सिमसारका चरामा उतारचढाव : छ प्रजातिका चरा हराए

सिमसारका चरामा उतारचढाव : छ प्रजातिका चरा हराए

चितवन । चितवन चराका लागि मुख्य वासस्थान हो । चरा पर्यटनका लागि आकर्षक गन्तव्य मानिन्छ, चितवनलाई । तर यहाँ चराको प्रजातिमा उतारचढाव छ ।

यो वर्ष चरा अनुगमन गर्दा एकाएक छ प्रजातिका चरा हराए । सबै हाँस प्रजातिका छन् । सिमसारमा बस्ने सिन्दूरे हाँस, फुर्के, हरिहाँस, सुनचुरी, सोइरोपुच्छ्रे र स्वेताखिभौं हाँस फेला परेन ।

“यी चराले लेउ खान्छन्, विषादीले लेउमा असर गरेको हुनसक्छ, चराविज्ञ टीका गिरी भन्नुहुन्छ, “खोला नदी प्रदूषित भएकाले अन्तै गएको हुनसक्छ ।” उत्तरबाट दक्षिण जाने यी चरा चितवन नाघेर दक्षिण गएको अनुमान उहाँको छ ।

हालैको अनुगमनमा चितवन निकुञ्ज पूर्वको सिमसारमा आश्रित कूल ४८ प्रजातिका चरा भेटिए । संख्याका हिसाबले हेर्दा सिमसार क्षेत्रमा पाइने चरा ११ हजार ७९१ वटा फेला परे । बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष सरस्वती सेढाइ घना बस्ती जल प्रदूषण, विषादीको प्रयोग, जलवायु परिवर्तनलगायत कारणले चरालाई असर गरिरहेको दाबी गर्नुहुन्छ ।

“चरा बचाउनुपर्छ भन्ने चेतना कम छ, चेतनामूलक कार्यक्रम ल्याउनुपर्ने देखिन्छ” सेढाइले भन्नुभयो, पारिस्थितिक प्रणालीलाई कायम राख्न त चराको पनि महत्वपूर्ण भूमिका हुन्छ नि ।” अहिलेको अनुगमनमा सिलसिले र चखेवा मात्रै बढेको पाइन्छ । २०७३ सालमा अनुगमनमा चितवनमा ५४ प्रजातिका चरा भेटिएका थिए ।

त्यो बेला सिमसार क्षेत्रभरि गरेर कूल १० हजार ३२ चरा अभिलेख गरिएको थियो । २०७२ सालमा पानीमा आश्रित चरा ५० प्रजातिका थिए । उक्त समयमा कूल ११ हजार २६० वटा चरा फेला परेका छन् । २०७१ सालको तथ्यांकमा ४७ प्रजातिका चरा फेला परेका थिए । संख्या घटबढभन्दा पनि प्रजाति नै हराउनु ठूलो संकट हो ।

यो समयमा जाडो छल्न चरा नेपाल आउने गर्छन् । बाहिरबाट झण्डै १५० प्रजातिका चरा जाडो छल्न आउने गरेका छन् । जसमा हाँस प्रजाति मात्रै २२ भन्दा बढीका हुन्छन् । त्यसैले यही समयमा चराको अनुगमन हुन्छ ।

बसाइँ सरेर आउने १५० मध्ये जल क्षेत्रमा बस्ने ५० भन्दा बढी प्रजाति छन् । सगरमाथा नाघेर चरा नेपाल आएका छन् । पछिल्लो चार वर्षको तथ्यांक हेर्दा चरामा उतारचढाव देखिन्छ । चार वर्षदेखि बढ्दो क्रममा रहेको चरा यसपालि ह्वात्तै घटेर पुरानै अवस्थामा पुग्यो । अहिलेको अवस्थाले त्यती नराम्रो नभइसके पनि संकेत भने नराम्रो गरेको बताउनुहुन्छ, सोसाइटीका पूर्वअध्यक्ष तथा चराविज्ञ वासु विडारी । मुख्य गरी नदीमा ढल हाल्ने, प्रदूषणलगायत कारणले समस्या परेको उहाँको ठम्याइ छ ।

प्रकृतिसँगै चराको वासस्थान विनास तथा जलवायु परिवर्तनका कारण चराको अवस्थामा वार्षिक उतारचढाव आइरहेको छ । पक्षीविद् संघ नेपालका अध्यक्ष डा हेमसागर बराल पनि चरामा उतारचढाव भइरहेको बताउनुहुन्छ । घट्दो क्रमलाई कसरी रोक्ने भन्नेमा सरकारी ध्यान पुग्न नसकेको उहाँको तर्क छ । उहाँका अनुसार वासस्थान विनास, आहारा प्रजातिमा विभिन्न समस्यालगायत कारणले चरा संरक्षणमा चुनौती थपिँदो छ ।

चितवनमा पाइने चरामध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन् । नेपालमा ८८७ प्रजातिका चरा पाइनेमध्ये अधिकांश चितवनमा पाइन्छ । पछिल्लो तथ्यांकअनुसार चितवनमा ६३३ प्रजातिका चरा छन् ।
चराको संरक्षण र अनुसन्धानमा भने नेपालमा खासै काम हुन नसकेको भन्दै चरा विज्ञको गुनासो छ । यसपालि निर्वाचित सांसदलाई पनि चरा अनुगमनको प्रतिवेदन बुझाउने योजना चरा विज्ञको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय