‘सानो उमेरमा पत्रकारितामा त्रिभुवन पौडेलको ठूलो योगदान’

‘सानो उमेरमा पत्रकारितामा त्रिभुवन पौडेलको ठूलो योगदान’

पोखरा,१० माघ । गत माघ १ गते पोखरामा विमान दुर्घटनामा निधन भएका पत्रकार त्रिभुवन पौडेलले सानो उमेरमा नेपाली पत्रकारितामा ठूलो योगदान गरेको सञ्चार क्षेत्रका व्यक्तिहरुले बताएका छन् ।

पौडेलको निधन भएको आइतबार आठौँ दिनमा प्रेस सेन्टर नेपाल केन्द्रीय समिति, गण्डकी प्रदेश कास्की शाखा र पोखरा महानगर कमिटीले संयुक्त रुपमा आज पोखरामा आयोजना गरेको शोकसभामा पौडेलले पत्रकारितामा गरेको योगदान बारे चर्चा गरियो । पौडेल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य थिए ।

प्रेस स्वतन्त्रता सेनानी एवं राष्ट्रिय समाचार समिति(रासस)का पूर्व अध्यक्ष कोमलनाथ बरालले छोटो समय बाँचेर पनि पौडेलले पत्रकारितामा धेरै कुरा दिएको बताए ।

विशेषगरी गण्डकी प्रदेशमा जनपक्षिय पत्रकारिताको विकाससँगै पत्रकार महासङ्घका भौतिक पूर्वाधार निर्माणमा पौडेलले नेतृत्वदायी भूमिका खेलेको बरालले बताए ।

बरालले भने,“पौडेल छोटो समय बाँच्नुभयो तर उहाँले पत्रकारितामा सँधै स्मरण हुने काम गरेर जानुभएको छ ।”

पौडेलले कक्षा १० मा पढ्दा देखीनै पत्रकारिता क्षेत्रमा रुची राख्थे र मेहनत गरेर स्थापित बनेको बरालको स्मरण छ ।

स्व.पौडेल पत्रकार महासङ्घ कास्कीको दुई कार्यकाल सचिव थिए । सोही बेलानै महासङ्घको सुविधासम्पन्न दुई तलाको भवन निर्माण गरिएको थियो । पौडेलले पत्रकार महासङ्घ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष बनेर पहिलो कार्याकालमानै प्रदेश समितिको पक्की कार्यालय भवन बनाए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिव सन्तोष पौडेलले गण्डकी प्रदेश र केन्द्रमा समेत स्थापित पत्रकार पौडेलको निधनले पत्रकारिता क्षेत्रमा क्षति पुगेको बताए । उनले त्रिभुवनको मृत्युले प्रेस सेन्टर सहित समग्र पत्रकारिता क्षेत्र स्तब्ध बनेको बताए । महासचिव पौडेलले गण्डकीको पत्रकारितामा पौडेलको अभाव खट्किन दिन नहुनेमा जोड दिए ।

प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले पौडेल भौतिक रुपमा नरहेकाले उनका सपनाहरु पूरा गर्नुपर्ने जिम्मेवारी सबैको काँधमा आएको बताए ।

पौडेलप्रति शोक व्यक्त गर्न र परिवारमा समवेदनाका लागि प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, सुरेशचन्द्र अधिकारी, दयानिधि भट्ट, केन्द्रीय उपमहासचिव दीपक श्रेष्ठ, सचिव माधव पनेरु, शान्ता अधिकारी, प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस सेन्टरका केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । विसं २०४३ भदौ ७ गते पर्वतको आर्थर डाँडाखर्कमा जन्म लिएका पौडेलको बाल्यकाल पोखरा मानै व्यतित भएको थियो ।

पोखराको जनप्रिय माविमा विसं २०५८ मा कक्षा ९ मा अध्ययन गर्दै गर्दा उनी स्वाभिमान साप्ताहिक पत्रिका मार्फत सानो उमेरमानै पत्रकारितामा प्रवेश गरेका थिए ।

काठमाडौँबाट पोखरा फर्किने क्रममा यती एयरलाइन्सको विमान सेती नदी खोँचमा दुर्घटना हुँदा पत्रकार पौडेल सहित ७२ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेका एक जना अझै फेला पर्न सकेका छैनन् ।

उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।  काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।

कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।

बाराको गढीमाई मन्दिरमा मेला शुरु

बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।

लोकप्रिय