साझा धारणा बनाउन माओवादी, कांग्रेस र मोर्चाबीच छलफल हुँदै

साझा धारणा बनाउन माओवादी, कांग्रेस र मोर्चाबीच छलफल हुँदै

काठमाडौं, १२ पुस । एमालेले जारी राखेको संसद अवरोधको निकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्रियता देखाएका छन् । प्रधानमन्त्रीले अवरुद्ध संसद खुलाउनको लागि वैकल्पिक उपाय खोज्न मधेसी मोर्चा र कांग्रेसको बैठक बोलाएका हुन् ।

सोमबार सभामुख ओनसरी घर्तीले बोलाएको ७ दलको सर्वदलीय बैठकमा एमालेले संसदमा दर्ता भएको संशोधन विधेयक फिर्ता लिनुपर्ने अडान राखेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ रणनीति बनाउन कांग्रेस र मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

दिउँसो ३ बजे बोलाएको बैठकमा संसद खुलाउने बारेमा छलफल हुने स्रोतले जानकारी दिएको छ । एमाले जारी राखेको गतिरोध अन्त्य नगरे नयाँ रणनीति बनाएर अघि बढ्न कांग्रेस र मधेसी मोर्चाको एउटै धारणा बनाउन बैठक बस्न लागेको स्रोतले जानकारी दियो ।

एमालेले एक महिनादेखि लगातार संसद अवरुद्ध पार्दा निर्वाचनसँग सम्बन्धित कानुनहरु संशोधन गर्न, अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव संसदमा अगाडि बढाउन समस्या भएकोले राजनीतिक निकासका लागि प्रधानमन्त्रीले सत्ता साझेदार कांग्रेस र संशोधनको पषमा रहेको मोर्चासँगको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीलाई स्थानीय निकाय पुनर्संरचना आयोगले स्थानीय तह पुनर्संरचना प्रतिवेदन बुझाउने तयारी गरेको छ, आयोगको उक्त प्रतिवेदनबारे पनि कांग्रेस र मोर्चाका नेताहरुसँग प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् । कांग्रेसले स्थानीय तहको चुनावको मिति घोषणा गरेर अघि बढ्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्रीले मधेसी मोर्चाका नेताहरु धारणा बुझ्न पनि सयुक्त बैठक बोलाएका हुन् । आजको छलफलपछि नयाँ शीराबाट अघि बढ्न कांग्रेस मोर्चा र माओवादी केन्द्रबीचमा सहमति बनाउने स्रोतले बतायो ।

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् ।  विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।  यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम  सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो  ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।  उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

लोकप्रिय