स्तनको आकार बृद्धि गर्न सकिन्छ ?
काठमाडौं, डा. राजेन्द्र भद्रा । म २० वर्षीया युवती हुँ । अहिलेसम्म पनि मेरो स्तनको विकास भएको छैन । मैल एकपटक चिकित्सकलाई देखाउँदा पहिला महिनावारी हुनुपर्ने बताइएपछि मैले ओभरल भन्ने औषधी खाएँ । त्यसपछि महिनावारी त भयो, तर त्यो औषधी छोडेपछि महिनावारी पुन: बन्द भयो । जब त्यो औषधी लिन्छु तब मात्र महिनावारी हुन्छ । मलाई आफ्नो स्तन देखेर धेरै चिन्ता लाग्छ । अरूले पनि नराम्रो नजरले हेर्छन्, जसका कारणले मैले एकपटक आत्महत्या गर्ने प्रयास समेत गरें । म जसरी भए पनि यो समस्याबाट मुक्त हुन चाहन्छु । के गर्ने होला ? ब्रेस्ट सर्जरी गर्न कति खर्च लाग्छ ?
स्तनको विकास
स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यत: दुई–तीन वर्ष चाँडो–ढिलो हुन सक्छ । स्तनको विकासको कुरा गर्दा आकृति (shape) आयतन (size) लाई नै Tanner Stage भनिने पाँच चरणमा बाँडिएको छ ।
पहिलो चरण : यो किशोरावस्था भन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ ।
दोस्रो चरण : Bud जस्तो देखा पर्छ, यो चरणमा स्तन र मुन्टो अलिकति माथि उठेको हुन्छ । Areola (मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउँछ ।
तेस्रो चरण : स्तन अझ बढ्ने र ग्रन्थिय तन्तु (glandular tissue) बन्ने क्रम जारी रहन्छ ।
चौथो चरण : Areola र मुन्टो अझै उठ्ने, स्तनको सबै भागमा अझ वृद्धि हुन्छ ।
पाँचौं चरण : स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, Areola स्तनको अन्य भागको सतह समान हुने र मुन्टो मात्र उठेको स्थितिमा हुने । पूर्ण विकसित स्तनको आकार र साइजमा धेरै भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । व्यक्तिको वजन बढी भए यसको आकार पनि ठूलो हुन्छ । किशोरावस्थामा स्तनको तीव्र वृद्धि हुनुको मुख्य कारणचाहिं स्तनमा बोसो जम्मा हुनु हो र स्तनको आकार (आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हार्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिंदैन । माथिका चरणहरूले स्तनको विकासलाई देखाउँछ नकि यसको वास्तविक आकृति वा आयतनलाई ।
स्तनको आकार र आयतनको महत्व
तपाईंले भन्नु भएजस्तै यसको आफ्नै प्रकारको महत्व छ । स्तनले महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैलाई यौन आनन्दको स्रोत हुन सक्छ । स्तनको आकृति तथा आयतनले महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव पार्छ । कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरूमा स्वास्थ्य भन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने पाइएको छ । तपाईंको चिन्ताको मूल जरो पनि यही हो ।
अचेल शरीरलाई अति नै दुब्लो तर स्तनचाहिँ ठूला हुनुपर्ने फेसन छ, जुन त्यति सजिलो छैन । फेरि चित्रहरूमा जुन चलाखीले स्तनलाई आकर्षक देखाइएको हुन्छ त्यसो गर्न त्यति सजिलो पनि छैन, कतिपय स्थितिमा हामी दिग्भ्रमित हुन पुग्छौं । आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आमव्यक्तिभन्दा फरक हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी सबैको शरीर तथा आनीबानी आमसञ्चारमा देखाइएका पात्र जस्तै हुनुपर्छ भन्ने छैन । स्तन सानो हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलता नरहने वा शिशुलाई स्तनपान गराउन असक्षम हुने होइन ।
केही पुरुष ठूला स्तनप्रति आकर्षित हुने भए पनि वास्तविक यौन क्रियाका बेला स्तनको आयतनलाई नै सुखमय यौन जीवनका लागि मुद्दा बनाउँदैनन् । त्यसैले साना स्तन हुनेहरूको वैवाहिक जीवन पनि सहज र रमाइलो भएका थुप्रै उदाहरण छन् । त्यसैले यस विषयमा अनावश्यक चिन्ता गर्नु र आत्महत्याको प्रयास त के सोच आउनसम्म दिनु बुद्धिमानी होइन, तर तपाईंले यसलाई निको पार्ने सोच राख्नुभएको कुराले भने म उत्साहित छु ।
