शिक्षक बनाउन यस्तो चलखेल

शिक्षक बनाउन यस्तो चलखेल

जाजरकोट, माघ २४ । जुर्क दहस्थित अमरज्योति आधारभूत प्राथमिक विद्यालयको प्राथमिक तह राहत शिक्षक नियुक्तिमा गर्न उत्तरपुस्तिका नै फेरबदल गरिएको छ ।
विद्यालय निरीक्षक धनञ्जय आचार्य, प्रधानाध्यापक कैलाश साहलगायतको मिलेमतोमा पुस्तिका फेरबदल भएको परीक्षार्थीको आरोप छ ।
शिक्षक नियुक्तिका लागि विद्यालयले गत शुक्रबार जिल्ला शिक्षा कार्यालयमै लिखित र मौखिक परीक्षा सञ्चालन गरेको थियो । सहभागी ११ मध्ये सर्पे तिरुवा, शोभा बुढा, पूर्णबहादुर घर्ती र खिमबहादुर खड्का लिखितमा सफल भए ।

तिरुवाले लिखित तथा मौखिक परीक्षामा सबैभन्दा बढी ५० अङ्क ल्याए । घर्तीले ४६ पाए । प्रअ साह, निरीक्षक आचार्य र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीना घर्तीलगायतको मिलेमतोबाट रातारात उत्तरपुस्तिका नै परिवर्तन गर्ने काम भयो । परीक्षार्थी घर्तीको प्राप्ताङ्क सर्पेको भन्दा केही बढी गराएर फर्जी काम भएको खुलेको छ ।

लिखित र मौखिकको अङ्क जोडेको मुचुल्कामा सबैले हस्ताक्षर गर्दासम्म सबैभन्दा बढी अङ्क आफ्नै भएको परीक्षार्थी सर्पेले को भनाई छ ।
सर्पेले परीक्षा सञ्चालनमा जिम्मेवारी लिएका सम्बन्धित पक्षले घर्तीलाई शुक्रबार राति नै पुनः परीक्षा दिनलगाई अर्को उत्तरपुस्तिका तयार गरेर मुचुल्कासमेत बदलेको आरोप छ । ती सबैको मिलेमतोमा भेरीमालिका नगरपालिका–१३ कुदुस्थित एक होटलमा अर्को उत्तरपुस्तिका र मुचुल्का तयार भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीले बताए । परिवर्तन गरेको उत्तरपुस्तिका प्रधानाध्यापक साहले नै राखेको र निरीक्षक आचार्य, विषय विशेषज्ञलगायतको सहमतिमा उक्त कार्य भएको घर्तीले स्वीकारे ।

विद्यालयले विषय विशेषज्ञका रूपमा शिक्षक वीरबहादुर शाही र बिना शाहीलाई मनोनयन गरेको थियो । जिल्ला शिक्षाले कार्यालयका तर्फबाट विद्यालय निरीक्षक आचार्यलाई परीक्षा सञ्चालन गर्न खटाएको थियो ।
आर्थिक प्रलोभन र राजनीतिक आस्थाका आधारमा उत्तरपुस्तिका नै फेरबदल भएको सर्पेको आरोप छ । अवैध कार्यको उचित छानबिन गरी आफूलाई नियुक्ति पाउने व्यवस्था मिलाइदिन उनले जिल्ला प्रशासनमा उजुरी दिएका थिए ।

विश्वविद्यालय सुधार्ने प्रधानमन्त्रीको संकल्प : कसैलाई बन्देज नहुने गरी त्रिविको उपकुलपतिमा खुल्यो दरखास्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने लगायत विभिन्न मापदण्ड तोकिएकी पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सूचना सच्याउन निर्देशन दिएका थिए । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डको विश्वविद्यालय सुधार गर्ने चाहान अनुसार विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन भएको हो । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गर्दै योग्य र इच्छुक जोसुकै उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने गरी सुचना जारी गरेको हो ।  

यी हुन् बेलायत जान अन्तर्वार्ताका लागि छनोट भएका ७१ जना नर्स

काठमाडौँ । रोजगारीका लागि बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताको लागि बोलाएको हो । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायतबिच सम्झौता भएको थियो । सोही आधारमा विभागले १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरेको थियो । जसमा मागभन्दा कम नर्सहरूको मान्य आवेदन परेको थियो । अनलाइन आवेदन दिएकाहरूलाई तोकिएको मापदण्डको आधारमा प्रारम्भिक सूची प्रकाशित गरेको हो । उनीहरूलाई डिसेम्बर ४ देखि ७ तारिखसम्म अन्तर्वार्ताको लागि बोलाइएको छ । अन्तर्वार्ता लैनचौरस्थित बेलायती दूतावासमा हुनेछ । नर्सका लागि तोकिएको कडा मापदण्डका कारण थोरै आवेदन परेको थियो । बेलायतले आईएलटीएसमा सात ल्याउनुपर्ने, २ वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो । जसमा पुरानाहरूको हकमा भाषागत समस्या देखिएको थियो भने नयाँमा कार्यानुभवको अभाव देखिएको थियो । अनलाइन मार्फत सात सय भन्दा बढीले रजिस्ट्रेसन गरेका थिए । तर, ७५ जनाको मात्रै मान्य कागजपत्र पेस गरिएको थियो । तिनीहरूबाटै विभागले ७१ जनाको प्रारम्भिक सूची तयार पारेको हो ।    

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी नियुक्तिका लागि आवेदन

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । अस्पतालले आठौंदेखि चौथो तहसम्मका लागि लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकले १५ दिनभित्र लिखित दरखास्त दिन सक्ने बताइएको छ ।

करारमा जागिर खाने हो? हेर्नुस् सूचना

काठमाडौं, वैशाख १५ । महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट खोटाङले डिप्लोमा कार्यक्रमका लागि करारमा कर्मचारीको माग गरेको छ । रिक्त रहेका पदका लागि इन्ष्टिच्युटले करारमा कर्मचारी माग गरेकाे हाे ।  योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र निवेदन पेश गर्नका लागि एक सूचनासमेत जारी गरिएको छ ।

लोकप्रिय