शेरबहादुरजी ठाडै झुट बोल्न छोड्नुस्, इतिहासमा पनि खोज्न गाह्रो पर्लाः प्रचण्ड (भिडियोसहित)

शेरबहादुरजी ठाडै झुट बोल्न छोड्नुस्, इतिहासमा पनि खोज्न गाह्रो पर्लाः प्रचण्ड (भिडियोसहित)

पोखरा: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैर राजनीतिक चरित्र प्रदर्शन गरेको बताएका छन् । पोखराको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सभापति देउबाले भ्रम छर्ने र उटपट्याङ कुरा गरेको बताए ।

‘शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो। घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम गर्नुभयो,’ उनले भने, ‘उहाँको बोलीले कास्की २ मा विद्या भट्टराईको जित सुनिश्चित भएको छ।’ देउवाको कुरा के…गर्नेलाई भन्दा हेर्नेलाई लाज भनेजस्तो भएको प्रचण्डको भनाइ थियो। उनले गिरिजाप्रसाद कोइरालाको पार्टी झुठ बोल्ने र बेइमानी पार्टी भएकोमा चिन्ता लागेको बताए।

‘गिरिजाप्रसादको पार्टी झुठो बोल्ने, बेइमानी गर्न छोड्नुस् भन्ने मेरो सुझाव छ,’ उनले भने, ‘झुठो बोलेर दिउँसै रात पार्नेरु शेरबहादुरजीले यस्तो उट्पट्याङ गर्ने ?’ उनले प्रतिपक्षी दल राम्रो होस् भन्ने आफूले चाहेको पनि बताए। ‘तपाईंहरू ओरालो लाग्नुभएको छ, कांग्रेस इतिहास होला ? के कांग्रेस इतिहासको कथा बन्न चाहेको हो ?,’ प्रचण्डले भने,‘सल्लाहले नक्सा छापेको हो भन्दा लाजमर्दो कुरा हो। म कांग्रेसका साथीहरूलाई सुझाव दिन चाहन्छु, तपाईंहरू एकचोटी गहिरो गरी आत्मसमीक्षा गर्नुस्।’

उनले कांग्रेस संविधान निर्माणको सहयात्री भएकाले साह्रै तल खसेको आफूले हेर्न नसक्ने भए। ‘गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा मैले हस्ताक्षर गरेको छु। त्यही गिरिजाप्रसाद कोइरालाको पार्टी यति झुठो बोल्ने बेइमानी कुरा गर्दा कताकता चिन्ता लागेको छ,’ प्रचण्डले भने,‘झुठो बोल्न बेइमानी गर्न छोड्नुस्। होइन भने तपाईंहरू जसरी ओरालो लाग्नुभएको छ यही बुद्धि हो भने इतिहासमा नेपाली कांग्रेस थियो भन्ने ठाउँमा पुग्न बेर छैन।’

पराजित मानसिकताका कारण सभापति देउवाले यस्तो अभिव्यक्ति दिएको उनको भनाइ थियो । ‘शान्ति प्रक्रिया र संविधान निर्माणसँग जोडिएको कांग्रेस इतिहासमा किम्बदन्ती बन्ने चिन्ता भयो’ दाहालले भने, ‘कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने अवस्था नआओस् ।’  ‘गिरिजाबाबुले ल है नेपाल तपाईंको जिम्मा लगाएर जाँदैछु भनेको झलझली सम्झेको छु। अहिले शेरबहादुरजीले यस्तो उट्पट्याङ कुरा गरेर नेपाली जनतालाई उल्लु बनाउन खोजेको देखेर टिठ लागेको छ,’ प्रचण्डले भने।

‘दुई ठूला कम्युनिष्ट पार्टीले ठूलो जोखिम लिएर पार्टी एकता नगरेको भए मुलुकमा राजनीतिक स्थिरता आउने थिएन,’ उनले भने, ‘दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएकै कारण मुलुकमा ७० वर्षपछि राजनीतिक स्थायित्व संभव भएको हो।’

पार्टी एकता भएपनि पाँच वर्षसम्म यो सरकार चल्छ की चल्दैन भन्ने आशंका कायम रहेको अवस्थामा नेकपा सचिवालय बैठकले त्यो अन्योलतालाई अन्त्य गरेको प्रचण्डको भनाइ थियो। नेकपा सचिवालय बैठकले पाँच वर्षसम्म वर्तमान प्रधानमन्त्री ओलीले नै सरकारको नेतृत्व गर्ने र कार्यकारी अध्यक्ष प्रचण्डलाई बनाउने निर्णय गरेको थियो।

उनले कम्युनिष्ट पार्टीले नै मुलुकमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख बनाएको उल्लेख गर्दै केही समयपछि मुलुकमा महिला प्रधानमन्त्री बन्यो भने त्यो पनि कम्युनिष्ट पार्टीले नै बनाउने दाबी गरे।

काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस  सुरु भएको छ । भ्रष्टाचार  र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो । सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजारहुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित आज प्रदर्शन र खबरदारी सभा गर्दैछ । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारीसभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदवाव श्रृष्टि गर्ने पनि माओवादी केन्द्रको एजेण्डा रहेको छ । सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न, मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरुलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारी सभा गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरण लगायत सार्वजनिक संस्थाहरुमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्वपूर्ण सार्वजनिक संस्थानको बिक्री तयारीविरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्यको दबाब दिनुलाई खबरदारीसभाको एजेण्डा राखिएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन, सहकारी, मिटरब्याज र लघुवित्तपििडतहरुका समस्या समाधानका लागि आवाज बुलन्द गर्न र ठगीमा संलग्नलाई विना भेदभाव कारवाहीका लागि दबाब दिने तथा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्धनलाई पनि माओवादी केन्द्रले खबरदारी सभाको एजेण्डाको रुपमा अघि सारेको छ ।

कुलमान थप आक्रामकः बक्यौता नतिर्ने अन्य उद्योगको लाइन काट्ने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको लगानी रहेका अन्य उद्योग, कार्यालय तथा घरमा समेत लाइन काट्ने तयारी गरेको छ । लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत चौबिसै घण्टा विद्युत् उपभोग गरेर वर्षौँसम्म अर्बौँ रुपैयाँ प्रिमियम महसुल नतिर्ने उद्योगमा प्राधिकरणले बिहीबार रातिदेखि फेरि लाइन काट्न सुरु गरेको छ । बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा मात्र विद्युतको लाइन काट्दा बक्यौता नउठेको खण्डमा उनीहरूले लगानी गरेका अन्य उद्योगहरूमा पनि लाइन काट्ने तयारी प्राधिकरणले गरेको हो । त्यसपछि पनि बक्यौता नतिरेमा उद्योगीको घरमै समेत लाइन काट्ने रणनीति बनाइएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । ‘हामीले बक्यौता नतिर्ने उद्योगमा लाइन काट्न सुरु गरिसकेका छौँ, अझै बक्यौता तिर्न अटेर गरेमा उनीहरूका अन्य उद्योग तथा कार्यालयमा पनि लाइन काट्नेछौँ, त्यति गर्दा पनि बक्यौता नतिरे घरमा पनि लाइन काट्नेछौँ,’ ती कर्मचारीले भने, ‘यसका लागि कानुनले प्राधिकरणलाई पर्याप्त अधिकार पनि दिएको छ ।’ प्राधिकरणले ४९ उद्योगलाई बिहीबार कार्यालय समयसम्म बक्यौता बुझाउन अल्टिमेटम दिएको थियो । तर, बिहीबार राति बक्यौता नतिर्नेमध्ये ३४ उद्योगमा लाइन काटिएको थियो । बक्यौताको किस्ता बुझाउन सुरु गरेपछि शुक्रबार बुटवलका दुई उद्योगको लाइन जोडिएको छ । अहिले ३२ उद्योगमा लाइन काटिएको प्राधिकरणले जनाएको छ । बक्यौता बाँकी रहेका ४९ मध्ये ६ उद्योगले तोकिएको म्यादभित्रै पहिलो किस्ता बुझाएका थिए । सात उद्योगले अदालतबाट ‘स्टे अर्डर’ लिएको हुँदा लाइन काटिएको छैन । प्राधिकरणले बक्यौता नतिरेका उद्योगमा लाइन काट्न नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ र विद्युत् महसुल संकलन नियमावली, २०७८ ले दिएको अधिकार प्रयोग गरेको छ । विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा २३ मा पनि बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने व्यवस्था छ । विनियमावलीको विनियम १० मा पनि सोही व्यवस्था छ । मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाए विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्न सकिने व्यवस्था छ ।

माओवादी केन्द्रको खबरदारी सभा आज, यस्तो छ तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा आयोजना गर्दै छ । भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो । बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी  पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले जानकारी दिनुभयो ।  आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिनुभयो । सबै तयारी पुरा भइसकेको छ ।  जुलुस बागबजार, प्रदर्शनी मार्ग हुँदै १२ः ३० मा भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने छ । करिब २ घण्टामा कार्यक्रम सकिने छ । जुलुसमा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुनेछन् ।  सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन गरिएको छ । माओवादी केन्द्र प्रतिपक्षी दल बनेपछि आयोजना गरिएको यो पहिलो सभा हो । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताको कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधानका लागि माओवादीले खबरदारी गर्न लागेको जनाएको छ । यस्तै, यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागेको माओवादीले बताएको छ । यो पनि पढ्नुहोस् माओवादी केन्द्रले कात्तिक १० गते गर्ने खबरदारी सभाका लागि १० एजेण्डा तय

सत्तारुढ दलद्वारा ७ बुँदे वक्तव्य सार्वजनिक

काठमाडौँ  । सत्ता गठबन्धनका सात राजनीतिक दलहरूले सरकारले तय गरेका कार्यक्रम र योजना प्रभावकारीरुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै सातबुँदे वक्तव्य सार्वजनिक गरेका छन्। सात दलका शीर्ष नेताहरुले आगामी दिनमा सरकारको प्रभावकारी सञ्चालनबारे छलफल गर्दै आज सातबुँदे लिखित साझा धारणा सार्वजनिक गरेको हो। नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिका आधारमा गठन भएको सरकारमा कांग्रेस, एमाले, जसपा, जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्तिसमेतका पार्टीहरुको समर्थन र सहभागिता रहेको छ।   

लोकप्रिय