राष्ट्रपति निर्वाचनमा मतदानपछि कुन नेताले के भने‌‌‍‍‍‍…

राष्ट्रपति निर्वाचनमा मतदानपछि कुन नेताले के भने‌‌‍‍‍‍…

काठमाडौं, फागुन २९ । ‘हाम्रो प्रदेशमा स्वागत छ, माननीयज्यु’ प्रदेश नं ३ का आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकटेृलले प्रदेश नं ६ का आर्थिक तथा योजनामन्त्री प्रकाश ज्वालालाई लाइनमा हात मिलाउँदै भन्नुभयो,–“मन्त्री ज्वालाले धन्यवाद दिँदै जवाफमा सोध्नुभयो, ‘ल हाम्रो प्रदेशतिर कहिले आउनुहुन्छ त  ?”

नयाँ सविधान बमोजिम प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राष्ट्रप्रमुख चयनका लागि पहिलोपटक भएको निर्वाचनमा संघीय संसद्देखि प्रदेशसभाका सदस्य मतदान मात्र होइन आपसी भेटवार्ताका रुपमा पनि यस अवसरलाई उपयोग गर्न व्यस्त देखिनुभयो ।

विगतमा व्यवस्थापिका संसद्मा रहनुभएका जम्मकटृेल र ज्वाला पछिल्लो निर्वाचनपछि सम्भवतः पहिलोपटक भेट्दै आपसी बधाई साटासाट पनि गर्नुभयो ।

निर्वाचनस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लाइनमा उभिएका बेलामा संघीय र प्रदेशसभामा सदस्यबीच परिचय गर्ने र बधाई साट्ने तथा एकापसका अनुभव आदानप्रदान भएको पनि देखियो । संघीय संसद्का मतदाताको संख्या कम भए पनि प्रदेशसभामा धेरै सदस्य भएकाले लामो लाइनका कारण पनि उहाँहरुबीच भलाकुसारी हुने थप वातावरण बन्यो ।

सँगै लाइनमा रहनुभएका प्रदेश नं ५ का सदस्य दिनेश पन्थी र प्रदेश नं ३ का सदस्य नरोत्तम वैद्यबीच आ–आफ्नो प्रदेशको नाम र राजधानीबारे विमर्श चलेको देखियो । पन्थीले आफ्नो प्रदेशको नाम लुम्बिनी र वैद्यले आफ्नो प्रदेशको नाम ‘पशुपति’ हुनुपर्ने विचार प्रकट गर्नुभयो ।

मुुलुकले संघीयताको अभ्यास गरेपछि पहिलोपटक निर्वाचन मण्डलबाट राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचन गराउने जिम्मा लिएको निर्वाचन आयोगलाई पनि यो नयाँ अभ्यास सावित भयो । कतिपय सदस्यले भने राष्ट्रपतिको निर्वाचनको मौकामा आफूहरु जुट्न पाएकामा खुशी हुनुहुन्थ्यो भने कतिपय सदस्यले सम्बन्धित प्रदेशमै निर्वाचन गराइएको भए कम खर्चिलो हुने टिप्पणी गर्दै हुनुहुन्थ्यो ।

मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेससभा सदस्य सम्मेलन केन्द्रमा रहेको संघीय संसद् भवन परिसर, नयाँ बानेश्वरमा भेला भएर मतदान गरेको घटनालाई सञ्चार माध्यमले उत्सुकताका साथ समाचार संकलन गरेका थिए ।

निर्वाचन मण्डलका सदस्य आफ्ना आफ्ना वेशभूषामा सजिएर लाइनमा देखिनुभएको थियो । कतिपय सदस्य यो निर्वाचनका लागि केही दिन पहिले नेपालको राजधानी काठमाडौँमा आउनुभएको थियो भने कतिपय सदस्य आजै आफ्नो प्रदेशबाट काठमाडौँ आई सिधैं मतदास्थलमा पुग्नुभयो ।

माननीय मतदाता रहेको स्थान भएकाले हो–हल्ला र अव्यवस्थित वातावरण भने त्यहाँ देखिएन । उम्मेदवारका तर्फबाट मत माग्नुपर्ने अवस्था पनि थिएन ।

मध्यान्हमा घाम चर्केकाले प्रदेशसभाका सदस्यहरुले गर्मी र थकान महसुस गरे पनि नयाँ÷नयाँ परिचय र कुराकानीले उहाँहरुलाई सायद समय बितेको चाल भएन । बिहान १० बजेदेखि ३ बजेसम्म भएको निर्वाचनमा वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाट कुमारी लक्ष्मी राई उम्मेदवार हुनुहुन्छ ।

उम्मेदवार राई दिनभरजसो मतदानस्थलमा रहनुभएको थियो भने वर्तमान राष्ट्रपति पदीय मर्यादाका कारण त्यहाँ आउनुभएन । राष्ट्रपति निर्वाचनमा संघीय संसद्को ३३४ र प्रदेससभाका ५५० सदस्य रहने संवैधानिक व्यवस्था भए पनि कतिपय सदस्यको शपथ नभएका कारण कूल मतदाता ८८० हुनुहुन्थ्यो ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलगायत शीर्ष नेताले मतदानमा भाग लिँदा पत्रकारको ध्यान खिचिएको थियो ।

