टः २१६
  • एमाले–पासागं डोल्मा लामाः ११२

गोकुलगंगा गाउँपालिका (अध्यक्ष)

  • एमाले–खडगवहादुर सुनुवारः १५४४
  • नेपाली कांग्रेस–नानीवावु वस्नेतः ८८२
  • माओवादी केन्द्र–प्रेमकुमार कार्कीः ५५७

गोकुलगंगा गाउँपालिका (उपाध्यक्ष)

  • एमाले–राधिका श्रेष्ठः ९९८
  • नेपाली कांग्रेस–तुलसा केसी (खडका) : ६८९
  • माओवादी केन्द्र–मञ्जु वस्नेत : ३१८

खाँडादेवी गाउँपालिका (अध्यक्ष)

  • माओवादी केन्द्र–शिवकुमार कार्कीः ३२१
  • नेपाली कांग्रेस–वेदराज लामाः २१५
  • एमाले–अध्यक्ष : प्रेमवहादुर तामाङ्गः १३९

खाँडादेवी गाउँपालिका (उपाध्यक्ष)

  • माओवादी केन्द्र–सुकमाया माझीः ३२३
  • नेपाली कांग्रेस–मिना कुमारी श्रेष्ठः २००
  • एमाले–मखमली श्रेष्ठः १५४

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

लोकप्रिय