व्रत बसेका बेला सेक्स गर्न हुन्छ ?

व्रत बसेका बेला सेक्स गर्न हुन्छ ?

मैथुन र सम्भोगबीच तात्विक भिन्नता छ । सम्भोग कार्य हेराईबाट सुरुवात भै यौनजन्य वार्तालाप, संवेदनशील अंगको स्पर्श हुँदै अन्त्यमा सम्भोगमा विसर्जन हुन्छ । सम्भोगबाट सही अर्थमा सुख प्राप्त हुन्छ । यस दौरान चुम्बन, वैकल्पिक यौन कार्य (मुख मैथुन, गुद्दद्वार मैथुन) भए पनि सम्भोगबाट दुवै जनालाई असीम यौन आनन्द प्राप्त हुन्छ । जबकि हतारमा अर्थात् एक जनाले हृदयदेखि नचाहेको अवस्थामा वा दुवै जना मानसिक रूपले तयार नभएको अवस्थामा स्थापित सम्बन्ध केवल भौतिक सुख, केवल एक जना मात्र तृप्त हुने कार्य हो ।

योनि–लिंग मिलन अन्तिम गन्तव्य भए पनि सम्भोग अघि यौनालापका दौरान आपसी छेडखानी, चिमोट्ने कार्य तथा आसन परिवर्तनले यसलाई बढावा दिन्छ । मैथुनमा प्रेम, आकर्षण नहुन पनि सक्छ, आवश्यकता नहुन पनि सक्छ । मैथुन एकपक्षीय कार्य हो । मैथुनमा स्खलन अन्तिम बिन्दु हुन्छ ।

सम्भोगमा महिलाको इच्छाको पनि उचित कदर गरिने हुनाले वास्तवमै सफल सम्भोगपछि भविष्यमा यौन सम्बन्ध राख्न महिलाहरू समेत उत्साहित हुन्छन् । मानसिक समस्या उत्पन्न हुने सम्भावना हुँदैन । व्यवसायिक यौनकर्मीसँग विविध कारणले मैथुन गरिन्छ भने वैवाहिक स्थितिमा भने सम्भोगमा बढी जोड दिइन्छ ।

सम्भोगमा पुरुष–महिलाले बराबर भोग र आनन्द प्राप्त गर्छन् । यसका लागि महिलासँग कुन आसन वा के गर्दा बढी सन्तुष्टि प्राप्त हुन्छ सोध्नुपर्छ ।

यौन सम्पर्कका बेला यौन उत्तेजना आउने, स्खलित हुने र चरम सन्तुष्टि प्राप्त गर्ने कार्यमा महिला र पुरुषबीच भिन्नता हुन सक्छ । अत: दुवैको समझदारीमा सम्भोग गर्नुको मज्जा बेग्लै हुन्छ । महिनावारीको मध्यतिर अर्थात् डिम्ब निष्कासन हुने समयताका महिलाहरू यौनसम्पर्कप्रति बढी आकर्षित हुन्छन् । यो तथ्य बुझेर अघि बढेको खण्डमा महिलाले चरम सन्तुष्टि प्राप्त गर्न सक्छन् । सम्भोगमा पुरुष–महिलाले बराबर भोग र आनन्द प्राप्त गर्छन् । यसका लागि महिलासँग कुन आसन वा के गर्दा बढी सन्तुष्टि प्राप्त हुन्छ सोध्नुपर्छ ।

प्राय: महिलाले यौन सम्पर्कलगत्तै पुरुषबाट आत्मीयता खोजे पनि पुरुषचाहिँ अर्कातिर फर्केर सुत्छन् तथा महिलाले चरम सन्तुष्टि प्राप्त गरे–नगरेको कुरा सोध्दैनन् । सम्भोगमा यस्तो मान्यता स्वीकार्य हुँदैन । पुरुष र महिला दुवै शारीरिक एवं भावनात्मक रूपमा एकाकार वा सानिध्य भए पनि मैथुन शब्दले शारीरिक पक्ष र सम्भोगले संवेगात्मक पक्षलाई महत्व दिएको हुन्छ । मैथुन शारीरिक कार्य मात्र हो । त्यो सन्तान उत्पादनका लागि पर्याप्त भए पनि सम्भोगमा दुवै जनाले चरम सुख प्राप्त गर्न दुवै जनाले मानसिक रूपमै सहभागिता जनाउनुपर्छ ।

यौन सम्पर्कका बेला थोरै भए पनि इनर्जी क्षय हुने हुनाले केही पनि नखाई बस्ने व्रतका बेला कमजोर महसुस गर्न सक्छन् ।

नेपाली हिन्दू समाजमा विशेषत: महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा व्रत वा उपवास बस्छन् । लामो समयको व्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । व्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ । यौन सम्पर्कका बेला थोरै भए पनि इनर्जी (शक्ति) क्षय हुने हुनाले केही पनि नखाई बस्ने व्रत (जस्तै तीज) का बेला कमजोर महसुस गर्न सक्छन् ।

सफल यौन कार्यमा महिलाको इच्छाको कदर गर्नुपर्ने र व्रतसँग सामाजिक सीमा, मर्यादा एवं नैतिक मूल्य–मान्यतासमेत गाँसिने भएकाले यतिबेला यौन आनन्द भन्दा यौन सम्बन्ध पछि आत्मग्लानि वा पश्चातापको अनुभूति हुन बेर लाग्दैन । धर्मशास्त्र तथा पर्व विशेषको महत्वका कारण पनि विशेषत: पुरुषले आफ्नो मात्र स्वार्थ सिद्ध गर्नतर्फ लाग्नु हुँदैन ।

वैज्ञानिक हिसाबले व्रतका बेला यौनसम्पर्क राख्न नहुने कुनै कारण छैन, तर केही दिनको विश्रामपछिको यौनसम्बन्ध अझ सन्तुष्टियुक्त हुने र त्यतिबेला व्रत लिइसकेकी महिला पनि मानसिक रूपमा तयार हुने हुँदा व्रतका बेला यौन सम्पर्क नराख्नु नै बुद्धिमानी हुन्छ । साप्ताहिकबाट

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावस्वरुप अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदली छ। आकाशमा बादल लागेको छ भने उपत्यकाका केही ठाउँमा सिमसिम वर्षासमेत भैरहेको छ।  यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा राति हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम?  २०८१ असोज १० गते बिहीबार दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका  केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। २०८१ असोज ११ गते शुक्रबार दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।  

लोकप्रिय