सुनको मूल्य लगातार वृद्धि,कति बढ्यो त यो साता

सुनको मूल्य लगातार वृद्धि,कति बढ्यो त यो साता

काठमाण्डौं । कारोबारको अन्तिम दिन आज पनि नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

शुक्रवार छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस साता शुरूवाती दिनदेखि नै बजारमा सुनको मूल्य बढेको थियो ।

आइतवार ९२ हजार ५ सय रुपैयाँ प्रति तोलाका दरले किनबेच भएको छापावाल शुक्रवारसम्ममा १ हजार ५ सय रुपैयाँसम्म बढेको छ ।

सोमवार ९२ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुन मंगलवार प्रतितोला ९३ हजार १ सय रुपैयाँ, बुधवार प्रति तोला ९३ हजार ४ सय रुपैयाँ र बिहीवार प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

यस हप्ता चाँदीको मूल्य केही वृद्धि भएपनि लगातार ३ दिनसम्म भने स्थिर रहेको छ ।

आइतवार १ हजार २ सय ५० रुपैयाँ प्रति तोलामा किनबेच भएको चाँदी शुक्रवारसम्ममा ३० रुपैयाँले बढेको छ ।

चाँदी सोमवार १ हजार २ सय ५५ रुपैयाँ प्रति तोला र मंगलवार १ हजार २ सय ६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

बुधवार, बिहीवार र शुक्रवार (आज)भने चाँदी एउटै मूल्यमा कारोबार भइरहेको छ ।

यस दिन चाँदी १ हजार २ सय ८० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एकै दिन २२ सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा भारी गिरावट आएको छ। यसअघि बुधबार तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि तोलामा २२ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं  । बिहिबार घटेको सुनबजार शुक्रबार भने बढेको छ । शुक्रबार आज सुनचाँदीको दुवैको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य तोलामा एकै दिन चार हजार रुपैयाँ घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको छ । यस दिन छापावाल सुन तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

सुनको भाउ तोलामै १ लाख ६७ हजार ४ सय रुपैयाँ

काठमाडौं । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ १ हजार सय रुपैयाँले बढेको हो । यसअघि सुनको भाउले गत बुधबार रेकर्ड कायम राखेको थियो । त्यसदिन सुनको भाउ तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको थियो। बिहीबार र शुक्रबार भने सुनको भाउ १ लाख ६६ हजार रहेको थियो । त्यस्तै आइतबार चाँदीको मूल्य १ हजार ७ सय ८७ रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १२ रुपैयाँले बढेको हो ।

लोकप्रिय