सामानै पिच्छे ठगिन्छन उपभोक्ता

सामानै पिच्छे ठगिन्छन उपभोक्ता

अछाम, भदौ २५ । अछामका बिभिन्न बजार क्षेत्रका ब्यापारिहरुले उपभोक्तालाई सामानै पिच्छे ठग्ने गरेको पाईएको छ । सदरमुकाम मंगलसेन, मुख्य ब्यापारिक केन्द्र साँफेबगर, जयगढ बजार, बिनायक बजार, कमलबजार लगायतका बजारमा उपभोक्ता ब्यापक ठगिने गरेको खुलेको छ ।

यहाँका ब्यापारिहरुले मसला देखी मदिरा सम्म म्याद गुज्रिएको बिक्रि गरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन । हालै जिल्ला प्रशासन कार्यालयले जिल्लाको साँफेबगरमा गरेको बजार अनुगमनवाट ब्यापारिहरुले महिनौं र वर्षौ अघि म्याद गुज्रिएका खाद्यबस्तु र मदिरा बिक्रिका लागि राखिएको अवस्थामा बरामद गरिएको छ ।

अधिकाँश ब्यापारीले मूल्यसूची नै नराखेको पाईएको छ । उपभोक्ताले किन्ने हरेक बस्तुमा ठगी भईरहेको अनुगमन समिती संयोजक तथा सहायक प्रजिअ तुलबहादुर काउचाले बताए । साँफेबगरका खुद्रा पसल देखी होलसेल पसलवाट समेत लामो समय अगि म्याद सकिएका तयारी खाद्यबस्तु बरामद गरि नष्ट गरिएको अनुगमन समितीले जनाएको छ ।

सहायक प्रजिअ काउचाले भने “यतिसम्म की २०६९ सालमै म्याद सकिएको (अफिसर च्वाईस नामक) मदिरा समेत बिक्रि बितरणका लागि राखिएको पाईयो ।” कतिपयले फर्म नै दर्ता नगरी मदिरा लगायत खुद्रा ब्यापार गरिरहेका उनले बताए ।

साँफेबगरवाट एक गाडी म्याद गुज्रिएको (अखाद्य) सामग्री बरामद गरी सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनको प्राङगणमा साँफेबगरवाट जफत गरिएको अबैध र म्याद गुज्रियको ५ पेटी मदिरा सहित, खैनी, मिट मसला, दालमोठ, अचार, सुर्ती, जिरा सेञ्चुरी, सुनपापडी, चिउरा, भुजा, पापड, बिष्कुट, लोसन आदि खाद्य सामग्रि सरोकारवालाको रोहबरमा जलाएर नष्ट गरिएको छ ।

यस्तै ७० केजी भानु नून, ५ वटा ढक तराजु र ३ वटा सुन तौलिने डिजिटल तराजु भने मुचुल्का बनाई प्रशासनमा राखिएको छ । उक्त सामान गुणस्तर तथा नापतौलि बिभाग र साल्ट ट्रेनिङ कर्पोरेसन संग समन्वय गरि जिम्मा लगाईने जिल्ला प्रशासन कार्यालयको भनाई छ । यसअघि जिल्ला सदरमुकाम मंगलसेनमा गरिएको बजार अनुगमनका क्रममा ३ गाडी म्याद गुज्रियका खाद्यपदार्थ बरामद गरि नष्ट गरिएको थियो ।

सबैभन्दा धेरै ठगी नापतौलबाट हुन्छ

ब्यापारिहरुले सबैभन्दा बढी ढक तराजु मार्फत उपभोक्तालाई ठग्ने गरेका छन । वर्षौ पहिले देखी प्रयोग भैरहेका ढक तराजु मार्फत तौलमा कमी गरि सामान बिक्रि गर्ने गरेको अनुगमन समितीको भनाई छ । खिया लागेका प्रयोग नै गर्न नमिल्ने खालका ढक तराजु प्रयोग गरेर उपभोक्ता ठगिने गरेका छन । समितीले साँफेबगरवाट मात्रै ५ वटा ढक तराजु जफत गरेको छ भने प्रयोग गर्नै नमिल्ने ३ वटा सुन तौलिने डिजिटल काटा जफत गरेको छ ।

सुन तौलिन प्रयोग हुने डिजिटल काटामा ब्यावसायिहरुले बढी बदमासि गर्ने गरेको जनाईएको छ । गुणस्तर तथा नापतौल बिभागले प्रणीत नगरेका डिजिटल तराजुवाट दैनीक उपभोक्ता ठगिने गरेका हुन । नापतौलमा ठगी गर्नेमा सबैभन्दा बढी मंगलसेन र साँफेबगरका ब्यापारिहरु रहेको जनाईएको छ ।

सुनचादी पसल र खाद्यान्न तथा किराना पसलहरुमा यस्तो खाले बदमासि बढी हुने गरेको अनुगमनकर्ताले बताएका छन । ब्यापारिले डिजिटल काटावाट पनि केही ग्रामको तलमाथि गर्दै सुनमा समेत उपभोक्तालाई ब्यापक ठग्ने गरेको सहायक प्रजिअ काउचाले बताए ।

अनुदानको नून पनि पसलमा बिक्रि हुन्छ अछाममा

अछामका प्राय बजार क्षेत्रमा नेपाल सरकारले अनुदानमा उपलब्ध गराँउने भानु नुन बिक्रि बितरण हुने गरेको छ । साल्ट ट्रेनिङ कर्पोरेशन मार्फत यहाँका उपभोक्ताहरुलाई प्रति केजी ९ रुपैयाँमा बितरण हुने नुन खुद्रा पसलेहरुले बिक्रिका लागि राखेको पाईएको छ ।