स्तनको विकास नहुने कारण र महिनावारी नियमित नहुनुको संकेत
हामीलाई थाहै छ, किशोरावस्थामा विभिन्न शारीरिक परिवर्तनहरू हुन्छन् । तपाईंले स्तन तथा महिनावारीको बाहेक सहायक यौन चिन्हहरूका बारेमा भने केही लेख्नुभएको छैन । १४ वर्षको उमेरसम्म पनि स्तनको विकास नहुनु वा यौनकेश (यौनाङ्ग वरिपरि रौं) नआउनु वा १६ वर्ष सम्म महिनावारीको सुरुवात नहुनु, स्तनको विकास हुन थालेको ५ वर्ष पछिसम्म पनि महिनावारी नहुनुले तपाईंको यौवनावस्थामा प्रवेश हुने कुरामा ढिलाइ भएको संकेत गर्छ । यसरी यौवनावस्था सुरु हुने कुरामा ढिलाइ हुनुका अनेक कारण हुन सक्छन् । कुनै दीर्घरोग, कुपोषण वा वंशाणुमा भएका खराबी अनि हार्मोन (पिटयुटरी वा थाइराइड) मा भएका खराबी त्यसका कारण हुन सक्छन् । तपाईंले यस विषयमा केही पनि जानकारी दिनुभएको छैन, त्यसमा पनि चिकित्सकले तपाईंको समस्याका बारेमा के भन्नुभयो, जानकारी दिनुभएको छैन । तपार्इंका आमा वा दिदी–बहिनीमा पनि यस्तो समस्या भए/नभएको कुरा पनि पत्रमा केही उल्लेख छैन ।
समाधान के होला त ?
यदि यौनावस्थाको सुरुवातमा ढिलाइ भएको हो भने त्यसको कारण अनुसार उपचार गर्नुपर्ने हुन्छ । यस्तो समस्याका लागि चिकित्सक त्यसमा पनि हार्मोनसम्बन्धी विशेषज्ञ (Endocrinnologist) सँग सम्पर्क राख्नु उपयुक्त हुन्छ । कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले विकसित मुलुकहरूमा शल्यक्रिया (mammoplasty) गरेर स्तनको साइज बढाउने चलन नै चलेको छ । यो निकै खर्चिलो भएको र शल्यक्रिया तथा यसमा प्रयोग गरिने वस्तुहरूको आफ्नै कतिपय नकारात्मक असर पर्न थालेको देखिएको हुनाले त्यसका वैकल्पिक उपायहरूको अवलम्बनका बारेमा पनि निकै प्रचार गर्न थालिएको छ ।
तपाईंलाई थाहै छ कि भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग हो । यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ । थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नुबाहेक स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनहरूले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न जान्छ र सुन्दरतामा वृद्धि हुन्छ ।
यसै किसिमले स्तनलाई पूरै ढाक्ने साधन पनि प्रयोग गर्न सकिन्छ, जसको मद्दतले स्तन केही ठूलो भएको भान पार्न सकिन्छ । यसैगरी वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएका साधनहरू पनि पाइन्छन् । ब्राभित्र लगाउन मिल्ने यस्ता साधन प्रयोग गर्दा लुगाबाहिरबाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो वा होइन भन्न सकिंदैन । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साइज बढी देखाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनुपर्ने हुन्छ । साप्ताहिकबाट
गर्भावस्थाको पहिलो त्रैमासिक र श्रीमानको भूमिका
गर्भावस्था प्रत्येक महिलाको जीवनको विशेष समय हो, तर यो समय शारीरिक मात्र नभई मानसिक र भावनात्मक रूपमा पनि चुनौतीपूर्ण हुन सक्छ। गर्भावस्थाको पहिलो त्रैमासिकमा महिलाको मनोविज्ञान धेरै कुराबाट प्रभावित हुन्छ, विशेषगरी शरीरमा हुने हार्मोनल परिवर्तन र नयाँ जीवनको सुरुवातसँग आउने जिम्मेवारीसँग यसको प्रत्यक्ष सम्बन्ध हुन्छ। यस्तो बेला महिलाको मनोविज्ञान सामान्य अवस्था भन्दा फरक हुन्छ। के के हुन्छ त? १. भावनात्मक उतारचढाव (Mood Swings) पहिलो त्रैमासिकमा महिलाको भावनात्मक स्थिरतामा उतारचढाव आउनु सामान्य हो। एस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हार्मोनको