यी हुन् बेलायत जान अन्तर्वार्ताका लागि छनोट भएका ७१ जना नर्स

यी हुन् बेलायत जान अन्तर्वार्ताका लागि छनोट भएका ७१ जना नर्स

काठमाडौँ । रोजगारीका लागि बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताको लागि बोलाएको हो ।

बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायतबिच सम्झौता भएको थियो । सोही आधारमा विभागले १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरेको थियो । जसमा मागभन्दा कम नर्सहरूको मान्य आवेदन परेको थियो । अनलाइन आवेदन दिएकाहरूलाई तोकिएको मापदण्डको आधारमा प्रारम्भिक सूची प्रकाशित गरेको हो । उनीहरूलाई डिसेम्बर ४ देखि ७ तारिखसम्म अन्तर्वार्ताको लागि बोलाइएको छ । अन्तर्वार्ता लैनचौरस्थित बेलायती दूतावासमा हुनेछ ।

नर्सका लागि तोकिएको कडा मापदण्डका कारण थोरै आवेदन परेको थियो । बेलायतले आईएलटीएसमा सात ल्याउनुपर्ने, २ वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो । जसमा पुरानाहरूको हकमा भाषागत समस्या देखिएको थियो भने नयाँमा कार्यानुभवको अभाव देखिएको थियो । अनलाइन मार्फत सात सय भन्दा बढीले रजिस्ट्रेसन गरेका थिए । तर, ७५ जनाको मात्रै मान्य कागजपत्र पेस गरिएको थियो । तिनीहरूबाटै विभागले ७१ जनाको प्रारम्भिक सूची तयार पारेको हो ।

विश्वविद्यालय सुधार्ने प्रधानमन्त्रीको संकल्प : कसैलाई बन्देज नहुने गरी त्रिविको उपकुलपतिमा खुल्यो दरखास्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने लगायत विभिन्न मापदण्ड तोकिएकी पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सूचना सच्याउन निर्देशन दिएका थिए । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डको विश्वविद्यालय सुधार गर्ने चाहान अनुसार विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन भएको हो । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गर्दै योग्य र इच्छुक जोसुकै उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने गरी सुचना जारी गरेको हो ।  

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी नियुक्तिका लागि आवेदन

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । अस्पतालले आठौंदेखि चौथो तहसम्मका लागि लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकले १५ दिनभित्र लिखित दरखास्त दिन सक्ने बताइएको छ ।

करारमा जागिर खाने हो? हेर्नुस् सूचना

काठमाडौं, वैशाख १५ । महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट खोटाङले डिप्लोमा कार्यक्रमका लागि करारमा कर्मचारीको माग गरेको छ । रिक्त रहेका पदका लागि इन्ष्टिच्युटले करारमा कर्मचारी माग गरेकाे हाे ।  योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र निवेदन पेश गर्नका लागि एक सूचनासमेत जारी गरिएको छ ।