उक्त नुन केजीको २० देखी २५ रुपैयाँ सम्ममा उपभोक्ताले किन्ने गरेका छन । आयो नुन सबै उपभोक्ताको पहुंचका लागी साल्ट ट्रेनिङले सहकारी मार्फत बितरण गरेपनी सहकारीले ब्यापारिलाई बेच्ने गरेका कारण अनुदानको नुनमा पनि उपभोक्ता ठगिने गरेका हुन ।

बदमासि गर्ने ब्यापारिलाई मुद्धा

उपभोक्ता ठगी गर्ने ब्यापारिहरुलाई गुणस्तर तथा नापतौल बिभागले मुद्धा समेत चलाएको छ । साँफेबगर र मंगलसेन बजारका १३ जना ब्यापारि उपभोक्ता ठगीको अभियोगमा बिभागवाट मुद्धा खेपिरहेका छन भने यस अगि ढक तराजुमा तलमाथि गर्ने मंगलसेनका ११ जना ब्यापारिलाई पनी कारबाही गरिसकिएको छ । जिल्ला प्रशासन कार्यालयमा अहिले १ जना ब्यापारि अखाद्य बस्तु बिक्रि गरेर उपभोक्ता ठगेको केसमा मेद्धा खेपीरहेका बजार अनुगमन समितीले जनाएको छ ।

पछिल्लो समय अछाममा बजार अनुगमनलाई कडाईका साथ अगि बढाईरहेको जिल्ला स्तरीय बजार अनुगमन समितीले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने, उपभोक्तावाट ब्रह्मलुट गर्ने र हरेक बहानामा बदमासि गर्ने ब्यापारिलाई तह लगायरै छाड्ने बताएको छ ।

पछिल्लो २ महिनाको अवधिमा जिल्लाका मुख्य ब्यापारिक क्षेत्रमा अनुगमन गरिसकेको समितीले अव थप प्रभावकारी ढंगले अनुगमन गर्ने बताएको छ । समिति संयोजक काउचा भन्छन “दशैं तिहार भीत्र अछामका सबै क्षेत्रमा सघन रुपमा बजार अनुगमन हुन्छ र बदमासि गर्ने जो कोहीलाई पनी कानून अनुसार कारवाहि गरिनेछ ।”

सदरमुकाम र मुख्य ब्यापारिक केन्द्रमै उपभोक्ता हरेक सामानमा ठगिरहदा त्यहाँवाट साना बजारमा जाने सामानवाट उपभोक्ता कति ठगिन्छन होला ? मुख्य बजारमै म्याद गुज्रियका र अखाद्य बस्तु भेटिँदा गाँउ गाँउका किराना पसलवाट नागरिकले कसरी गुणस्तरीय उपभोग्य सामान प्राप्त गर्छन होला ? यो गम्भीर बिषय भएको उनको भनाई छ ।

अनुगमनबाट भएको परिर्वतन

प्रशासन र जिल्ला स्तिरीय बजार अनुगमन समितीले अनुगमनमा कडाई गरेपछी अहिले जिल्लाको ब्यापारिक केन्द्र जयगढमा भने केही सुधार भएको छ । उक्त बजार आउदा जाँदा समेत बाटोमै पर्ने भएकाले ब्यापारिहरुलाई सुध्रिनका लागि बेला बेलामा चेतावनि दिने गरेकोमा हाल ब्यापारिहरुले दर्ता प्रमाणपत्र, मुल्यसूचि सबैले देख्नेगरी राखेको पाईएको छ । ढक तराजुको ब्यावस्थापन तथा बजारको सरसफाईको अवस्था सुध्रिदै गएको सहायक प्रजिअ काउचाको भनाई रहेको छ ।

(फोटो क्याप्सन ः जिल्ला स्तरिय अनुगमन टोलिले साँफेबगर बजारवाट जफत गरेको म्याद गुज्रियको र अबैध खाद्यपदार्थ नष्ट गरिदै ।
तस्विर ः होम साउद )

विपक्षी दलको पत्रकार सम्मेलन, यस्तो छ संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । प्रतिपक्ष ल र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वक्तव्यमा भनिएको छ, ‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै सङ्कट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसद्‌को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्‌को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।’ विगतमा अघि बढाइएका गिरीबन्धु टी(स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।

आज विपक्षी दलहरुको बैठक, लगत्तै संयुक्त पत्रकार सम्मेलन

काठमाडौं ।  विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।  बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ ।  दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।  यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो ।  यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो । 

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ: प्रचण्ड

चितवन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो- ´बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।´  उहाँले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले भन्नुभयो- `तपाइहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।´ चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुग्नुभएका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उहाँले बोटे संस्कृतिसँग साक्षत्कार गर्नुभएको थियो ।

बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल जेल जीवन बिताइरहेका बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए । हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए। उच्च अदालतका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेको थियो । झालाई नक्कली शरणार्थी प्रकरणमा २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बेचनलाई रिहा गर्न अस्वीकार गर्दै सरकारसँग कारण मागेको हो । बेचन झाले यही पुस ४ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले गत पुस ५ गते कैफियत प्रतिवेदन माग गरेको थियो । त्यसपछि झाले बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

लोकप्रिय