२० अंकले बढ्यो नेप्से, बजारमा खरिदकर्ता हावी

२० अंकले बढ्यो नेप्से, बजारमा खरिदकर्ता हावी

काठमाडौं । हुने साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । दिनभरीको तिव्र उतारचढावका बीच यस दिन नेप्से २०.६४ अंक बढेर २९४७.३८ विन्दुमा बन्द भएको छ। मध्यान्हसम्म नकारात्मक रहेको नेप्से, सोपछिको समयमा खरिदकर्ता हाबी भएपछि बजार उकालो लागेको हो।

सोमबार २०.६४ अंकले नेप्से बढ्दा ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३.७ अंकले बढेर ५ सय ४६ पुगेको छ । कारोबार भएका १३ समूहका उपसूचकमध्ये पाँच समूह राताम्मे रहँदा बाँकी हरियो रह्यो ।

विकास बैंक, फाइनान्स, व्यापार, माइक्रोफाइनान्स र व्यापार समूह ओरालो लागेको छ भने बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन, म्युचल फण्ड र अन्य समूह उकालो लागेको हो ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको ४१ करोडको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्स, नेपाल टेलिकम र अपर तामाकोशीको यस दिन २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार पनि मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४१ रुपैयाँ ७० पैसा बढेर ४५८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

यसदिन २ सय २४ कम्पनीका १ करोड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । यो रकम हिजोको भन्दा केही कम हो ।

नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लागि आज यस साताको अन्तिम कारोबार दिन बिहीबार १३.९५ अंकले बढेको छ । यस दिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रहेका छन् ।  दोहोरो अंकले बजार बढ्दा १० अर्ब ३२ करोड बराबरको सेयर खरिद–बिक्री भएको छ । दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर एक लाख एक हजार ५४५ पटकमा खरिद–बिक्री भएको छ । गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, माइक्रो फाइनान्स, म्युचअल फन्ड र अन्य समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । 

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

लोकप्रिय