स्वस्थकर मासुसम्बन्धी रिट सर्वोच्च अदालतद्धारा अस्वीकार

स्वस्थकर मासुसम्बन्धी रिट  सर्वोच्च अदालतद्धारा अस्वीकार

काठमाडौं, पुस १ । सर्वोच्च अदालतले आम उपभोक्ताले स्वस्थकर मासु खान पाउनुपर्ने माग गर्दै परेको रिट निवेदन अगाडि बढाउन अस्वीकार गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलासले उक्त रिटको सुनुवाइ गर्दै यसअघि सर्वोच्चका रजिस्ट्रारले दरपिठ गरेको निवेदनलाई सदर गरेको हो ।

उपत्यकाका सार्वजनिक ठाउँमा पशु चिकित्सकको जाँचविना मासु बिक्री–वितरण भइरहेको र उपभोक्ता स्वस्थकर मासु खानबाट वञ्चित भएको भन्दै अधिवक्ता तुलसी सिंखडाले रिट निवेदन दिएका थिए । उक्त रिट अगाडि बढाउन आवश्यक नभएको भन्दै सर्वोच्चका रजिस्ट्रारले रिट दरपिठ गरिदिएका थिए ।

रिट दरपिठ भएपछि अधिवक्ता सिंखडाले जनसरोकारको विषय भएको भन्दै दरपिठ बदरको माग गर्दैै रिट निवेदन दिएका थिए । तर, सर्वोच्चले सिंखडाको रिटको सुनुवाइ गर्दै उक्त विषय अगाडि बढाउन अस्वीकार गरेको छ ।

सिंखडाले उपत्यकाभित्र अव्यवस्थित तथा जथाभावी ठाउँमा पशु बध गरेर मासु बिक्री भइरहेको र दैनिक अवैध रूपमा भित्रिने पशुको चेकजाँचसमेत नगरी बिक्री–वितरण हुने गरेको भन्दै रिट निवेदन दिएका थिए । काठमाडाैँ उपत्यकामा बिक्री भइरहेको मासुमा सोडियम नाइट्रेट नामक रासायनिक अम्ल विषादी तत्व प्रयोग हुने गरेकाले आम उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै रिट निवेदन दायर भएको थियो ।

राजधानीमा राँगा, खसी, कुखुरा, सुँगुर, बुँगुर अव्यवस्थित रूपमा बध गर्ने गरिएको छ । फोहोरजन्य क्षेत्र, धुलो, र धुवाँ हुने प्रदूषित ठाउँबाट मासुको बिक्री–वितरण भइरहेको पाइन्छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने मासुजन्य पसल तथा पशु बधशाला सफा र गुणस्तरीय हुनुपर्ने कुरा मासु जाँच ऐन, २०५५ को दफा ९ मा उल्लेख गरिएको छ । तर, उपत्यकाभित्र भित्रिने अधिकांश पशुको स्वास्थ्य परीक्षणविनै पशु बध गर्ने गरिएको छ ।

पशु बध गर्दा पशुको स्वास्थ्य अवस्था जाँच गर्नुपर्ने र बधशालामा ल्याइएको पशुलाई कम्तीमा १२ घन्टा आराम गराउनुपर्ने प्रावधान छ । उपत्यकाको बधशाला अव्यवस्थित र फोहोरजन्य ठाउँमा राखेर बेचबिखन गर्दा बाहिरका फोहोर तथा धुलोका कण मासुमा गएर मिसिँदा जनस्वास्थ्यमा असर पुग्ने सिंखडाको दाबी छ । पशुको बध गर्नुअघि पशु बधशाला स्थापना भएको क्षेत्रमा र पशु बधशाला स्थापना नभएको क्षेत्रमा मासु सुपरीवेक्षकले तोकको स्थानमा पशु जाँच गराउनुपर्ने प्रावधान छ ।

मासु जाँच ऐन ०५५ को दफा ८ अनुसार पशुको स्वास्थ्य जाँच गर्ने चिकित्सकले स्वस्थ छ भनेर पशुमा चिह्न लगाएपछि मात्रै पशुको बध गर्न पाइने प्रावधान छ । तर, बजारमा खुलेका अधिकांश बधशालाको अनुगमन नहुँदा आम नागरिक आफूले कस्तो मासु खाइरहेको छु भन्ने जान्न पाउने अधिकारबाट समेत वञ्चित भइरहेका सिंखडाको रिटमा उल्लेख छ । -नयाँपत्रिकाबाट

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय