विमानस्थलभित्रै भएको जहाज दुर्घटनाले उब्जाएका सात प्रश्न

विमानस्थलभित्रै भएको जहाज दुर्घटनाले उब्जाएका सात प्रश्न

काठमाडौं, फागुन ३० । दुर्घटनाले पाइलटको मनस्थिति, काठमाडौंको धावनमार्ग, एटिसीसँगको संवाद र जहाजको अवस्थाबारे प्रश्न

१. धावनमार्गसँग पाइलट कति अभ्यस्त थिए ?
पाइलटहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रूपमा विश्वका अन्य विमानस्थलको तुलनामा जोखिमपूर्ण मानिन्छ । खासगरी, अग्ला चुचुरा छिचोलेर उपत्यका प्रवेश गर्नुपर्ने र घना बस्तीको बीचमा छोटो दूरीको धावनमार्गमा जहाज उडान–अवतरण गर्नुपर्ने चुनौती हुन्छ । युएस–बंगला एयरलाइन्सको उडान नम्बर युबिजी २११ (डिएच८डी) जहाजको कमान्ड सम्हालेका पाइलट अबिद सुल्तान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यहाँको धावनमार्गसँग अभ्यस्त थिए । किनभने उनले यसअघि पनि पटक–पटक काठमाडौंको उडान भरिसकेका थिए ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

२. पाइलटको शारीरिक र मानसिक अवस्था
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अहिले युएस–बंगला र बंगलादेशको नागरिक उड्डयन प्राधिकरणसँग पाइलटको उडान विवरण, अनुभवलगायत सम्पूर्ण विवरण माग गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार सुल्तानले दुर्घटनामा ज्यान गुमाउनुअघि पाँच हजार घन्टा जहाज उडाइसकेका थिए । सोमबार दुर्घटनामा परेको जहाज भने १ हजार ७ सय घन्टा उनको कमान्डमा उडेको थियो । बंगलादेशको इन्टरनेट न्युजपेपर बिडिन्युजडटकमका अनुसार सोमबार नै उनी क्यानडाबाट सोही जहाज उडाएर बंगलादेश आएका थिए । त्यसपछि दोस्रो उडानका क्रममा बंगलादेशबाट नेपाल आएको बिडिन्युजको समाचारमा उल्लेख छ ।

३. १७ वर्ष पुरानो जहाज यसअघि सामान्य दुर्घटनामा
दुर्घटनाग्रस्त यो जहाज क्यानेडियन कम्पनी बम्बाडियरले पहिलोपटक सन् २००१ मा स्क्यान्डानेभियन एयरलाइन्स (एएसए)लाई डेलिभरी गरेको थियो । उक्त कम्पनीले जर्मनीको अउगसबर्ग कम्पनीलाई सन् २००८ मा बेचेको थियो । सो कम्पनीबाट युएस–बंगलाले यो जहाज सन् २०१४ मा किनेको हो । यसअघि यही जहाज बंगलादेशको साइदपुर विमानस्थलमा सामान्य दुर्घटनामा परे पनि मानवीय तथा भौतिक क्षति नभएपछि लगत्तै उडानयोग्य बनेको थियो ।

४. धावनमार्गमा खराबी थियो ?
विमानस्थलको आलोचनाको अर्को विषय धावनमार्ग पनि हो । वेलावेला पिच उप्कनेदेखि जनावर र चराको आतंक यहाँ सामान्य मानिन्छ । तर, अहिले धावनमार्गमा कुनै समस्या नरहेको विमानस्थल व्यवस्थापन दाबी गर्छ । ‘त्रिभुवन विमानस्थलभित्रको कुनै पनि संरचनाका कारण जहाज दुर्घटनामा परेको देखिँदैन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘तर, अनुमानको भरमा बोल्नुभन्दा उच्चस्तरीय दुर्घटना जा“च आयोगको प्रतिवेदन कुर्नु राम्रो हुन्छ ।’

५. एटिसी नै अलमलमा थिए ?
युएस–बंगला एयरलाइन्सका उच्च अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार जहाज दुर्घटनामा एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को हात रहेको आरोप लगाइएको छ । एटिसीले समयमा उचित सूचना दिन नसक्दा पाइलट झुक्किएको युएस–बंगला एयरलाइन्सको दाबी छ । तर, त्रिभुवन विमानस्थलका अधिकारीहरूका अनुसार एटिसीले दिएको निर्देशन सही पालना भएको भए पूर्वनिर्धारित समयमै सुरक्षित अवतरण सम्भव थियो । एउटा दिशाबाट अवतरणको अनुमति दिइसकेपछि पनि अर्को दिशातर्फ मोडिनु, आकाशमा छ“दा कुनै इमर्जेन्सी घोषणै नगरी अवतरणका लागि तयार भएपछि एटिसीले थप निर्णय लिने मौका नपाएको महाप्रबन्धक क्षेत्रीले बताए ।

६. दुर्घटनाका वेला ड्युटीमा रहेका एटिसी अर्को शाखामा सरुवा
यसैबीच, त्रिभुवन विमानस्थल व्यवस्थापनले दुर्घटनाको समय ड्युटीमा रहेका एटिसीको शाखा परिवर्तन गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठगन (आइकाओ)को नियमअनुसार प्रत्यक्ष दुर्घटना देखेका एटिसीलाई केही दिन मानसिक रूपमा कम तनाव हुने शाखामा सारिएको विमानस्थल व्यवस्थापनको भनाइ छ । ‘एटिसी अति दबाबमा काम गर्नुपर्ने पेसा हो,’ महाप्रबन्धक क्षेत्री भन्छन्, ‘त्यसकारण केही दिनका लागि सोमबार एटिसी सम्हालेका कर्मचारीलाई अरू शाखामा पठाएका छौँ ।’

७. इयूको कालोसूची लम्बिन्छ ?
नेपाली आकाशलाई असुरक्षित देखाउँदै सन् २०१३ देखि युरोपेली युनियनले नेपाली वायुसेवालाई प्रतिबन्ध लगाएको छ । एभिएसन सेफ्टी लिस्ट (कालोसूची)मा राखेको युनियनले यसै वर्ष नेपाललाई उक्त सूचीबाट हटाउने अपेक्षा थियो । तर, नेपाली भूमिमा भएका ठूला दुर्घटनापछि अब के हुन्छ भन्ने प्रश्न उठेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक भन्छन्, ‘यो बंगलादेशको नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको जहाज हो, त्यसकारण जा“च आयोगको प्रतिवेदन नआएसम्म अन्तर्राष्ट्रिय निकायले कुनै मूल्यांकन गर्दैनन् ।’

नेपाल र चीनको आतंकवादविरोधी संयुक्त सैन्य अभ्यास सुरु

चीन र नेपालले आतंकवाद विरोधी संयुक्त सेना अभ्यासको सुरुवात गरे, जसमा एक प्रकारको बलाकार अन्वेषण ड्रोनको पहिलो प्रदर्शन गरिएको छ। चिनियाँ समाचार एजेन्सी शिन्हुआका अनुसार, चोंगकिङ नगरपालिका, दक्षिण-पश्चिम चीनमा एक प्रशिक्षण आधारमा सगरमाथा मित्रता-२०२४ संयुक्त सेना अभ्यासको उद्घाटन समारोह आयोजना गरिएको थियो। यो चीन र नेपालका सैन्य बलबीचको सगरमाथा मित्रता श्रृंखलाका अभ्यासहरूको चौथो संस्करण हो, अघिल्लो अभ्यास २०१९ मा पाँच वर्ष पहिले गरिएको थियो। शहरका खण्डमा संयुक्त आतंकवाद विरोधी अपरेशन्सको विषयमा, संयुक्त प्रशिक्षणमा हल्का हतियार प्रहार, आतंकवाद विरोधी समूहका रणनीतिहरू, ड्रोन अपरेसन, आपतकालीन उद्धार र एक समग्र आतंकवाद विरोधी अभ्यास समावेश हुनेछ, जसको उद्देश्य बहुआयामिक खोज, मोबाइल प्रवेश र संयुक्त अपरेसनमा सशस्त्र उद्धारको क्षेत्रमा क्षमताहरूलाई वृद्धि गर्नु हो, शिन्हुआका अनुसार। अभ्यास अक्टोबर १ सम्म जारी रहनेछ, रिपोर्टमा भनिएको छ। उद्घाटन समारोह पछि, चिनियाँ पक्षले तीन श्रेणीमा २० भन्दा बढी उपकरण प्रदर्शन गर्यो, जसमा हल्का हतियार, आतंकवाद विरोधी मिशनका लागि अन्वेषण गियर र उपकरणहरू समावेश छन्, चीन सेंट्रल टेलिभिजनले रिपोर्ट गरेको छ। बुद्धिमान अन्वेषण उपकरणले विशेष ध्यान आकर्षित गर्यो, जसमा एक प्रकारको रोबोट कुकुर, एक प्रकारको भित्ता चिर्ने रडार र एक प्रकारको आत्म-प्रेरित बलाकार अन्वेषण ड्रोन समावेश छन्, रिपोर्टमा भनिएको छ। साना ड्रोनको लागत कम हुने अपेक्षा गरिएको छ, तर यसले खतरनाक वातावरणमा जनशक्ति उजागर हुने जोखिमलाई महत्वपूर्ण रूपमा कम गर्न सक्छ, विशेषज्ञले भने। अभ्यासको दौरान, दुवै पक्षले प्राकृतिक विपदहरू जस्तै भूकम्प, हिमपात र ढुंगा बग्ने घटनाहरूमा राहत अपरेशन्सको बारेमा आदान-प्रदान पनि गर्नेछन्, साथै आपसी विश्वास र बुझाइलाई सुदृढ गर्नका लागि विभिन्न सांस्कृतिक आदानप्रदानको श्रृंखला पनि हुनेछ, शिन्हुआले रिपोर्ट गरेको छ।

