सेनाको सहयोगमा निर्मित सेवाश्रमको उद्घाटन

सेनाको सहयोगमा निर्मित सेवाश्रमको उद्घाटन

काठमाडौं, फागुन ४ । नेपाली सेना कल्याणकारी कोषको सहयोगमा जेपी प्रतिष्ठान (मैत्री सेवाश्रम) ले निर्माण गरेका ‘ज्येष्ठ नागरिक ग्राम’को आज एक समारोहबीच प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरे ।

राजधानी नजिकैको शङ्खरापुर नगरपालिका–४ स्थित लप्सेफेदीमा निर्माण गरिएका उक्त ग्राममा कोषको सहयोगमा १० वटा सुविधायुक्त भवन निर्माण भएका छन् ।

सो अवसरमा प्रधानसेनापति क्षेत्रीले प्रतिष्ठानले ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य, सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने परिकल्पनाका साथ अघि बढाएको कार्य सह्रानीय छ भने ।

सेवानिवृत्त, स्वतन्त्र र शान्तमय जीवनयापन गर्न चाहनेलाई प्राकृतिक स्वच्छ वतावरणमा निर्माण गरिएको सुविधा सम्पन्न यस आश्रमले ज्येष्ठ नागरिलाई पुर्याउने सेवा पुज्यनीय हुने विश्वास व्यक्त गर्दे उनले भने– ‘यस स्थानको ऐतिहासिक, पौराणिक र धार्मिक महत्व समेत रहेको छ ।’

प्रधानसेनापति क्षेत्रीले ‘अहोरात्र राष्ट्रसेवकको रुपमा खटिई सेवानिवृत्त सैनिक व्यक्ति पनि हिताधिकारी बन्ने यो कल्याणकारी कोषअन्तर्गतको परियोजनामा भएको हुँदा यो सेवा आश्रम र नेपाली सेनाबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।’

प्राकृतिक स्वच्छ वातावरणमा निर्मित आश्रमले ज्येष्ठ नागरिकको मन जित्न सफल हुने बताउँदै उनले प्रतिष्ठानको पवित्र र सुन्दर समाजको परिकल्पनामा नेपाली सेनाले हातेमालो गर्दै कल्याणकारी कोषको माध्यमबाट आबद्ध हुने अवसर पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा पूर्व सचिव माधव रेग्मीले समाज, राष्ट्र र दिनदुखीका लागि निःस्वार्थ काम गर्ने व्यक्ति समाजमा कमै हुने बताउँदै प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले गरेको काम सबैका लागि अनुकरणाीय रहेको छ भने ।

प्रतिष्ठानका अध्यक्ष दाहालले कुनै पनि व्यक्तिमा रहेको गुणबाट समाज लाभान्वित नभएसम्म त्यस गुणको कुनै अर्थ नरहने बताउँदै मैत्री सेवाश्रमलाई देशकै नमुना मात्र नभई अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र बनाइनेमा जोड दिए ।

प्रतिष्ठानले उक्त स्थानमा सेनाको सहयोगमा १०, सरकारको सहयोगमा सार्वजनिक निजी साझेदारीमा नौ र चन्दा सहयोग उठाएर ११ गरी जम्मा ३० वटा भवन निर्माण गरेको छ । सरकारको अनुदान सहयोगमा निर्मित साढे चारतले ज्येष्ठ नागरिक (जेरियाट्रिक) भवनको मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको थियो ।

नेपालमा पहिलोपटक सामाजिक, परोपकारी एवम् नवीनतम सोचअनुरुप ज्येष्ठ वा अवकाशप्राप्त नागरिकको स्वतन्त्र र शान्तमय जीवनयापनका लागि प्राकृतिमैत्री वासस्थल तथा प्रदूषणमुक्त आहारविहार, बुढ्यौली स्वास्थ्य उपचार र बौद्धिक दक्षता एवम् सम्पत्तिको सिर्जना गर्ने उद्देश्यले मैत्रीआश्रम निर्माण गरिएको हो ।

विसं २०६९ बाट निर्माण सुरु गरिएको मैत्री सेवाश्रम १० वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसको कुल लागत रु पाँच अर्ब लाग्ने र हालसम्म रु १८ करोड खर्च भएको प्रतिष्ठानका अध्यक्ष दाहालले जानकारी ए ।

सबै भवन ज्येष्ठ नागरिक र अपाङ्गमैत्री छन् । जम्मा सङ्ख्याको २५ प्रतिशत असक्त असहाय ज्येष्ठ नागरिकलाई निःशुल्क तथा अवस्था र आर्थिक हैसियतका आधारमा निश्चित रकममा आश्रममा बस्न सकिनेछ । मैत्री सेवाश्रममा सुविधा सम्पन्न अस्पताल, पुस्तकालय, योगा ध्यान केन्द्र र पुस्तकालय निर्माण गरिनेछ ।

यसैबीच प्रतिष्ठानले मैत्री आश्रममै यही फागुन ३ देखि ११ गतेसम्म ‘माता पिता भक्ति भूमि पुजन ज्ञान महायज्ञ’ आयोजना गरेको छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

लोकप्रिय