विप्लवको गोप्य प्रतिवेदन सार्वजनिक, चन्दा र भ्रष्टाचार मौलाएको खुलाशा

विप्लवको गोप्य प्रतिवेदन सार्वजनिक, चन्दा र भ्रष्टाचार मौलाएको खुलाशा

काठमाडौं, भदौ ९ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टीभित्र व्यापक आर्थिक अराजकता रहेको बताएका छन् । नेता-कार्यकर्ता ‘चन्दामुखी’ भएको आरोप लागिरहेका बेला चन्द स्वयंले पार्टीभित्र अराजकता मौलाएको स्विकारेका हुन् ।केन्द्रीय समिति बैठकमा पेस गरेको दस्ताबेजमा चन्दले आर्थिक अराजकताको कुरा महत्वका साथ उल्लेख गरेका छन् । उनको दस्ताबेजलाई बैठकले अनुमोदन गरेको थियो ।

ग्रामीण क्षेत्रको जिम्मेवारी दिइएका नेता-कार्यकर्ता सहरमै केन्द्रित भएको, विवादास्पद मुद्दा-मामिलामा मात्र कार्यकर्ता सक्रिय भएको र पार्टीको माथिल्लो कमिटीको निर्देशन र अनुमतिविनै समात्ने, दुःख दिनेजस्ता काममा पार्टी प्रयोग भएको चन्दले खुलासा गरेका छन् ।

अन्नपूर्णलाई प्राप्त चन्दको उक्त गोप्य प्रतिवेदनमा नेता-कार्यकर्ताकै बीचमा रकम असुली गर्न असम्बन्धित क्षेत्रमा हात हाल्ने अस्वाभाविक प्रतिस्पर्धा चलेको उल्लेख छ ।‘पार्टी पंक्ति बढी सहरकेन्द्रित हुनु, पार्टीमा पूर्णकालीन कार्यकर्ता र व्यवस्थापनको नीति स्पष्ट नहुनु, पार्टी कमिटी र जनवर्गीय संगठनको आर्थिक व्यवस्थापन चुस्त नहुँदा अर्थ संकलन गर्न असम्बन्धित क्षेत्रमा हात हाल्ने, पार्टीको अनुमतिबेगर नै मुद्दा हेर्ने, पार्टीको उपल्लो कमिटीको अनुमतिविना गिरफ्तार गर्नेजस्ता क्रियाकलाप पार्टीमा बढेको छ’, चन्दले स्विकारेका छन् ।'पार्टीमा आर्थिक अराजकता'

विद्यार्थी, स्वयंसेवक र मजदुर संगठनमा आर्थिक अराजकता चर्काे रुपमा देखा परेको नेताहरूको भनाइ ।

काठमाडौं, चितवनलगायत क्षेत्रमा खटिएका पार्टी तथा जनवर्गीय संगठनका नेता मुद्दा-मामिला खोजी गर्दै हिँड्ने र न्यायका नाममा असुली गर्न थालेपछि चन्दको पार्टी आलोचित बन्दै गएको छ । ‘प्रचण्डसँग हुँदा कमाउन नपाएका वा यता आएर अरूसँग बार्गेनिङ गर्ने प्रवृत्ति पनि पार्टीमा देखिएको छ’, चन्दले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘कतै पार्टीमा आर्थिक फाइदाका लागि अस्वाभाविक सक्रिय हुने र क्रान्तिको चाप बढ्दा धोका दिने अवस्था त आउँदैन भन्ने प्रश्न पनि उठ्न थालेको छ।’

खासगरी विद्यार्थी, स्वयंसेवक र मजदुर संगठनमा आर्थिक अराजकता चर्को रुपमा देखा परेको नेताहरूको भनाइ छ । ती संगठनका केन्द्रीय जिम्मेवारीमै रहेका नेताहरूले ‘जनअदालत’ का नाममा मुद्दा मिलाइदिने बहानामा चर्को रकम असुली गर्दै आइरहेका छन् ।

तीन महिनाअगाडि मात्रै जडीबुटीमा त्यस्तै मुद्दा मिलाउने नाममा भएको अपहरणमा नेकपाका केन्द्रीय नेता सुदीप मल्ल जोडिएका थिए । उनलाई अहिले स्पष्टीकरणसमेत सोधिएको नेकपाका नेताहरूले बताएका छन् ।

उनले आफ्नो इच्छाअनुसार योजना बनाउने र घुमफिरमा रमाउने नेताहरूको प्रवृत्ति पार्टीमा आत्मघाती कदमका रूपमा देखापरेको पनि बताएका छन् । नेकपाले प्रवक्ता खडकबहादुर विश्वकर्माको नेतृत्वमा केन्द्रीय अर्थ विभाग बनाए पनि विभागभित्रै अराजकता देखिएको छ । अन्नपुर्ण पाेष्टमा खबर छ ।

बालेनको कटाक्ष -'टुँडिखेल र खुल्लामन्च पनि एमाले-कांग्रेसका कार्यकर्तालाई दिने अध्यादेश पास भएछ'

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी भएकोमा सत्तारू दल एमाले र कांग्रेसप्रति तिव्र असन्तुष्टि जनाएका छन्।  राष्ट्रपतिले भूमि सम्बन्धी अध्यादेश जारी गरेको केही समयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बालेनले असन्तुष्टि जनाएका हुन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’ यसअघि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्न अस्वीकार गरेका थिए ।  तर राष्ट्रपति पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश प्रधानमन्त्रीको अनुरोधमा जारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सच्याउने प्रतिबद्धता जनाएपछि राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन्।

देउवाले किन बोलाए कांग्रेसका मन्त्रीहरु बुढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई आज बुढानीलकण्ठस्थित निवास बोलाएका छन् ।  मन्त्रीहरुसँग सामूहिक छलफल गर्न  उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका हुन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । सोही तालिका अनुसार देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको बताइएको छ । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।

समाजवादी मोर्चाले माघ १६ गते वृहत कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले  माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।  समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए । कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए । ‘ओली सरकारले ल्याएको अध्यादेशबारे गम्भीर छलफल भएको छ । जननिर्वाचित संसद् छ । तर सरकारले संसद् छलेर भटाभट अध्यादेश ल्याएको छ । यसबारे गम्भीर छलफल भएको छ’, उनले भने ।  आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर  पछिल्लो समय अगाडि बढाउन गति धिमा भयोबारे समीक्षा भएको उनले बताए ।

सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको तयारी

काठमाडौं । सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षी पाँच दलको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेको हो ।  बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी  दिए ।  ‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ ।  ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने ।  बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

लोकप्रिय