करिअर टिप्सः यस्तो छ फास्ट ट्रयाक बढुवाका ७ सिँढी

बोसबाट स्पष्ट अपेक्षा राख्नुहोस् जीवनका हरेक पाइलामा उत्कृष्ट प्रदर्शन गर्न चाहनुहुन्छ भने बोसलाई खुसी बनाउनुहोस् । म्यानेजरसँग बसेर स्पष्ट लक्ष्य तय गर्नुहोस् र भन्नुहोस्, ‘म तपाईंको लक्ष्य र योजना पूरा गर्न सदैव तयार छु, त्यसका लागि मैले के गर्न सक्छु ?’ आफ्नो कामको त्रैमासिक समीक्षा होस् भन्ने चाहेको कुरा बताउनुहोस् । उपलब्धिको डकुमेन्टेसन गर्नुहोस् तपाईंले गर्नुभएका सबै काम र उपलब्धीबारे बोसले ख्याल गरिरहेको नहुन सक्छ । त्यसैले त्यस्ता काम र उपलब्धीहरूको फेहरिस्त नै राख्नुहोस्, जसले तपाईंलाई प्रमोसन माग गर्न सहज हुनेछ । तपाईंले प्राप्त गर्नुभएको थप सीप, तालिम तथा क्षमता पनि आफ्नो बायोडाटामा थप्नुहोस् । मानव स्रोत विभागसँग नजिक बन्नुहोस् मानवस्रोत विभागका साथी तपाईंको प्रमोसनको कडी बन्न सक्छन् । तपाईंलाई रोजगारीका बारेमा जानकारी दिने व्यक्तिलाई कहिलेकाहीँ सँगै खान लानुहोस् र त्यही मौकामा आफूले गरेका कामका बारेमा भन्नुहोस् । त्यस्ता बसाइले तपाईंलाई चाहेको विभागमा जान वा प्रमोसनका लागि सहज वातावरण बनाउन सक्ने छ । दिइएको दायित्वमा सीमित नरहनुहोस् जब तपाईंले एकपटक आफूलाई ठूला काम र जिम्मेवारी पनि पूरा गर्न सक्छु भन्ने प्रमाणित गर्नुहुनेछ, तब आफ्ना म्यानेजरलाई थप जिम्मेवारी माग गर्नुहोस् । तर, त्यस्तो विशेष काम मात्र दिन आग्रह गर्नुहोस्, जुन जिम्मेवारी र पदका लागि तपाईंले आँखा लगाइरहनुभएको छ । त्यो तपाईंका लागि आफूलाई परीक्षण र प्रमाणित गर्ने आधार बन्ने छ । नेतृत्वकर्ता हुन सक्ने प्रमाणित गर्नुहोस् बोसले चाहेका वेला तपाईंले आफूलाई टिमका अन्य सदस्यभन्दा राम्रो रहेको प्रमाणित गर्नुहोस् । टिमको होइन, प्रमोसन एक व्यक्तिको हुन्छ । कोही कसैलाई नेतृत्वकर्ता नतोकिएको भए पनि आफू नै अन्तिम प्रस्तुतिका लागि छानिएको नेता रहेको ठान्नुहोस् र बोसलाई हरेक कुराको अपडेट गराउनुहोस् । प्रमोसनको माग गर्नुहोस् अधिकांश कर्मचारीले प्रमोसनका लागि बोसको निगाहा आफूलाई प्राप्त होस् भन्ने चाहिरहेका हुन्छन्, तर यो सत्य हो कि तपाईंले माग नगरेसम्म हत्तपत्त प्रमोसन पाइँदैन । कुनै कारणले आफू प्रमोसनमा परिएन भने आफूले आफैँलाई एकपटक नियाल्नुहोस् र प्रश्न गर्नुहोस् म किन प्रमोसन भइनँ । र, आफ्नो बारेमा प्रतिक्रिया लिनुहोस् ता कि त्यसले अर्को प्रमोसनमा तपाईंको नाम पार्ने गरी सुधार गर्न सहयोग पुगोस् । प्रमोसनको विकल्प खोज्नुहोस् तपाईं आफूले सकेसम्म राम्रो प्रदर्शन गरिरहनुभएको छ, तैपनि तपाईंको बढुवा हुन सकेको छैन र तलब पनि बढेको छैन भने विकल्प सोच्नुहोस् । कतिपय अवस्थामा प्रमोसन कुरिरहनुभन्दा नयाँ ठाउँमा रोजगारी सुरु गर्नु लाभदायक हुन सक्छ । कार्यालय परिवर्तन गर्दा तलबमा वृद्धि त छँदैछ, नयाँ जिम्मेवारी र नेतृत्व पनि आउन सक्छ । त्यसैले बोसलाई आफू योग्य रहेको प्रमाणित गर्न कुनै कसर बाँकी नराख्नुहोस् । नयाँपत्रिकादैनिकबाट

लोकप्रिय