तीव्र रूपमा वृद्धि हुँदा खुशी, उदासी, तनाव, वा झोक जस्ता भावनाहरू एकैचोटि अनुभव हुन सक्छ। यी भावनात्मक उतारचढावले महिलालाई कहिलेकाहीं असहज बनाउँछ, जसका लागि सकारात्मक वातावरणको आवश्यकता हुन्छ। २. चिन्ता र डर नयाँ जीवनको सुरुवातसँगै महिलामा विभिन्न प्रकारका डर र चिन्ता पैदा हुन्छ। बच्चाको स्वास्थ्य, आफ्नै स्वास्थ्य, र भविष्यको तयारीबारे सोच्दा उनी अनिश्चित महसुस गर्न सक्छिन्। विशेषगरी, पहिलो पटक गर्भवती भएका महिलाहरूमा यो डर र तनाव झन् बढी देखिन्छ। यो अवस्थामा मानसिक समर्थनले ठूलो भूमिका खेल्छ। ३. आफ्नै शरीरप्रति संवेदनशीलता गर्भावस्थाको पहिलो चरणमा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छ। वाकवाकी, थकान, वजनको वृद्धि, र शरीरको अन्य शारीरिक लक्षणहरूले उनी कहिलेकाहीं आफूलाई आत्मविश्वासहीन महसुस गर्न सक्छिन्। कतिपय अवस्थामा उनी आफूलाई "सुन्दर छैन" भन्ने सोच्न पनि सक्छिन्, जसले मानसिक तनाव पैदा गर्न सक्छ। ४. मातृत्वको भावना (Maternal Instinct) गर्भावस्थामा मातृत्वको भावना सुरु हुन्छ। बच्चाको आगमनको सोचले महिलामा प्रेम, सुरक्षा, र हेरचाहको भावना पैदा गर्छ। उनी भविष्यको योजनामा केन्द्रित हुँदै मातृत्वको भूमिकामा आफैंलाई तयार पार्न थाल्छिन्। ५. सामाजिक र भावनात्मक समर्थनको आवश्यकता यो समयमा महिलालाई परिवार र श्रीमान्को साथको आवश्यकता अत्यधिक हुन्छ। समर्थन र सहानुभूतिको अभावले उनी एक्लोपन महसुस गर्न सक्छिन्। परिवारको माया र सहयोगले गर्भावस्थाको चुनौतीलाई सहज बनाउन सहयोग गर्छ। श्रीमान्को सहयोग भनेको उनीप्रति माया र सम्मान देखाउनु मात्र होइन, उनका भावनाहरूलाई बुझेर सहानुभूति देखाउनु पनि हो। ६. थकान र मानसिक कमजोरी पहिलो त्रैमासिकमा शारीरिक थकानका कारण महिलाले मानसिक रूपमा पनि कमजोर महसुस गर्न सक्छिन्। कामप्रतिको ध्यान कम हुनु, सधैं थाकेको महसुस गर्नु, र निर्णय लिने क्षमतामा कमी आउनु सामान्य हुन्छ। ७. भविष्यको योजना (Future Planning) महिला गर्भावस्थाको सुरुवातमै बच्चाको आगमनपछि हुने वित्तीय व्यवस्थापन, जिम्मेवारी, र जीवनशैलीबारे सोच्न थाल्छिन्। यो सोच सकारात्मक भए पनि कहिलेकाहीं यो सोचले तनाव र चिन्ता बढाउन सक्छ। ८. साथी र समाजको धारणा समाज र साथीभाइको धारणा महिलाको मानसिकतामा ठूलो प्रभाव पार्छ। यदि उनी सकारात्मक र समर्थनजनक वातावरणमा छिन् भने उनी आत्मविश्वास र सकारात्मक महसुस गर्छिन्। तर, आलोचनात्मक वा असहयोगी वातावरणले उनीमा नकारात्मक प्रभाव पार्न सक्छ। [ ] श्रीमानको भूमिका गर्भावस्थाको पहिलो त्रैमासिक महिला जीवनको संवेदनशील समय हो, जसमा शारीरिक परिवर्तनसँगै मानसिक र भावनात्मक रूपमा पनि महिलालाई चुनौतीको सामना गर्नुपर्छ। यो समयमा परिवार, श्रीमान्, र साथीहरूको माया, सहयोग, र सहानुभूति महिलाको मनोविज्ञानलाई स्थिर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। सकारात्मक वातावरणले महिलालाई तनावमुक्त राख्न मद्दत गर्छ र मातृत्वको यात्रालाई सहज र आनन्दमय बनाउँछ। १. समर्थन र सहानुभूति देखाउनुहोस् श्रीमतीलाई शारीरिक र मानसिक रूपमा सहज महसुस गराउन सकारात्मक वातावरण तयार गर्नुहोस्। उनी गर्भावस्थाका शारीरिक परिवर्तन र समस्याहरू (जस्तै: वाकवाकी, थकान, मूड स्विङ) झेल्दै छिन् भन्ने बुझ्नुहोस्। २. स्वास्थ्य जाँचमा सहयोग गर्नुहोस् डाक्टरको नियमित भेटघाट (prenatal check-ups) मा जान साथ दिनुहोस्। आवश्यक परामर्श र मेडिकल परीक्षणका लागि समय व्यवस्थापन गर्न सहयोग गर्नुहोस्। ३. सन्तुलित आहार सुनिश्चित गर्नुहोस् श्रीमतीलाई पौष्टिक आहार लिन प्रेरित गर्नुहोस्, जस्तै