सान्जेन र रसुवागढी हाइड्रोपावरमा कति दिए त शेयर आवेदन ?

सान्जेन र रसुवागढी हाइड्रोपावरमा कति दिए त शेयर आवेदन ?

काठमाडौं । सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओमा ३ लाख ८३ हजार २३५ जनाले सेयर भरेका छन् ।

सान्जेन जलविद्युत कम्पनीमा १ लाख ८३ हजार २३५ जनाले आवेदन दिएका छन् भने रसुवागढी हाइड्रोपावरको आइपीओमा २ लाख जनाले आवेदन दिएको बिक्री प्रबन्धकहरुले जानकारी गराएका छन् ।

बिक्री प्रबन्धकहरुका अनुसार अझै अन्तिम विवरण आइनसकेकाले आवेदकको संख्या र रकम दुवै बढ्नसक्ने देखिन्छ ।

सान्जेनमा आवेदनको अन्तिम दिन बुधबारसम्म १ लाख ८३ हजार २३५ जना आवेदकबाट ४ अर्ब १७ करोड २२ लाख ५३ हजार रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

नागरिक लागानी कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार आवेदन संकलन गरेका केही बैंक तथा वित्तीय संस्थाबाट तथ्यांक आउने क्रममा रहेका कारण आवेदनको संख्या केही बढ्ने छ ।

सान्जेनले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँको ७१ लाख १७ हजार ५ सय कित्ता आइपीओ खुला गरेको हो । सान्जेनले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चय कर्ताका लागि आइपीओ बिक्री खुला गरेको हो ।

यस कम्पनीले फागुन ११ गतेदेखि ३० गतेसम्म सेयर बिक्री खुला गरेको थियो । सञ्चयकर्ताले न्यूनतम ५० देखि बढीमा ३०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।

यता, रसुवागढीमा पनि २ लाख आवेदकले ६ अर्ब ७५ करोड रुपैयाँ बढीको सेयर भरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए ।

उनले पनि केही संस्थाबाट विवरण आइनसकेका कारण आवेदकको संख्या केही बढ्ने बताए । रसुवागढीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता आइपीओ खुला गरेको थियो ।

यस कम्पनीले फागुन ११ गतेदेखि ३० गतेसम्म सेयर बिक्री खुला गरेको थियो । सञ्चयकर्ताले न्यूनतम ५० देखि बढीमा ५०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।

नेपालीपैसाबाट साभार

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय