सरसफाइमा सहभागी नभए दुई सय जरिमाना !

सरसफाइमा सहभागी नभए दुई सय जरिमाना !

पर्वत, चैत ६ । सरसफाइमा सहभागी नहुनेलाई पर्वतमा दुई सय रुपैयाँको जरिमाना तोकिएको छ । जिल्लाका विहादी गाउँपालिका–२ बर्राचौरमा चलेको सरसफाइ अभियान जिल्लाकै नमुना अभियानका रुपमा स्थापित हुँदै गएको छ । गाउँको सरसफाइका लागि गाउँले आफैले नीति नियम बनाएर सरसफाइमा अग्रसर हुन थालेपछि नमुना सरसफाइ गाउँको परिचय पाउने भएको हो ।

विगत केही बर्ष अघिसम्म स्वच्छ र सुरक्षित खानेपानीबाट बञ्चित बनेका बर्राचौरबासीहरु अहिले सुरक्षित खानेपानीको उचित व्यवस्थासँगै सरससफाइमा समेत सक्रिय रुपमा लागि परेका छन् । बर्राचौरका बासिन्दाहरुले गाउँमा गठित गाउँ खानेपानी तथा स्वच्छता समन्वय समिति र वडा नागरिक मञ्चको पहलमा गाउँमा सरसफाइको अभियान सञ्चालन भएको छ ।

अहिले गाउँमा प्रत्येक महिनाको १५ र ३० गते सरसफाइका लागि प्रत्येक घरबाट एक जना सदस्य जाने गर्छन् । यसरी सञ्चालन भएको अभियानमा सहभागी नहुनेलाई जरिवाना तोकिएको गाउँ खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति बर्राचौरकी सदस्य गौरादेवी पौडेलले बताए ।

‘गाउँको प्रत्येक टोल टोलबाट स्थानीय अभियन्ताको अगुवाइमा सरसफइमा निस्किएर सार्वजनिक स्थल तथा बाटोघाटोको सरसफाइ गर्ने गरेका छौँ’ उहाँले भन्नुभयो ‘अभियानका क्रममा सहभागी नभएका घरधुरीबाट दुईसय रुपैयाँको दरले जरिवाना उठाउछौँ ।’ यसरी संकलन भएको जरिवानाबाट अभियानमा सहभागी हुने सरसफाइ अभियन्ताहरुलाई खाजा नास्ता उपलब्ध गराउने गरेको उनले बताए ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

लोकप्रिय