अशोक मित्तलको कार्यकाल आगामी वर्षको जुलाई ३१ सम्म थियो । मुजफ्फरनगरको समीप उत्कल एक्सप्रेस दुर्घटनापछि जनताहरू रेल मन्त्रालयसँग रुष्ट थिए । पुनः बुधबार बिहान कानपुरनजिकै औरैयामा कैफियत एक्सप्रेसको रेल दुर्घटना भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

यसपछि बुधबार बिहान रेल बोर्डका अध्यक्ष अशोककुमार मित्तलले राजीनामा दिएको खबर आएको हो । उनको राजीनामापछि लोहानीलाई रेलवे बोर्डको जिम्मेवारी दिइएको हो । लोहानी भारतीय रेलवे इन्जिनियरिङ सेवामा सन् १९८० को ब्याजका कर्मचारी हुन् ।

एयर इन्डियाभन्दा अघि लोहानी दिल्ली डिभिजनको डीआरएम, राष्ट्रिय संग्रहालयको निर्देशक, मध्य प्रदेश पर्यटन विकास निगमका निर्देशक र भारतीय पर्यटन विकास निगमका अध्यक्ष तथा प्रबन्ध निर्देशक भइरहेका छन् ।

उत्तर भारतीय राज्य उत्तर प्रदेशमा भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ जना घाइते भएका छन् । बुधबार बिहान सबेरै भएको दुर्घटनामा रेलमा रहेका १० वटा डिब्बा पटरीबाट अलग्गिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट १८० किलोमिटर टाढा रहेको औरैया जिल्लामा सो दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा ७४ व्यक्ति घाइते भएका र ती सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको वरिष्ठ स्थानीय सरकारी अधिकारी अरभिन्द कुमारले सञ्चारमाध्यमलाई बताएका छन् । भारतीय रेल मन्त्री सुरेश प्रभुले यस दुर्घटनालाई आफूले व्यक्तिगत रूपमा नै निरीक्षण गरिरहेको जनाएका छन् । भारतको उत्तर प्रदेशका मुजफ्फरनगर जिल्लामा गत आइतबार मात्र भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु हुनुको साथै अन्य १ सय ५० भन्दा जना घाइते भएका थिए ।