फलफूल, सागसब्जी, प्रोटिनयुक्त खाना। धेरै पानी पिउन र जंक फुड टाढा रहन सुझाव दिनुहोस्। ४. भावनात्मक रूपमा बलियो बनाउनुहोस् गर्भावस्थाका चुनौतीबारे उनीसँग खुलेर कुरा गर्नुहोस्। उनीलाई आफ्नो महसुस बताउन सहज बनाउनुहोस् र तपाईं उनको साथमा हुनुहुन्छ भन्ने विश्वास दिनुहोस्। ५. घरेलु काममा सहयोग गर्नुहोस् उनी थाकेको वा असहज महसुस गरेमा घरको काम आफैं गर्नुहोस्। कोठा मिलाउने, बाथरूम सफा गर्ने अनि लुगा धुने काममा सहयोग गर्नुस्। आरामको समय मिलाउन दिनुहोस्। ६. गर्भावस्था सम्बन्धी जानकारी जुटाउनुहोस् पुस्तक, अनलाइन स्रोत, वा डाक्टरबाट गर्भावस्थाको पहिलो त्रैमासिकबारे जान्नुहोस्। यसको माध्यमबाट श्रीमतीलाई राम्रोसँग सहयोग गर्न सक्नुहुन्छ। ७. मनोविनोद र विश्रामको व्यवस्था गर्नुहोस् सँगै बसेर फिल्म हेर्ने, रमाइलो गर्ने, वा साना घुमफिरमा लैजाने योजना बनाउनुहोस्। सकेसम्म बढी भन्दा बढी समय दिनुस्। बेलाबेला सुप र अन्य खानेकुरा ल्याइदिनुस। हरेक दिन खुट्टा, टाउको कमर मालिस गरिदिनुस्। उनीलाई खुशी र तनावमुक्त राख्ने प्रयास गर्नुहोस्। यो समयमा श्रीमानको सहयोग र माया श्रीमतीको लागि महत्वपूर्ण हुन्छ, जसले उनीलाई आत्मबल दिन्छ र गर्भावस्थाको चुनौतीलाई सहज बनाउँछ।
यी सार्वजनिक विदामा खुल्नेछन् अस्पतालका ओपीडी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई पुन: दबाब दिएको छ । मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको हो । साथै, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनहरूमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख भएकाले सोहीअनुसार गर्न मन्त्रालयको निर्देशन छ । नेपाल चिकित्सक संघ भने अवैज्ञानिक र अव्यवहारिक भन्दै यो निर्णयको विरोधमा छ । यी हुन् ओपीडी चलाउनुपर्ने २४ दिन (क) पर्व बिदा १. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी, ५ . घटस्थापना, ६. क्रिसमस डे ७. धान्य पूर्णिमा उँधौली पर्व/योमरी पुन्ही (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व/माघे सङ्क्रान्ति, १० सोनम ल्होसार, ११. महाशिवरात्री १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र) १४. वकर ईद (ईद उल अजहा ) । (ख) जात्रा बिदा १. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा । (ग) सार्वजनिक दिवस १. गणतन्त्र दिवस, २. सहिद दिवस ३ राष्ट्रिय प्रजातन्त्र दिवस ४ अन्तर्राष्ट्रिय महिला दिवस । (घ) जन्मजयन्ती बिदा १. बुद्ध जयन्ती २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) ।
डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्नुस्ः काठमाडौं महानगर
काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति ऋषि भुसालले जानकारी दिए । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । “डेंगु सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनुहुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे । डेंगुको मुख्य लक्षण डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेंगुसम्बन्धी फोकलपर्सन भुसालले बताए । “टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उनले भने, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।” यसबाट बच्ने तरिका डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता काम गर्नुपर्छ ।
सरकारी स्वास्थ्यकर्मीले निजीमा काम गर्न नपाउने
काठमाडौं । सरकारले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई यो प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले चेतावनी पनि दिएको छ । मन्त्रालयले जारी गरेको सूचना