विद्यार्थी नेता केसीको स्मृतिमा माओवादी केन्द्रले बनायो एक लाखको अक्षयकोष

प्युठान । प्यूठान ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला समिति प्युठानका सदस्य तथा झिम्रुक गाउँपालिकाका अध्यक्ष सन्दिप केसीको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति प्युठानले रु.एक लाखको अक्षयकोष स्थापना गर्ने भएको छ। दिवंगत केसीको सम्झनामा उहाँले  अध्ययन गर्नुभएको  झिमरुक गाउँपालिका-७ स्थित श्री सत्य मावी तुषारामा पार्टी,अखिल (क्रान्तिकारी) प्युठान र घरपरिवार संरक्षक रहनेगरी अक्षयकोष स्थापना गरिने पार्टीले घोषणा गरेको नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसीले जानकारी दिनुभयो।साथै यहि शैक्षिक शत्रभित्रमा अक्षयकोष स्थापना गरिसक्नुपर्ने अध्यक्ष केसीले बताउनुभयो। केसीको मृत्यु भएको नवौं दिनमा उहाँको निवासमा नेकपा (माओवादी केन्द्र) प्युठान, अखिल (क्रान्तिकारी)प्युठान, वाईसीएल प्युठान,दलित मुक्ति मोर्चा लगायतको संयुक्त आयोजनामा गरिएको शोक सभामा नेकपा (माओवादी केन्द्र)प्युठानका अध्यक्ष प्रभात केसीले शोक मन्तव्य राख्दै दिवंगत सन्दिप केसीको विद्यार्थीहरुमाझ लोकप्रियता र विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। अध्यक्ष केसीले दिवंगत केसीको घरपरिवारको सुखदुःखमा सिंगो जिल्ला पार्टी समिति एकताबद्ध भएको बताउनुभयो। अखिल (क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्ष सुशिला घर्ती मगरको अध्यक्षतामा भएको उक्त शोक सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्युठान ईन्चार्ज नारायण प्रसाद अधिकारी,नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसी,प्रदेश सदस्य उमा शर्मा,प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष पुष्कर शर्मा,पार्टी झिमरुक गाउँ समितिका अध्यक्ष झक बहादुर जिसी,वाईसिएल प्युठानका अध्यक्ष मोहन परियार,दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केशव बिक,अखिल क्रान्तिकारीका नेता बालाजी जिसी र प्रेमबहादुर विश्वकर्मा लगायत ३४ जना बढी पार्टी नेता एवम् विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो। दिवंगत सन्दिप केसी लामो समयदेखी हृदय रोगले ग्रसित हुनुहुन्थ्यो। विगत ३ महिना अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछी अस्पतालपछि आफ्नै निवासमा बेड रेस्टमा हुनुहुन्थ्यो।केसीको गत भाद्र २९ गतेका दिन २४ वर्षको अल्पायुमै आफ्नै निवासमा देहावसान भएको थियो। सन्दिप केसी विं.सं २०५७ चैत २३ मा आमा बेला केसी र बुबा फत्य बहादुर केसीको कोखबाट  प्युठानको झिमरुक गाउँपालिका -७ तुषारामा जन्मिनुभएको थियो।सानै उमेरमा हृदय रोग देखिएपछी उहाँ परिवारको मायाले भरिपूर्ण हुनुभएको थियो।समय बित्दै जाँदा विभिन्न विद्यालयमा अध्ययन गर्ने क्रममा विभिन्न साथि संगिहरुसँग राम्रो सम्बन्ध स्थापना गर्न माहिर हुनुहुन्थ्यो। दिवंगत सन्दिप केसीले अखिल क्रान्तिकारी स्वर्गद्वारी बहुमुखी क्याम्पस,झिम्रुक गाउँपालिकाका अध्यक्ष हुँदै  जिल्ला कमिटि सदस्यको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गर्नु भएको थियो। स्वर्गद्वारी बहुमुखी क्याम्पसको जेहेन्दार विधार्थीको रुपमा मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत उहाँ उक्त क्याम्पसको रेडक्रस सर्कलको उपसभापति समेत हुनुन्थ्यो भने विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय हुनुन्थ्यो। 

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

लोकप्रिय