मतदानपछि प्रदेश नं ३ का सदस्य राजेश शाक्यले नेपालमा पहिलो पटक संघीयता भोगिए झैँ राष्ट्रपतिको निर्वाचनमा आफैले मतदान गरेको पनि पहिलो अनुभव रहेको सुनाउनुभयो ।

मतदानका लागि आजै काठमाडौँ आउनुभएका प्रदेश नं २ का सदस्य रामाशीष यादवले आफूहरुलाई काठमाडौँ नबोलाई सम्बन्धित प्रदेशमा राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनमा सहभागी गराइएको भए राम्रो हुने सुझाव दिनुभयो । अर्को साता उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रदेश नं ७ का सदस्य दिव्यलक्ष्मी शाहले राष्ट्रपति चयन गर्नु आफूहरुको महत्वपूर्ण दायित्व भएकाले काठमाडौँ आउनुपरेको र निर्वाचित हुने राष्ट्रपतिले सबै जनता र देशवासीको भावनालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठीले संघीयता नयाँ भएकाले यसलाई क्रमशः अभ्यास र व्यवहार मिल्दै जाने अपेक्षा व्यक्त गर्नुभयो । ‘सुन्दरता र मित्रताको अन्त्य हुँदैन । अभ्यासले परिमार्जन गर्दै लान्छ,’ त्रिपाठीले भन्नुभयो ।

आजबाट कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द हुने

काठमाडौं । आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । विजया दशमीको अवसरका लागि आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने विज्ञप्तिमार्फत जनाइएको छ । घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिएर सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति आनन्दप्रसाद ढुंगानाले सुनुवाई समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको बताउनुभयो । गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाई समितिबाट अनुमोदन हुनुभएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त हुनुभएको थियो ।

बाढीपहिरोको प्रभावित स्थलमा सरकारको पहल पुगेन : अध्यक्ष प्रचण्ड

असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र पुनर्स्थापनाको प्याकेज कार्यक्रम तत्काल अघि सार्न सरकारको ध्यानार्षण गराउनुभएको छ ।  काभ्रे जिल्लाका विभिन्न बाढीपहिरो प्रभावितस्थलको निरीक्षण अवलोकनपछि उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।  प्रभावित क्षेत्रको स्थिति भयावह रहेको उल्लेख गर्दै उहाँले अझै पनि केही नागरिक वेपत्ता रहेको, केही नागरिक प्रभावित क्षेत्रमा फसेको र प्रभावित क्षेत्रमा खाद्यवस्तुलगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन नसकेको बताउनुभयो । स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेको भए पनि केन्द्रको योजनाबद्ध काम अझै पर्याप्त रुपमा प्रभावितस्थलमा पुग्न नसकेको उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निःशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारको ध्यान पुग्न नसकेको भन्दै यी कामका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्धार, राहत र पुनर्स्थापनामा खटिरहेका स्थानीय अधिकारी र नेता कार्यकर्ताहरुलाई धन्यवाद दिंदै आफूले प्रमुख प्रतिपक्षी दलका नेताको तर्फबाट सरकारलाई निरन्तर खबरदारी गरिरहेको बताउनुभयो । उहाँले मौसम पूर्वानुमानपछि सरकारलाई पूर्वतयारीका लागि लगातार सचेत गराए पनि सरकार गम्भीर हुन नसकाले क्षति बढेको औल्याउँदै अब सरकारको आलोचना गरेर बस्नुभन्दा पनि मुलुकलाई एकताबद्ध गरेर राहत र पुनर्निर्माणमा जुट्न आह्वान गर्दै आफूले प्रभावितस्थलमै पुगेर यथार्थ जानकारी लिने प्रक्रिया सुरु गरेको बताउनुभयो । सोहीअनुसार हिजो आफूले काठमाडौं, ललितपुर र भक्तपुरका प्रभावितस्थलको अवलोकन गर्नुका साथै आज काभ्रे आएको पनि स्थानीयवासीलाई जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तालाई पीडामा रहेका जनतालाई साथ दिनु पार्टीको प्रमुख अभिष्ट रहेकाले यसलाई सेवा गर्ने अवसरको रुपमा उपयोग गर्न निर्देशन दिनुभयो । जनता पीडामा रहेको बेला उनीहरुलाई आशा र भरोसा दिंदै हरेक समस्या समाधानका लागि अगुवाई गर्नु साँचो अर्थमा राजनीतिक दलका नेता कार्यकर्ताको कर्तव्य भएकाले निरन्तर जनताको साथमा रहेर सहयोग गर्न र कम्तीमा पनि दशैंअघि पीडितलाई राहतको महसुस गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले बाढीपहिरो र डुबानका कारण सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेको स्थलगत अनुगमनका क्रममा धुलिखेलमा काभ्रेका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित कार्यालय प्रमुखहरुबाट बाढी पहिरोपछिको जिल्लाको अवस्था, पीडितहरुको उद्वार, राहत तथा पुनस्र्थापनाका बारेमा भएका कामको जानकारी लिनुभएको थियो ।  त्यस्तै उहाँले धुलिखेल अस्पतालमा घाइतेहरुलाई भेटेर उपचारबारे जानकारी लिनुका साथै बनेपा १२ पनौतीमा पुगेर ठूलो क्षति व्यहोरेको पलाती भूमिडाडाको अवस्थाको अवलोकन गर्नुभएको थियो ।

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

लोकप्रिय