लेनिनको शालिक ढालिएपछि महात्मा गान्धीको शालिकमाथि आक्रमण

लेनिनको शालिक ढालिएपछि महात्मा गान्धीको शालिकमाथि आक्रमण

नयाँदिल्ली । भारतको त्रिपुरा प्रदेशमा कम्यूनिस्ट पार्टी पदच्यूत भएर भारतीय जनता पार्टी ९भाजपा० विजयी भएपछि लेनिनको शालिक ढालियो । जसबाट कम्यूनिस्ट समर्थक सर्वसाधारण आक्रोशित भए । त्यसपछि भारतमा ‘शालिक युद्ध’ नै चलेको छ ।
भारतीय राजनैतिक व्यक्तित्वका शालिकहरु आक्रमणको चपेटामा परेका छन् । पछिल्लो पटक भारतमा राष्ट्रपिता मानिने माहात्मा गान्धीको शालिकमाथि आक्रमण भएको छ ।

दक्षिणी राज्य केरलामा गान्धीको शालिक आक्रमणमा परेको हो । केही युवाले शालिकमाथि ढुंगा प्रहार गरेर शालिकको चस्मा फुटाइदिइएका छन् । आक्रमणको शुरुवात भारतको उत्तरपुर्वी राज्य त्रिपुराको प्रदेश चुनावमा भाजपाको विजयपछि लेनिनको शालिक ढालेर शालिकको टाउको फुटबल खेलेको खबर आएपछि भएको हो । सो चुनावी परिणामले २५ वर्षीय कम्युनिष्ट शासनको अन्त्य गरेको थियो ।

त्यसपछि भाजपाका प्रतिद्वन्द्वीले अरु शालिकमाथि आक्रमण गर्न थाले । यसमा हिन्दु राष्ट्रवादी श्यामा प्रसाद मुखर्जी, दलित नेता अम्बेडकरको शालिक आक्रमणको शिकार भए ।

यसपछि भारतभर थप शालिक हमला हुन थालेका छन् । गान्धीको शालिकमाथि आक्रमणमा भने राजनैतिक दलहरु एकअर्कोलाई आरोप लगाइरहेका छन् ।

विगतमा यस्ता विवादलाई वेवास्ता गर्ने गरेको आरोप लाग्ने गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शालिक माथिको हमला तत्काल रोक्न निर्देशन दिएका छन् । भारतीय पत्रिकाहरुले भाजपाका राष्ट्रिय अध्यक्ष तथा मोदीका दाहिने हात मानिने अमित शाहले आफ्नो पार्टीको स्थानीय नेतालाई पार्टीका उग्रकार्यकर्तामाथि निगरानी राख्न माग गरेको रिपोर्ट दिएका छन् ।

‘पछिल्लो समय भइरहेको शालिकमाथिको हमला निक्कै दुभाग्यपूर्ण रहेको छ । हाम्रो पार्टी कसैको पनि शालिक ढाल्ने कुराको समर्थन गर्दैन,’ शाहले भने ।

शाहले यसो भने पनि विपक्षी पार्टीहरुले स्थानीय भाजपाका कार्यकर्ताहरुले ‘शालिक युद्ध’ सुरु गरेको आरोप लगाउँछन् ।

मोदीको अपार लोकप्रियता र भाजपाको सफल चुनाव रणनीतिले गर्दा भाजपाले हाल भारतका २९ राज्यमध्ये २१ राज्यमा सरकार बनाउन सफल भएको छ । सन् २०१४ मा केन्द्रिय सत्तामा आउनुअघि उसको ७ राज्यमा मात्र सरकार थियो ।

लेनिनको शालिक ढालिएको केही घण्टा दक्षिणपन्थीहरुले सो घटनालाई न्यायोचीत ठहर्याउने प्रयासमा लागे । भाजपा नेता शुब्रमन्नियम स्वामीले रुसी नेतालाई आतंकवादीको आरोप लगाए । ‘यस्तो मान्छेको शालिक हाम्रो देशमा हुनु सही हो रु’ उनले प्रश्न गरेका थिए ।

तर, केही समयमै तनाव त्रिपुराबाहिर विस्तार भयो । कलकत्तामा विपक्षी समर्थकहरुले श्याम प्रसाद मुर्खजीको अर्धशालिकको अनुहार बिगारिदिए । १९५१ मा तत्कालीन कङ्ग्रेस सरकार छाडेर नयाँ पार्टी खोलेका मुर्खजीको सोही पार्टी कालान्तरमा भाजपामा विकसित भएको थियो । उनी हिन्दू राष्ट्रवादीमाझ लोकप्रिय मानिन्छन् ।

त्यसको केही पछि उत्तर प्रदेशको मिरुतमा दलित नेता अम्बेडरको शालिक भत्काइयो । आफ्ना नायकको मुर्तिमाथि भएको हमलाको विरोधमा स्थानीय दलितले सडक बन्द गराए । प्रशासनले अम्बेडकरको शालिक पुनस्र्थापना गर्ने प्रण गरेपछि मात्र बन्द फिर्ता भएको थियो ।

उग्र हिन्दू राष्ट्रवाद ब्राण्ड बोकेको भाजपाको विजयको लहरले भारतमा धार्मिक र जातीय अल्पसङ्ख्यकमाथि घृणाको आक्रमण बढेको आलोचकको भनाई रहेको छ ।

आलोचकहरुले ‘शालिक युद्ध’लाई भारतमा बढेको असहिष्णुताको अर्को उदाहरण बताएका छन् । विपक्षी त्रिणमुल कङ्ग्रेसका नेता डेरेक ओब्रायनले भने, ‘यो अत्यन्त लज्जास्पद कुरा हो । हामी पनि लेनिनको दर्शनलाई समर्थन गर्दैनौँ तर, लडाईं राजनैतिक मैदानमा हुनुपर्छ ।’

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुखको शव फेला

काठमाडौं । यही सेप्टेम्बर २७ मा इजरायलको हवाई आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा उनी मारिएका थिए।  यसैबीच इजरायलले लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीका अनुसार इजरायली आक्रमणका कारण झन्डै १० लाख मानिस घरबारविहीन भएका छन्।  न्युयोर्क टाइम्सका अनुसार इजरायललाई नसरल्लाह लुकेको ठाउँ केही महिना पहिले नै थाहा थियो। उनी केही दिनमा अर्को ठाउँमा सर्ने डर इजरायललाई थियो। त्यसकारण यही सेप्टेम्बर २७ मा इजरायलले ८ लडाकु विमान लेबनानको राजधानी बेरुत पठायो र हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउन्ड वजनका १५ वटा बम खसाल्यो। जहाँ नसरल्लाह थिए र मारिए। यो अपरेसनलाई ‘न्यु अर्डर’ नाम दिइएको छ। 

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

चीनमा कथावाचन साझेदारी यात्राको आकर्षण

चीनको ग्वाङ्डोङ प्रान्तले चीन कथावाचन साझेदारी यात्रा कार्यक्रम आयोजना गरेको छ। बिभिन्न दशवटाच देशका मिडिया संवाददाताहरू र इन्टरनेट प्रभावशाली व्यक्तिहरूको उपस्थितमा यही सेप्टेम्बर २२ देखि झांझियाङमा सहरमा कार्यक्रम सुरु भएको हो । चाइना डेली वेबसाइट र झांझियाङ नगरपालिका सरकारको सूचना कार्यालयद्वारा "म्याङ्ग्रोभहरूको सहर" भनेर चिनिने सुन्दर झांझियाङ सहरमा संयुक्तरूपमा आयोजित कार्यक्रम सेप्टेम्बर २६ मा समापन हुनेछ । चाइनाडेलीले जनाए अनुसार कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, स्विडेन, रूस र टर्कीबाट १० जना सहभागी रहेका छन् । चीन कथाकार साझेदारीका सदस्यहरूका रूपमा उनीहरुले झांझियाङको समुद्री सौन्दर्य र सांस्कृतिक धरोहरको अन्वेषण यात्रा सुरु गरेको डेलिले जनाएको छ।  वैश्विक दर्शकहरूलाई झांझियाङको विशिष्ट आकर्षण प्रस्तुत गर्ने मञ्चको रूपमा  यस कार्यक्रममा विदेशी मिडिया सहभागीहरूले आफ्नो शब्द र लेन्स मार्फत सहरको सारलाई समात्ने अवसर पाएका छन्। आधुनिक कथावाचनलाई व्यक्तिगत, अन्तर्राष्ट्रिय स्पर्शसँग सम्मिश्रण गर्दै यो कार्यक्रमले झांझियाङको उच्च गुणस्तरीय विकास र चीनको समग्र आधुनिकीकरण प्रयासहरूमा यसको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको थियो।  चिनियाँ मुख्य भूमिको सबैभन्दा दक्षिणी भागमा अवस्थित झांझियाङ, ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरिया, हेनान स्वतन्त्र व्यापार बन्दरगाह र ग्वाङ्शी बेइबु खाडी आर्थिक क्षेत्रलाई जोड्ने रणनीतिक केन्द्रको रूपमा चिनिन्छ। www.chinadaily..cn  बाट साभार

इजरायली आक्रमणका कारण हजारौंले लेबनान छाडे

काठमाडौं । बेइरूततर्फको सडकमा ठूलो जाम छ । सहरको नजिकै बम्परदेखि बम्परसम्मको ट्राफिक, मोटरवेमा लामो दूरीसम्म फैलिएको छ। धेरै मानिसहरू अझै दक्षिणबाट भागिरहेका छन्, जहाँ इस्रायली बमबारी रातभरि जारी छ।  सामान्य एक घण्टामा पुगिने सडकमा हजारौं गाडी सत्र घण्टादेखि जाममा छन् । एउटै मोटरसाइकलमा चार जनासम्म चढेर भागिरहेका छन् । इजरायले मुख्य सडकका ठाउँहरूमा बमबारी गरेका कारण यात्रा पनि असुरक्षित बन्दै गएको छ । केही व्यवसाय खुलेका छन्, तर अरू बन्द छन्, भने विद्यालयहरू बमबारीबाट भाग्ने मानिसहरूलाई आश्रय दिने केन्द्रको रूपमा प्रयोग गरिएको छ। केही बासिन्दाहरूले इजरायली सेनाबाट आफूहरूलाई इरानद्वारा समर्थित समूहको स्थानहरू नजिक रहेका क्षेत्रहरू छोड्न एसएमएस र भ्वाइस मेसेजहरू पठाइरहेका छन् ।  टायरको दक्षिणी सहरमा मानिसहरू समुद्रकिनारमा हिँडिरहेका छन् भने आन्तरिक गाउँहरूमा हवाई आक्रमणबाट धुवाँ उठिरहेको छ । 

लोकप्रिय